Thursday, May 28, 2026

प्रिय रारा तिमी घुम्टो खोलेर मुस्कुराई देउ

      

  रारा अथवा कर्णाली प्रदेशको मुगु लिल्लाको छायानाथ नगरपालिका क्षेत्रभित्र  अवस्थित रारा ताल, जस्लाई महेन्द्र ताल पनि भनिन्छ । नेपालको पहिचान बोकेको, सूर्यको किरणसंग लुकामारी गर्दै छिन छिनमा आðनो रूप बदलिरहने, लाखौ पर्याटकहरूको मन लोभ्याउने,  चित्ताकर्षक रारा ताल यसको वर्णन अनगिन्ती लेखकहरूले आðनै दृष्टिाकोणबाट गरिसकेका छन् । त्यसमा पनि स्वदेशी भन्दा बिदेशी लेखकहरूले बढि लेखे पढेका होलान् । दैनिकदेखि मासिक अनलाइन पत्रिकाहरूमा रारा तालका बारेमा असंख्य लेखहरू प्रकाशित भैसकेका छन् । आðना आँखाहरूले देखेका र कलम चल्ने हातहरूले लेखेका लेखहरू पढ्दा रारा र त्यस क्षेत्रको प्राकृतिक, भौगोलक बनोट, त्यहाँको जैविक तत्वहरू लगायत धर्म, संस्कृति, परम्परा आदिका बारेमा पनि धेरै कुराहरूको जानकारी लिन सकिन्छ तर यस लेखमा रारा हेर्न पुगेका पंक्तिकारलाई लागेका केही फरक कुराहरू ब्यक्त गर्ने जमर्को गरेको छु ।

           पैंतिस वर्षे सरकारी जागिरको दौरानमा पनि कर्णली अञ्चल घुम्ने अनुकुल मिलेको थिएन । हुनत कर्णाली अञ्चलमा जागीर खान सरूवा मागेर जाने कर्मचारी स्थानीय बाहेक अरू बिरलै पाइन्छन् होला । म त्यसभित्र नपरेर होला त्यहाँ जाने बिचारै गरिएन, पछिल्ला दिनहरूमा कर्णलीको दुर्गमता, त्यहाँको लोक संस्कृति, भाषा, भेष, त्यहाँका मानिसहरूको बोली चालीका बारेमा बुäदै र अभ्यस्त हुदै जाँदा थोरै समय भने पनि त्यस क्षेत्रमा सरकारी सेवाको अवसरमा गएर अनुभव गर्नै पर्ने ठाउँ जस्तो महसुस भैरहेको थियो । जुम्ला जिल्ला सडक संजालसंग जोडिएपछि कर्णलीको ढोका खुलेको मान्नु पर्छ । सायद अबत कर्णाली अञ्चलका पाँचवटै जिल्ला सडक सञ्जालसंग जोडिइसकेका छन् । सडक संजालसंग जोडिएपछि कर्णालीले आðना बिशेषताहरू राजधानी लगायत अरू क्षेत्रलाई पस्कन शुरू गरेको छ । जुम्ला पुग्ने बाटो नै ज्यादै अग्ला भीर, पहराहरू भएको कारण बाहिरबाट त्यहाँ जाने जो कोहिले साहासिक यात्राको अनुभव गरिंदो रहेछ भने, त्यस्तो ठाउँमा सडक सञ्जाल पु¥याउन कती कठिन भयो होला, त्यो कल्पना बाहिरको कुरा हुन सक्छ । साविक कर्णाली अञ्चलका पाँच जिल्लाहरू, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामध्ये हुम्ला जिल्लामा एकपटक विदेशी मिशनसंग गएर एकहप्ता बस्ने, घुम्ने अनुकुल मिलेको थियो त्यस बाहेक दुई वर्ष जिल्ला विकास समितिको कार्यालय कालिकोटमा पदाधिकार राखेर सुगम स्थानमै बसेर पनि बिताएको थिएँ ।

                मलाई सरकारी जागिरबाट निबृत्त भएपछि मुगुको रारा ताल र जुम्लाको सिंन्जा उपत्यका घुम्न जाने उत्कट इच्छा रहेको थियो । त्यो इच्छालाई साकार रूप दिन उपयुक्त अवसरको खोजिमा थिएँ । म जस्तै जुम्ला र रारा ताल घुम्न जाने इच्छा भएका साथीहरू सूर्यभक्त खनाल, ईश्वरी भट्ट, गोपाल श्रेष्ठ र म सहित चार जना भएर यात्रामा जाने निश्चय ग¥यौं । यात्रामा जानको लागि एउटा स्कारपियो गाडी र अरू तीनजना साथी खोजेर सात जनाको भ्रमण टिम बनाउने सल्लाह भयो । तीनजना साथीहरूको खोजी गर्दा गोंगबु बस्ने विष्णुकुमार श्रेष्ठ, काठमाण्डौं इचंखुनारायण बस्ने कवि हरि प्रसाद घिमिरे र चितवन भरतपुर बस्ने अमृत प्रसाद घिमिरे सहित सात जनाको टोली तयार भयो । कर्णाली क्षेत्रमा यात्रा गराउने जानकी टÇाभल्सका इन्द्रसिंह ठकुरीसंग कुराकानी गरेर एउटा स्करपियो गाडी भाडामा लिएर २०८३ बैशाख २१ गते हामी राराताल सम्मको यात्राको लागि काठमाण्डौंबाट प्रस्थान ग¥यौं । पहिलो दिन हामी बिहान सबेरै हिडेर भरतपुरमा गएर बिहानको खाना खायौं र नारायणी पुल तरेर महेन्द्र राजमार्ग समात्यौं । महेन्द्र राजमार्ग विस्तारको काम पूर्वी नवलपरासी खण्ड करिब करिब बनी सकेको रहेछ । दाउन्ने खण्डमा बर्षात् अगाडिनै पूरा गर्ने गरी काम भैरहेको रहेछ । पश्चिम नवलपरासी खण्डमा चाहिं काम भैरहेकोले गाडिको रðतारमा केही कमी भयो । बुटवलबाट पश्चिम लागेपछि पानी पर्नं शुरू भयो र राजमार्ग विस्तारको काम पनि पूरा नभएकोले कालोपत्रे उधारिएको हुदा पुरै कच्ची सडकमा हिड्नु परेको अनुभव रह्यो । कोहलपुर हुदै राती नौ बजे मात्र हामी सुर्खेत पुगेर महालक्ष्मी होटलमा बास बस्यौं । होटलका प्रो. महालक्ष्मी पाण्डे जनस्वास्थ्य कार्यालय सुर्खेतका कर्मचारी पनि हुनुहुदो रहेछ । वहाँले राम्रो सत्कार गरेर हाम्रो गास बासको व्यवस्था मिलाई दिनुभयो । आत्मीय भावले बेलुकीको खाना खाएर आराम ग¥यौं । भोलिपल्ट बिहान पनि त्यहीं ब्रेकफास्ट गरेर सुर्खेतका दर्शनीय स्थलहरू काँक्रे बिहार, देउती बज्यैको मन्दिरमा दर्शन र बुलबुले तालको अवलोकन गरियो र त्यसपछि गाडीमा तेल भरेर दैलेखतिर उकालो लागियो । मध्यान्न भएपनि दुल्लु स्थीत कर्णालीको किनारामा रहेको सनो बजारमा बिहानको खाना खाएर अगाडि बढ्यौ । बाटो बाटोमा टनेलबाट स्थानीयहरूले उत्पादन गरेका काँक्रा किनेर खाँदै जाँदा मध्यपहाडी लोक मार्गको टोड्केसाल भन्ने स्थानमा दैलेख र आछामलाई जोड्ने कर्णाली नदीमाथी निर्माण भएको फलामे पूल तरेर आछाम जिल्लामा समेत पैताला राख्न पुगियो । त्यहाँबाट पुन पछाडि फर्किएर दैलेख–कालिकोट राजमार्ग हुदै कालिकोटको मान्म बजार पुगेर एउटा होटलमा झोला  बिसाएर कालिकोट सदरमुकामको बजार हेर्न बजारतर्फ लागियो । दुवैतर्फ अत्यधिक भिरालो (करिब ७०÷७५ डिग्री) डाँडाको धुरामा (टुप्पामा) रहेको कालिकोट सदरमुकाम र सानो बजार घुमियो । योगी नरहरिनाथ नेपालकै एक राष्टÇप्रेमी विåfन हुन् । उनको जन्मस्थल कालिकोट जिल्ला नै भएकोले उनलाई त्यहाँ विशेष सम्मानका साथ हेरिनु स्वभाविक पनि हो । त्यसैले होला बजारको बीच भागमा पहिला स्व. पूर्वराजा विरेन्द्रवीरविक्रम शाहदेवको शालिक राखिएको स्थानमा पूर्व राजाको शालिकलाइ विस्थापित गरेर योगी नरहरिनाथको शालिक राखिएको रहेछ । कालिकोटका स्थानीय तहहरूमा तीनवटा नगरपालिका  खाँडाचक्र (सदरमुकाम), रासकोट र तिलागुफा तथा ६ वटा गाउँपालिका पचाल झरना, सन्नी त्रिवेणी, नरहरिनाथ, शुभकालिका, महावै र पलाता गाऊँपालिकामा विभाजन भएको रहेछ । योगि नरहरिनाथ जन्मेको क्षेत्रलाई नरहरिनाथ गाउँपालिका नामाकरण गरेर वहाँप्रतिको श्रद्धा व्यक्त गरेको पाइयो । सानो सदरमुकामको बजार, बजारको दुवैपट्टी भिरालो पाखो, छरिएर रहेका जिल्ला स्तरीय सरकारी कार्यालयहरू, साना गाडिहरू मात्र चल्न सक्ने साँघुरो सडक भएको बजार क्षेत्र, जुम्ला हाइ–वेका दायाँ बायाँ लज, होटलहरू, सानातीना स्थानीय उद्योगहरू, बिहान डोकोमा आðना उत्पादनका तरकारी फलपूल बोकेर ल्याउने गाउँलेहरूको हुल र त्यहाँ सदरमुकाममा बसेर उत्पादक किसानहरूलाई कार्टेलिङ गरेर थोरै मुल्यमा किन्ने र महंगो मुल्यमा विक्रि गर्न पल्केका दलाली विचौलियाहरूको विगविगी, कार्यालय छुटेपछि भट्टीमा पसेर रमाउने सिमित कर्मचारी र उनीहरूका सम्पर्कका बिचौलियाहरू वस. यती नै हो कालिकोटलाई सरसर्ती बाहिर हेर्दा देखिने यथार्थ ।

                बैशाख २३ गते बिहानको ब्रेकफास्ट बास बसेकै होटलमा गरेर हाम्रो यात्रा अगाडि बढ्छ पिली बजार तर्फ । पिलीको स्मरण गर्दा माओवादि द्वन्दको समयको याद आउँछ । माओवादि र बाटो खन्न गएका नेपाली सेनाको बटालियनका बिचमा भएको लडाई, जसमा धेरैजना नेपाली सैनिक र बिद्रोही माओवादि सेनाको हताहाती भएको थियो । त्यसमा हाम्रो गाउँ गोरखा हर्मी नवलपुरका धनबहादुर पण्डित क्षेत्री, जसले पोष्टबाट लड्दा लड्दै धेरैलाई घाइते बनाएर आपूmले पनि सहादत प्राप्त गरेका थिए । त्यहाँबाट अगाडि गएपछि कालिकोट–जुम्ला राजमार्गको नाग्म बजार पुगिदो रहेछ । त्यहादेखि सिञ्जा उपत्यका हुदै मुगु, रारा ताल जाने बाटो र जुम्ला सदरमुकाम खलंगा जाने बाटो छुट्टिने रहेछ । तीला नदीको किनारै किनार ३० कलिोमिटर अगाडि गएपछि जुम्ला सदरमुकाम पुगिने रहेछ भने नाग्मबाट वायाँ तर्फ सिन्जा खोला हुदै ऐतिहासिक सिन्जा उपत्यकाको मनोरम जौ का हरिया फाँटहरू पुगिन्छ । त्यहाँ मौसम अनुसारका फसलहरू जौ, फापर, काली मार्सि, सिमी, भटमास, किन्वा, जिम्बू लगायतका अर्गानिक उत्पादनहरू देख्न पाइन्छ । उपत्यकाको बिचमा सिन्जा खोला, खोलाको दायाँ बायाँ हरिया समथर फाँटहरू, त्यसभन्दा माथि गाउँ बस्तीहरू, गाउँ बस्तीसंगै  माथि राजमार्ग र सोभन्दा माथि स्याउका बोट, बगैंचाहरू, त्यआँको भू–बनोटलाइृ हेर्दा नै जती हेरे पनि नअघाइने, हेरिरहूँजस्तो लाग्ने सिन्जा उपत्यका । खस, बाहुनका पूर्खाहरू यस्तै आकर्षक ठाउँ खोजेर सिन्जामा पुगेर बसोवास गरेका रहेछन् भन्ने अनुमान लगाउन सकिन्छ ।

                बैशाख २३ गते बिहानको खाना भुलभुलेमा एउटा होटलमा खाएर हाम्रो यात्रा अगाडि बढ्छ । मनोरम दृश्यहरूको अवलोकन गर्दै जाँदा हामीमाथी प्राकृतिक विघ्नबाधा आइलाग्छ । त्यहाँबाट मौसम बिग्रन शुरूहुन्छ, कुहिरोले डाँडाकाडा सबै ढाक्दछ, सिमसिम पानी पर्न शुरू गर्छ, अपरान्ह ३ बजे हामी राराताल नजिक सल्लेरी पुग्दछौं । त्यहाँ राष्टिÇय निकुन्जको कार्यालय, निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेक, ५÷७ वटा होटेलहरू रहेको सानो बजार रहेछ । त्यही एउटा होटलमा बासको बन्दोवस्त गरेर, झोलाहरू त्यहीं राखेर ताल अवलोकन गर्न निस्कियौं । ताल निकुन्ज क्षेत्रभित्र पर्ने भएकोले आगन्तुकहरूलाई निकुञ्ज प्रवेश गर्न प्रतिव्यक्ति रू. १००÷को टिक लिनुपर्ने रहेछ । हामीहरू टिकट लिएर उकालो लाग्यौं । ताल पुग्न तीन किलोमिटर पैदल जाँदै गर्दा सिमसिम पानी परीनै रह्यो ।  गोब्रेसल्लाको जंगलभित्र लुकेर बसेकी राराको दर्शन पाउँदा स्वर्गकी परिले घुम्टो ओडेर अनुहार लुकाएर बस्न खोजेको जस्तो लाग्यो । वरपर गोब्रेसल्लाको सदावहार हरियो घना जंगल,  बीचमा पूर्व पश्चिम लाम्चो देखिने गरी गाढा नीलोरंंग भरेको जस्तो देखिने राराताललाई हामीले नजरले भ्यासम्म त्यसका कुनाकाप्चा, किनाराहरूलाई गहिरिएर नियाल्यौं । प्रकृतिले बनाई दिएको भू–बनोट मानव र्नििर्मत भन्दा कम लागेन । तर जतिवेला हामीले ताललाई हे¥यौं त्यतीबेला तालमा कुनै प्रकारका पंक्षीहरू देखिएन तर तलभित्र माछाहरू छन् कि छैनन् भन्ने विषयमा हामीहरूले जिज्ञासा राखेजस्तो पनि लागेन । तालको किनारामा ओत लाग्न बनाइएका (सेड) छाप्राहरूमा स्थानीय घोडावालाहरू घोडा चराएर बसेका थिए । उनीहरूले त्यहाँ जाने यात्रुहरूलाई घोडचडीको सुविधा उपलब्बध गराउन घोडाहरू त्यहाँ लग्ने गरेको बताउँथे । त्यहाँबाट तल सल्लेरी बजार (तीन किमी तल) सम्म घोडा चढेको रू. ६०० र ताल वरिपरी घुमाएको रू. ३५०० भाडा लिनेकुरा बताए । हाम्रो साथी विष्णु कुमारलाई अली कठिन भएजस्तो लाग्यो र वहाँलाई घोडामा चढाएर बास बस्नेठाउँ सल्लेरीसम्म पठाइयों ।  त्यसदिन करिब साडे दुई घण्टासम्म तालको किनारामा हामीहरू रमाएर बस्यौं, सेड र सानो टावरबाट राराताल र यसको वरिपरि नजरले भ्याएसम्मको सौन्दर्यलाई आँखाहरूले पान गर्दै र विभिन्न एङ्गलबाट तश्वीरहरू खिच्दै बितायौं । तालदेखि पारिपट्टी बास बस्ने रिसोर्टहरू रहेछन्, डु¬ाबाट तरेर जानुपर्ने तर त्यसदिन सिमसिम पानी परिनै रहेको र मौसम खुल्ने छाँटकाँट नदेखिएकोले हामीहरू सल्लेरीमा नै आएर बास बस्यौं । भोलीपल्ट २४ गते बिहान पनि हामीहरू मौसम खुल्छ कि ? भनेर सबेरै तालको किनारामा पुग्यौं । पुन केही तश्वीरहरू लियौं, प्रीय रारा तिमी घुम्टो खोलेर मुस्कुराई देउ भन्दै हात जोडेर एकछिन ध्यान पनि ग¥यौ तर मौसम खुल्ने छाँटकाँट देखिएन त्यसपछि हामीहरू त्यहाँबाट मनले नमानीकननै रारालाई पछाडि पारेर ओरालो लाग्यौं र झोला तुम्बा गाडिमा राखेर कच्चीबाटो जुम्लाको लागि प्रस्थान ग¥यौं । हाम्रा सवारी चालक भाइले अघिल्लो दिन खाना खाएको होटल भुलभुलेमा ब्रेकफास्टको लागि फोनबाटै अर्डर गर्नुभयो । भुलभुलेमा ब्रेकफास्ट खाएर अघिल्लो दिन आएको नाग्म–रारा हाइवेको बाटो छोडेर सोझै जुम्ला जाने बाटो ओरालो झ¥यौं । सिमसिम पानी परेको छ बाटो ओरालो हुदै खोलामा पुगिन्छ अनी पुल तरेर उकालो लागिन्छ । नजरभरी बस्ती छैन, आटप्य सल्लाको जंगल छ । कतै कतै सडकमा कामगर्ने मेशिन र कुल्लीहरू भेटिन्छन्, यस्तै यस्तै गरेर धेरै डाँडाहरूको ओरालो उकालो, गर्दै , कहिले गाडिमा फोरव्हिल लगाउँदै त कहिले बाटो निर्माणमा लागेका स्काभेटरहरूलाई पर्खदै पर्खदै, सल्लाको जंगलभित्र कतै भेडाका बथान, कतै घोडा र त्यहाँको स्थानीय जातका नौमुठे गाईहरूका खर्कहरू, बाटोमा भेटिएका गोठालाहरूको दिनचर्य सोधीखोजी गर्दै दिउसको १२ बजे जुम्ला उपत्यका झरियो । समथर जुम्ला उपत्यका, बीचबाट बहेकी तीला कर्णाली नदीको दायाँबायाँ हरिया पहेंला फाँटहरू हुदै रमणीय जुम्ला सदरमुकाम खलंगा पुगियो । कालोपत्रे गरेको पक्की बिमानस्थल, बिमानस्थलसंगै जोडिएको जुम्ला बजार, हरेक वस्तुको उपलब्धता, पर्याप्त होटल, लजहरू, सरकारी कार्यालयहरू, बैक वित्तीय संस्थाका शाखाहरू, सहकारी संस्थाहरू, विभिन्न गैससका साइनबोर्ड झुण्ड्याइएका घरहरू अवलोकन गर्दै बजारको बीचमा अवस्थित कर्णालीको आस्थाका धरोहर चन्दननाथ र भैरबनाथ बाबाको मन्दिरहरू दर्शन गर्ने अमूल्य अवसरको हामीले उपयोग ग¥यौं । त्यहाँ पुग्दा हामीलाई ठूलैसहरमा पुगेका आभाष भयो । त्यहीं एउटा होटलमा दिउसै भएपनि बिहानको खाना खायौं ।

                जुम्ला घुम्न जाने हामीहरूजस्ता परदेशीलाई लक्ष गरी त्यहाँ एउटा सहकारी संस्थाले कोशेली घर संचालन गरेको रहेछ । जुम्लामा उत्पादन भएका अर्गानिक खाद्यवस्तुहरूको संकलन र प्याकिङ हुदो रहेछ । हाम्रो भ्रमण टोलीका साथीहरूबाट पनि कोशेली घरको उपयोग गर्दै आठ दश हजारका वस्तु खरिद गर्न भ्याइयो । मद्यान्न पछि जुम्लाबाट प्रस्थान ग¥यौं । बाटोमा पर्ने तातोपानीको अवलोकन र सुक्ष्म स्नान गरेर अगाडि बढ्यौ र बेलुकी बेलैमा कालिकोट पुगेर अघिल्लो दिन बास बसेकै होटलमा झोला बिसायौं । बजारमा जाँदाकै दिन चिनजान गरेका अधिकारी बाहुनको पसलमा गएर चिया पिएरं र कालिकोटको बारेमा केही जानकारी लिन भ्याइयो । भोलिपल्ट २५ गते बिहानै बसेकै होटलमा ब्रेकफास्ट लिएर बाटो लागियो । साँघुरो सडक र भीर देखर त हामीहरू डराउन छाडिसकेका थियौं तैपनि कालिकोट जिल्ला भने अत्यधिक भीर पहरा भएको जिल्ला रहेछ । कालिकोटको सिमाना पार गरेपछि दैलेखको आठविसकोट नगरपालिका शाहीगाउँमा रहेको पम्पबाट गाडिमा तेल भरेर हामीहरू मध्यपहाडी लोकमार्ग हुदै पोखरा निस्कने हिसावले दैलेख सदरमुकाम तर्फ मोडियौं । त्यहाँबाट दैलेख सदरमुकाम ८६ किलोमिटर पक्की सडक रहेछ । दुई घण्टामा पार गरियो । कालिकोट जिल्लाको तुलनामा दैलेख जिल्लाको भू बनोट धेरै राम्रो रहेछ, होचा पहाड, समथर फाँट, हरियाली, फलपूmल, सागपात प्रशस्त पाइने, दैलेख जिल्ला आफैमा धेरै कुरामा आत्मनिर्भर हुनसक्ने जस्तो रहेछ । बाटोमा पर्ने जलजलेमा रहेको ग्यास पेटÇोलियम अन्वेषण स्थलको अवलोकन, ज्वालामाई दर्शन गर्दै दैलेख सदरमुकाम हुदै सदरमुकामदेखि तल खोलाको किनारमा रहेको सानो बजारमा बिहानको खाना खायौं र जाजरकोटको लागि अगाडि बढियो । जाजरकोट सदरमुकाम पुगेर चिया पियौं । मध्यपहाडी लोकमार्गको जाजरकोटसम्मको खण्ड पूरा भएको रहेनछ, हाम्रो चालक भाई जाजरकोटको नै भएकाले कच्ची बाटै भएपनि सदरमुकामबाट नयाँ ठाउँहरू घुमाएर सानी भेरी, ठूली भेरी नदीको किनार हुदै नलगाड नगरपालिका दिली बजारमा पुगेर बास बसियो । भोलीपल्ट बिहानको खाना खान बुर्तीवाङ पुग्ने योजना थियो । हामीले दैलेखबाट रूकुम पश्चिम, रूकुम पूर्व हुदै अली अबेर दिउसको १ बजेमात्र बुर्तीवाङ पुगेका थियौं । बुर्तीवाङका मित्र सोभाकर खनाल मार्फत वहाँका भतीजा कृष्ण खनालसंग अग्रीम सम्पर्क गरियो र त्यहाँको प्रतिष्ठित टाइगर होटेलमा बिहानको खाना खान पुगियो । बाग्लुङ जिल्लाको प्रमुख व्यापा।िरक केन्द्र बुर्तीवाङ बजार ठूलै रहेछ । महेन्द्र राजमार्ग खुल्नु भन्दा अगाडि अर्थात सडक यातायात खुल्नुभन्दा अगाडि राणा काल र पंचायत कालसम्म राजधानी काठमाडौंलाई जोड्ने पूर्व–पश्चिम पैदल हिड्ने मूलबाटोमा पर्ने रहेछ बुर्तिवाङ । त्यसैले पहिलेदेखिनै विभिन्न औद्योगिक र आर्थिक गतिविधिको केन्द्र भएकोले बुर्तीवाङ बजार भिडभाड नै थियो । समयको पावन्दिले गर्दा छुटाउनै नहुने ठाउँ त्यहाँबट ढोरपाटन जान सकिएन, अर्को पटकको लागि थाती राखेर बेलुकी बाग्लुङ बास बस्ने गरी हाम्रो यात्रा अगाडि बढ्छ । बेलुकी ६ बजेतीर बाग्लुङ बजार पुगेर त्रिवेणी होटेलमा बासबस्ने बन्दोवस्त गरेर झोला बिसायौं । शनिवारको दिन परेकोले बेलुकी नै भएपनि बग्लुङ कालिकाको दर्शन गर्ने र आरती समेत हेर्ने मनसायले कालिका मन्दिर तर्फ लाग्यौं । मुक्तिनाथ दर्शन÷भ्रमण गर्न जाने यात्रुहरू फर्कदा बाग्लुङमा बास बस्ने र साँझमा कालिका दर्शन गर्न जाने साथै गर्मीको मौसम भएकोले स्थानीयहरू सहित कालिका मन्दिर दर्शन गर्न जानेहरूको साँझमा पनि भिडनै देखिन्थ्यो ।

                बैशाख २७ गते बिहान बास बसेकै होटलमा स्नान गरेर करिब आठ किलोमिटर उत्तर पश्चिम डाँडामा रहेको पंचकोट अवलोकन गर्न पुग्यौं । मुक्तिनाथ पिठाधिश स्वामी कमलनयनाचार्यज्यूले स्थापना गर्नुभएको पंचकोट धार्मिक स्थल आन्तरिक पर्यटकाको लागि समेत आकर्षणको केन्द्र बनेको रहेछ । विन्द्ययाचल पर्वतलाई हत्केलामा उचालेको विशाल हनुमानको मूर्ती, सफा सुन्दर बगैचा, राधाकृष्ण, रामसीता, लक्ष्मीनारायण, महादेबका मन्दिरहरू कलात्मक रूपमा निर्माण गरिएका दर्शनीय स्थलहरू, भूलभूलैया गराउने सिस महल भित्र लक्ष्मीनारायणको प्रतीमा स्थापना गरेका आदि दर्शनीय वस्तुहरू राखिएको रहेछ भने उक्त ठाउँ अग्लो स्थानमा भएकोले चारैतर्फ रमणीय द्दश्यावलोकन समेत हुने रहेछ ।  त्यहाँबाट हामीहरू बाग्लुङ बजारको सिरानमा स्थापना गरेको शालिग्राम संग्रहालय हेर्न पुग्यौ । संग्रहालय हेर्न लायक रहेछ । डाँडाको केखबाट सुरूङ निर्माण गरी सुरूङ भित्र राखिएको कालीगण्डकीको उद्गमस्थलदेखि गण्डक नेपाल भारत सिमानासम्मको सुक्ष्म रूपको स्थान परिचय सहितको सजीव चित्रलाई सिसाको सोकेसमा सजाएर सुरक्षित गरेर राखिएको, ठूला साना गरी एकलाखभन्दा बढि संख्यामा विभिन्न आकार प्रकारका शालिग्रामहरू त्यसरी नै सिसाको सोकेसमा सजाएर आकर्षक बनाएर राखिएको रहेछ । हामीहरूले लामै समय लिएर संग्रहालयको अवलोकन ग¥यौं । बाग्लुङ कालिका मन्दिरदेखि पूर्वतर्फ निर्माण भएको अर्को आकर्षण काली गण्डकी माथि निर्माण भएको नेपालकै सबैभन्दा अग्लो र सि¬ल टावरमा सबैभन्दा लामो झोल¬े पूलको अवलोकन गर्दै त्यहाँबाट पर्वत सदरमुकाम कुश्मा बजार हुदै पोखराको लागि प्रस्थान ग¥यौ । मोदी खोलाको किनारामा एउटा असला माछा पाइने होटल बिचार गरेर बिहानको खाना खाएर अगाडि बढियो । बाग्लुङ जिल्लामा पर्यटकहरूलाई आकर्षण गर्ने गन्तब्यहरूमा पंचकोट, शालिग्राम संग्रहालय, बाग्लुङ कालिका मन्दिर, अग्लो र लामो झोलु¬े पुल, ढोपाटन शिकार आरक्षण, बुर्तीवाङ बजार आदि प्रशस्तै  ठाउँहरू रहेछन् । हामीहरू सात दिनको यात्रा पूरा गरेर २०८३ साल बैशाख २७ गते साँझ काठमाडौं फर्कियौं ।

                यस यात्रामा जती जिल्लाहरूमा हामीहरूले यात्रा ग¥यौं ती सबै जिल्लाहरूका दर्शनीय स्थलहरूको अवलोकन गर्न सकेनौं । हामीहरूलाई समयको पावन्दी रह्यो, हामीहरूले सात दिनका लागि मात्र गाडि लिएका थियौं । त्यसैले सबै दिन हामीहरूलाई हतारो नै भैरह्यो । मुगु जिल्लाको सदरमुकाम गमगढी पुग्न सकेनौं, जुम्लाको गुठचौर स्थित भेडा फाराम हेर्न जान भ्याएनौं, दैलेखको पंचदेवल, जाजरकोट र रूकुमकोटका ऐतिहासिक राजका दरवारहरू हेर्न भ्याएनौं, जाजरकोटको फुलपिङकोट ताल जान भ्याएनौं, ढोरपाटन शिकार आरक्षण हामीहरूले चाहना गर्दागर्दै पनि जान भ्याएनौं । त्यसैले यी ठाउँहरूको यात्रमा कम्तीमा १० दिनको समय लिएर जानुपर्ने महसुस गरियो । कर्णाली अंचल समग्र विकासको हिसाबले पछाडि छ भन्नेकुरा एउटा भाष्य बनाएको छ होला जस्तो लाग्दथ्यो तर विकासका सूचकाङ्कहरूलाई हेर्दा र त्यहाँ पुगेर प्रत्येक्ष नजरले हेर्दा अनुभूत हुने रहेछ । हामीलेत कमसेकम सडकको दायाँबाँसम्म मात्र हेर्न पायौं तर सडकदेखि दूर दूरका गाउँ, वस्तीहरूको अवस्था कस्तो होला ? त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई लगायतका न्यूनतम मानवी आवश्यकताका कुराहरूको उपलब्धता र व्यवस्थपा स्तर कस्तो होला ? यी कुराहरू गम्भीर सोचनीय विषय हुन सक्छन् । हेरौं भावि सरकारका नजरले कर्णालीलाई सकारात्मक रूपले हेर्नेछ र त्यहाँको आन्तरिक सम्भाव्यताहरूको पहिचान र परिणाम निकाल्दै कर्णालीका मानिसहरूको जीवनस्तर परिवर्तन गरेर समृद्ध बनाउन पक्कै नयाँ अभियानहरूको थालनी गर्नेछ ।

                सडक यातायातले सदरमुकामलाई जोड्न पनि धेरै वर्ष नै लाग्यो । कालिकोट, जुम्ला, मुगुका डरलाग्दा पहाड फुटाएर त्यहाँ सडक पु¥याउनु कम चुनौतीको काम थिएन । अब कर्णालीका सबै जिल्लाका सदरमुकामलाई सडक संजालले जोडिसकेको छ भने ती सडकलाई स्तरोन्नती गर्ने काम पनि निरन्तर भैरहेको यात्राको क्रममा प्रत्येक्ष अवलोकन गर्न पाइयो । हुनत दुर्गम हिमाली जिल्लाहरूमा मुख्य कामगर्ने समय भनेकै चैत्रदेखि आषाढसम्म चार महिना हो । सडक संजालले कर्णाली क्षेत्रको असंख्य संभावनालाई बाटो खोली दिएको छ । स्थानीय पालिकाका केन्द्रहरूमा पनि अधिकांसमा कच्ची सडकको टÇ्याक पुगिसकेको कतिपय स्थानमा खनिदै गरेको पाइयो । मुगुको राराताल, डोल्पाको सेफोक्सुण्डोताल, दैलेखको स्यार्पूताल, जाजरकोटको फुलपिङकोट ताल जस्ता चित्ताकर्षक तालहरू, अटुट हिमाली श्रृ×ला, तीला कर्णाली, हुम्ला कर्णाली, ठूली भेरी, सानी भेरी जस्ता ठूला नदी र तीनमा मिसिन आउने ससाना नदीनालाहरू र तीनले बनाएका रसिला, पोषिला समथर फाँटहरू, उच्च हिमाली क्षेत्रमा पाइने बहुमुल्य जातका सदावहार जंगल, फराकिला चौर खर्कहरू तथा त्यहाँ पाइने औषधिजन्य बहुमुल्य जडिबुटीहरू त्यहाँका अमूल्य निधिहरू हुन् । त्यहाँको हावापानीमा उत्पादन हुने स्याउ, ओखर जस्ता अधिक मुल्यका फलपूmल, स्वदेश र विदेशमा समेत ब्राण्ड बनाउदै गरेको काली मार्सी चामल, विभिन्न प्रकारका सिमी, कागनु, जौ, फापर, मह लगायतका अर्गानिक उत्पादनहरू उपहार दिने बस्तुको रूपमा राम्रो मुल्यमा काठमाण्डौं, पोखरा, सुर्खेत, नेपालगंज लगायतका प्रमुख बजार क्षेत्रहरूमा आðनो पहिचान दिन सकेको पाइन्छ ।

                खस भाषाको उद्गम स्थल मानिने सिंजा क्षेत्रको भौगोलिक बनावट हेरेर आँखा अघाउदैनन्, त्यहाँको हुड्का नृत्य, सामुहिक देउडा नृत्य, सामुहिक भाखामा गाइने देउडा गीतहरू, त्यस क्षेत्रमा अवस्थित पुराना मठ, मन्दिर, गुम्बाहरूले कर्णालीको विशाल संस्कृति बोकेको छ । विकट बस्तीका मानिसहरूको दुःख, व्यथाका कथाहरूलाई देउडा भाखा मार्फत व्यक्त हुने गीतहरूले मानव हृदयमा गहिरो छाप छोड्न सफल छन् ।

अन्तमा रारा ताल र यसको आसपासका क्षेत्र स्वर्गीय आनन्द दिने प्रकृतिको अनुपम वरदान हो भन्ने कुरामा एक पटक त्यहाँ पुगेका प्रकृति प्रेमी जो कसैलाई पनि महसुस भएकै हुन्छ । त्यसको संरक्षणको लागि रारा राष्टिÇय निकुञ्जको कार्यालय, नेपाली सेनाको गुल्म, स्थानीय छायानाथ नगरपालिका सोही स्थानमा कार्यरत छन् , त्यसका अतिरिक्त जिल्ला स्तरीय सम्बन्धित सरकारी निकायहरू पनि सक्रय नै होलान् उनीहरू सबै धन्यवादका पात्र छन् ।

अन्त्यमा भन्नै मन लागेका केही कुराः ताल क्षेत्रको किनारमा बनेका टहरा, भ्यू टावरहरू पर्यटकको सुविधाको लागि भन्दा स्थानीय घोडा व्यवशायीको लागि घोडा तवेलाको रूपमा उपयोग भएको जस्तो देखियो साथै ताल किनारामा घोडा ल्याउने घोडचडी व्यवसायीहरूले फोहोर गर्ने गरेको, त्यही घोडाहरू चराउने गर्नाले घोडाको लादीले तालको किनारा प्रदुषण बढाउदै लगेको, त्यहाँको बनस्पतीको दोहन गर्ने गरेको देखियो । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरूरी देखिन्छ ।

तालभन्दा तल सल्लेरी क्षेत्रमा रहेका होटल, लजहरू व्यवस्थित र हाइजनिक छैनन् । स्वदेशका विभिन्न स्थानबाट तथा विदेशबाट त्यहाँ आउने पाहुनाहरूलाई राम्रो बसोवास र सरसफाई युक्त वातावरण तथा स्वच्छ सफा स्थानीय उत्पादनबाट बनेका खाने परिकारहरूको उपलब्धता पर्याप्त मात्रामा उपलब्ध गराउन सकेमा विदेशी भन्दा आन्तरिक पर्यटकहरूको आकर्षण अझ बृद्धि हुने प्रचुर सम्भावना देखिन्छ ।  अस्तु

ईश्वरी प्रसाद घिमिरे

कामपा १३, वाफल काठमाडौं

Email; ghimireishwari@gmail.com

 

               

some photographs from RARA