उसको वास्तविक
नाम इमान सिं
घर्ती हो तर
गाउलेहरु उसलाई छोटकरीमा इमाने
भनेर चिन्दथे र
बोलाउने गर्दथे । इमानेको
चार जनाको सानो
परिवार थियो आमा,
लोग्ने स्वास्नी र सात
वर्षकी छोरी जुनकिरी
। ज्याला मजुरी
गरेर परिवार पालेको
थियो । उसको
पुख्र्यौली सम्पत्ति भनेको एक
हलको मेलो पाखोवारी
र गोडा चारेक
मुरी धान फल्ने
खेत मात्र थियो,
जसले उसको परिवारलाई
छ महिना मात्र
खान पुग्दथ्यो ।
पशुधनको नाममा एउटा थोरे
भैसी र एउटा
थारो गाईमात्र थिए
। बाँकी छ
महिनाको लागि जेला
मजुरीबाटै गुजरा चलाउनु पर्दथ्यो
। लोग्ने स्वास्नी
दुवैजना ज्याला मजुरी गर्न
जान्थे । काम
गरेको ज्याला महंगोनै,
भएकोले राम्रै आमदानी गर्दथे
।
वर्षात्को याम सकियो
धमाधम चाडवाडहरु आउन
लागे दशैं पनि
नजिकिंदै आयो ।
यो वर्ष इमानेकी
स्वास्नी पनि दुई
जीउकी भएकी थिई
। त्यसैले यस्तो
बेलामा उसलाई पनि पोषिलो
खानेकुराहरु खुवाउनु पर्छ भनेर
स्वास्थ्य स्वयम् सेविकाहरुले भनेको
र कहिलेकाहिं रेडियोले
भनेको पनि इमानेले
सुनेको थियो ।
त्यसै भएर होला
यो वर्ष इमानेले
एउटा सिंगै बोका
काटेर दशै मनाउने
बिचार ग¥यो
। त्यस्तै घटस्थापनाको
एक दुई दिन
पहिलेको कुरा हो,
ईमाने एकदिन बिहानै
उठेर बोटमा पाकेर
पहेलै भएको काँक्रो
आफ्नै बारीबाट टिपेर
काँधमा हाल्यो र डाँडापारी
मितबाबुको घरमा गयो,
बिहानको खाना पनि
उतै खायो ।
मितबाबु मितिनी आमासंग दुःख
सुखका कुराहरु ग¥यो ।
मितबाबुलाईनै भनेर दशैंको
लागि त्यहि गाऊबाट
एउटा पाँच छ
धार्नी जतीको बोका पनि
किनेर घरमा लिएर
आयो र पालिको
खाँबामा बाँध्यो । नौलो
ठाउँ भएर होला
प्याक्याक्या प्याक्याक्या गरेर बोका
कराउन थाल्यो ।
दशै आउनलाग्दा घरमा
बोका किनेर ल्याएको
देख्दा उसकी आमा
र स्वास्नी त
खुशी हुनेनै भए
। घरमा बोका
कराएको सुनेर गाउमा खेल्न
गएकी छोरी जुनकिरी
पनि दौडिदै घरमा
आई र बोकाको
नजिकै गएर आमालाई
सोध्छे आमा आमा
यो बोका कस्ले
ल्याएको, किन ल्याएको
हो ? आमाले दशैं
मान्न बाले ऊ
डाँडापारिबाट किनेर ल्याएको भनेर
जवाफ दिन्छे ।
जुकिरी दशै आयो
दशैं आयो भनेर
रमाउदै उफ्रिन्छे र आफ्ना
साथीहरुलाई भन्न गाऊतिरै
दौडन्छे । ईमानेको घरमा
बोका कराएको सुनेर
गाउलेहरु दश आठजना
उसका घरमा भेला
हुन्छन् । ईमानेले
कहाँबाट कति पैसामा
ल्याएछ दशैलाई बोका भनेर
गाउलेहरु छलफल गर्छन्
। बधुवा पाठो
रहेछ बोसो कति
होला भनेर एउटा
ठिटाले सोधेको थियो, अर्को
अधबैशेले बोकाको त्यति बोसो
हुदैन तर बधुवा
भएर होला अलि
गन्हाएको रहेछ ।
बोको गन्हाएको मासु
कसैकसैलाई मनपर्छ कसैलाई पर्दैन
भनेर आफ्नो धारण
राख्यो । यस्तै
कुराहरु गर्दै गाउलेहरु आ—आफ्ना घरतिर लागे ।
जुनकिरीले आफ्नो घरमा बाले
दशैलाई बोका किनेर
ल्याएको कुरा साथीभाइलाई
भनेपछि जुकिरीसित गाउँका एकहुल
केटाकेटि आएर बोकाको
नजिकै गएर हेर्नथाले
। बोको नौला
केटाकेटीहरु देखेर जगर फुलाएर
केटाकेटीहरुलाई हेर्दै थियो ।
यस्तैमा बोकाले सिरीरीर मुतेर
मसिनो धारो केटाकेटीको
मुखमा पु¥याईदियो
। केटाकेटीहरु हाँस्तै
भागे ।
ईमानेले घरको पूर्वतिरको
पिडीमा चित्राले बारेर एउटा
खाट हालेर आफ्नो
सुत्ने ठाऊँ बनाएको
थियो । साँझ
परेपछि त्यहि आपूm सुत्ने
खाटको गोडामुनि खाटको
खुट्टामा बोकेलाई बाँधेर एकमुठा
डालेघाँस झुण्डाईदियो । बोकाले
चोरेत ! चोरेत ! आवाज निकालेर
पातहरु चुडेर खुब मज्जाले
घाँस खायो, इमानेले
फेरी एकपटक बोकालाई
सुमसुम्यायो र मनमनै
भन्यो यसपालि त
! मान्छेको साथ पाएर
होला नौलो ठाउँ
भएपनि राती बोका
कराएन मजाले पाहुर
मारेर बस्यो, ईमाने
पनि के के
कुराहरु सोच्दै निधायो ।
भोलिपल्ट विहान उज्यालो
भयो । सबैजना
उठेर आ—आफ्नो काममा
लागे जुनकिरीले अलकती
घाँस काटेर डोकोमा
हालेर ल्याएर बोकोलाई
दिइ र साथीहरुसंग
खेल्न गाउतिर गई
। एकैछिनमा साथीहरु
बोटुलेर ल्याई सबैजना उत्सुक
भएर बोकाको नजिकै
गएर कसैले कान
त कसैले सिङमा
समाएर जिस्याउन थाले
। यस्तैमा बोकाले
पनि हिजको जस्तै
गरेर सिरिर्र पारेर
मुतिदियो । केटाकेटीहरु
भागे । यो
र यस्तै गाउलेहरुको
समिक्षा, छलफल र
केटाकेटिहरुको रमाईलोको क्रम छ
सात दिनसम्म चल्यो
। बोका काट्ने
दशैको दिन क्रमश
नजिक आउदै थियो
। जुनकिरी
बोका काट्ने दिन
कहिले आउला भनेर
दिनदनै बाबु आमासित
सोध्ने गर्दथी । बहुत
उत्साहित भएर रमाएकी
थिई । खुशी
पनि किन नहोस्
केटाकेटीलाई दशै आएको
जस्तो भन्ने त
हाम्रो उखानै छ ।
दशैंको दुईदिन अगाडि
रातीमा ईमाने मस्तसित भाते
निद्रामा परेको बेलामा बाघले
आएर बोकालाई लैजान
हमला गर्छ तर
जुनकिरीको बाबुले चालपाउँछ र
कराउँदै बोका बाँधेको
ठाउँमा पुग्छ । बाघले
बोकालाई समातेर घाँटीमा दाह्रा
गाडिसकेको हुन्छ । जुनकिरीको
बाबुले बोकालाई बाघबाट खोसेर
बचाउन सक्दो कोशिष
गर्छ तर रगत
चुस्न लागिसकेको बाघले
के दिन्थ्यो, जुनकिरीको
बाबुलाईनै झम्टन खोज्छ र
बोका घिसारेर झाडितिर
लाग्छ । गाउँलेहरु
जम्मा भएर हल्लाखल्ला
गर्छन्, ढुंगामुढा गर्छन् र
बाघलाई तर्साएर भगाउन प्रयास
गर्छन् तर बाघ
रातीमा झडिभित्र कतै लुकेको
हुन्छ । बोका
पाउन सक्दैनन् ।
मोलिपल्ट बिहान दुईचारजना गाऊलेहरु
साथी लिएर फेरी
जुकिरीको बाबु बोका
खोज्न झाडितिर जान्छन्
। घरदेखि अलिपर
झाडिमा खिर्राको बोटमुनि बोकाको
टाउको, खुट्टा र अलिकति
छालामात्र भेटिन्छ । जुनकिरीको
बाबु त्यहि लिएर
घरमा आउछ र
आँगनमा राखेर खइइईय गर्दै
लामो सुस्केरा लिन्छ
। त्यतिखेरै जुनकिरी
ओछ्यानबाट उठेर बोका
बँधेको ठाउमा जान्छे, त्यहाँ
बोकालाई देख्दिन र बाबुलाई
सोध्छे खै त
हाम्रो दशैमा काट्ने मुनी
। ईमाने नतमस्तक
हुन्छ, मुटुमा गाँठो परेर
आउँछ, उ छोरीलाई
केहिपनि जवाफ दिन
सक्दैन । झोक्रिइ
रहन्छ ।
इश्वरीप्रसाद
घिमिरे
कामनपा ३, रानीवारी
काठमाडौं
कोजाग्रत पूर्णिमा २०७४
email:ghimireishwari@gmail.com
No comments:
Post a Comment