कथा
कुडुले खेत
लिलाधर बाजेले त्यो कुडुले खेतमा दुई बाली धान मात्र लगाएनन् । पानी नपुग्ने ठाँमा गहूँ, पाउँदूर (असारे) कोदो, मास, भट्ट, गहत, मस्याङ सम्म लगाउन पछि परेनन् । बुढाले आफ्नो पैतृक अंशबाट प्राप्त भएको खेत र आपूmले किनेको कुडुले खेतमा गरी १०० मुरी भन्दा बढी नै धान भित्र्याउथे । बुढाको अधिकांस समय कुडुले खेतमा नै व्यतित हुन्थ्यो । हुन पनि किन नहोस्, पैत्रिक अंशको खेत पहिलेदेखि नै स्याहार पुगेकोले पाटा मिलेका गहा्रहरू थिए । सुर्का, फोगटा थिएनन् तर कुडुले खेत स्याहार नपाएकोले फोहोरिएको थियो । गह्राको भाग पैरो गएर धेरै ठाउमा कान्लामा परिणत भएको थियो । पाटा परेका गह्राहरू २।४ वटा मात्र थिए । अधिकांस सुर्का फोगोटा भैसकेका थिए, पातीघारी र बुट्यान बढेको थियो । बुढाले यति मेहनत गरेका थिए कि दुई वर्षमा सुर्का फोगटालाई पाटा परेका गह्रा बनाई सकेका थिए ।
बेंसीको खेत वरपर गाउँ वस्ती थिएन । अरूका पनि खोला किनारका खेतहरू मात्र थिए । मानिसहरू खेतीको समयमा दिनभरी खेतमा छापिएका हुन्थे गाउँ सुनसान हुन्थ्यो र रात परेपछि सबै गाउँ जान्थे । बेंसीका खेतहरू सुसनसान हुन्थे । फाँटको नजिकमा घरहरू नभएको र गाउँबाट पनि खेतलाई डाँडाले छेक्ने हुँदा मंसिरमा धानको कुन्यू लगाए पछि बुढाको मनमा के के कुरा आउँथ्यो उनी घरमा ढुक्कले निदाउन सक्दैनथे । त्यसैले बेलुकीको खाना खाएपछि एउटा ओड्ने बर्को काँधमा हालेर बेंसी झर्थे, कुन्यूको फेदमा पराल ओछ््याएर त्यहंी रात विताउथे ।
बुढाकी जेठी बाहुनीबाट छोरीहरू मात्र भएकोले आपूmभन्दा २० वर्ष कम उमेरकी कान्छी विवाह गरेका थिए । दोस्री बाहुनीबाट तीन भाई छोराहरू जन्मेका थिए । तर उनीहरू अल्ली सानै उमेरका भएकोले बुढाले सबै जम्मेवारी पछिसम्म पनि काँधमा लिएका थिए । लेकतिरका मानिसहरू धेरै कलकत्ता तथा भारतीय सेना र बेलायती सेनामा काम गर्ने र पैसा कमाएर पठाउने गर्थे । लेकमा धान खेती कम हुने हुँदा जेठदेखि कार्तिक महिनासम्म लेकतिरबाट मानिसहरू पैसा लिएर (धान, कोदो) बेसाहा खोज्न आइरहन्थे । बेंसीतिर धान, कोदो, मास, भटमास जस्ता बालीहरू राम्रो उत्पादन हुने हुँदा बेंसी तिरका मानिसहरूलाई नगद पैसा बनाउन आफ्ना उत्पादन विक्रि गर्नै पर्ने हुन्थ्यो । त्यसैबाट घरमा चाहिने लत्ता कपडा, मर मसला, नून, तेल, चाडपर्व आदिमा खर्च गर्नु पथ्र्यो । त्यसबाट पनि थोरै बचाएर जग्गा जमीन, भाँडाकुडा, गर गहना आदि किन्ने परम्परा थियो । दाहाल बुढाले पनि बर्षमा ५०।६० मुरी धान बेचेर नगद पार्ने गर्थे ।
यो आजभन्दा ६०।७० वर्ष अगाडिको कुरा हो, दाहाल बाजेका छोराहरू ठूला हुदै गए । एकदिन बुढाले चार अंश लगाएर तीन भाई छोरा र आपूm तीन जना सहितलाई एक एक भाग अंशवण्डा गरदिए । बुढा बृद्ध भैसकेका थिए । आपूmले काम गर्न नसक्ने अवस्थको भैसकेकोले अरूलाई खेतीगर्न दिएर अधियाँबाट आएको आयस्ताबाट गुजरा चलाउन ज्यूनीको रूपमा बेसीको कुडुले खेत नै उत्तम ठानेर त्यहि रोजे । त्यो पनि अधा मात्र एक अंशमा परेको थियो ।
दाहाल बुढाका तीनवटै छोराहरूको विवाह भै घरभरी नाती नातिना भैसकेका थिए । बुढा त्यस्तै ८०।८२ वर्ष बाँचेर दुईवटी बुढीहरूलाई छाडेर परलोक भए । देशमा प्रजातन्त्र आएपछि धेरै कुराहरूमा परिवर्तन हुदै आयो । गाउँ गाउँमा स्कूल, पाठशाला, हुलाक, डाँक, टेलिफोन जस्ता सेवा देशभरी विस्तार हुदै गयो । झापादेखि कैलाली कञ्चनपुरसम्मलाई मधेसमा वस्ती वसाल्ने सरकारी नीति अनुसार सरकारले पनुर्वास कम्पनी स्थापना ग¥यो । कम्पनीले तराइका धेरै ठाउँमा पहाडिया मुलका मानिसहरूलाई पनि तराइका जिल्लाहरूमा लगेर पुनर्वास गरायो । चितवनमा अमेरिकन सरकारको सहयोगमा राप्ती दून विकास परियोजना खुल्यो । एक रूपैयाँको टिकट टाँसेर दर्खास्त दिएको भरमा पाँच पाँच विघाहा जमिन वितरण शुरू भयो । पहाड तिरका जग्गा जमीन थोरै भएका तथा जाहान परिवार धेरै भएका र टाठा बाठाहरू चितवन झरेर विघाका विघा जमीन ओगटेर झाडी फाँडेर वस्ती बसाउन लागे । दाहाल बुढाको गाउँका धेरै मानिसहरू पनि चितवन झरे तर त्यहाँको गर्मी र औलोको डरले कतिपय मानिसहरू आपूmले फडनी गरेको जग्गा पनि सस्तो मुल्यमा विक्रि गरेर पहाडको चिसो पानी संझेर पुन पहातिरै पनि फर्किए । दाहाल बुढाका छोराहरू आपूmलाई दश नग्रा खियाएर खान पुग्ने जेथा पहाडमा नै भएकोले चितवन झरेनन् बरू गाउँबाट चितवन जानेहरूका जग्गा जमीन किनी दिएर आफ्नो जग्गा जमीन विस्तार गर्दै गए । दाहाल बुढाका छोराहरूका पनि सन्तानहरू हुर्कदै बढ्दै गए । विस्तार विस्तार विकासको लहर बढ्दै गयो, सडक तथा हवाई यातायात, विजुली, टेलिफोन, शिक्षा, स्वास्थ्य आदि सुविधाहरू भौगोलिक कारणले गर्दा पहाडमा भन्दा समथर भूभाग तराई मधेस तिर विस्तार हुदै गयो । दाहाल बाजेका छोराहरू पनि विस्तारै बृद्ध हुदै गए । उनिहरूका सन्तानहरू पनि पहाड भन्दा चितवनमा आकर्षित हुदै गए । पहिले चितवन झर्नेहरूले रु. १। को निवेदन दस्तुरले पाँच विघाहा सम्म जमीन पाएका थिए भने पछि जानेहरू धेरै पैसा लगानी गरेर पनि थोरै जमीन किन्न बाध्य हुदै गएका थिए ।
हिजो आजसम्म आइपुग्दा दाहाल बाजेका बुढीहरूको पनि निधन भएको धेरै वर्ष भैसकेको छ । बुढाका छोराहरू पनि पिडी कुरेर बस्ने अवस्थामा पुगिसकेका छन् । उनीहरूका छोराहरू पढाइ लेखाई गरेर जागीर खाने, वन्द व्यापार लगायतका विभिन्न पेशा व्यवशाय गर्दै चितवन, पोखरा, काठमाडौं लगायतका सहरी क्षेत्रमा आ–आफ्नो स्थायी वसोवासको वन्दोवस्त गरिसकेका छन् । गाउँमा नयाँ पुस्ताका मानिसहरू प्राय छैनन् । अधिकांस घरहरू खाली भैसकेका छन् । कुनै कुनै घरमा बुढाबुढीहरू पिडी कुरेर छोरा छोरी कहिले फर्कलान् भनेर बाटो हेरेर बसिरहेका छन् । गाउँ बेंसी सबैतिरका खेतवारी बर्षौंदेख बाँझो रहदा झाडी र जंगलमा परिणत भएका छन् । बुढाबुढी बजारको आयातित खाद्यान्न बेसाएर खान बाध्य भएका छन् । गाई, गोरु, भंैसी पाल्ने मानिस गाउँमा कोही छैन । गोरस किनेर पनि खान नपाइने अवस्था छ । दाहाल बुढाको कुडुले खेत विगत १० वर्षदेखि बाँझो बसेकोले पूरा झाडीमा परिणत भएको छ । त्यहाँ बाँदर, बन कुखुरा, कालीज, हरिण मृग जस्ता जंगली पशु पंक्षीको वासस्थान भएको छ । दाहाल बुढाको दुई पुस्ता पालेको कुडुले खेत वेवारिसे भएको छ । दाहाल बुढाका नातीहरू वर्षको एक पटक वडा कार्यालयमा गएर त्यसको मालपोत बुझाउछन् र आफ्नो भन्ने प्रमाणसम्म राखि राखेका छन् ।
वस् कुडुले खेतको कथा व्यथा यस्तो छ । कुडुले खेत त एउटा प्रतिनिधि ठाउँ मात्रै हो । आज देशमा हजारौं फाँटहरू कुडुले खेत जस्ता वेवारिसे भएका छन् । त्यति मात्र होइन चितवनका वस्तीहरूमा कैयौं विघाहा ओगटेर बसेका जमिन्दारका सन्तान आज त्यस जमीनलाई वेवारसे छाडेर अमेरिका, अष्ट्रेलया, बेलायत तीर स्थायी बसोवास गर्न पुगेका छन् । विस्तारै विस्तारै चितवनका धान फल्ने खेतहरूको हविगत पनि कुडुले खेतको जस्तै वेवारिसे हुदैछन् । यो विकास हो कि ? विनास हो ? पुरानो पुस्तालाई बुझ्न कठीन भैरहेको छ । अस्तु ।
ईश्वरी प्रसाद घिमिरे
हाल कामपा १३ वाफल