Friday, January 9, 2026

चर्चा दक्षिण भारतका मन्दिरहरुको

भारतका चारै दिशामा अवस्थित तीर्थ स्थलहरु जहाँ आराध्य भगवान्का भब्य मन्दिरहरु छन् ती स्थानलाई हिन्दू धर्ममा आस्था राख्नेहरुले चार धाम मान्दछन् । जसमा उत्तरका बद्रीनाथ केदारनाथ, दक्षिणका रामेश्वर, पूर्वका जगन्नाथ पुरी र पश्चिममा द्वारका रहेका छन् । सबै हिन्दू मतावलम्बीहरु जीवनमा सकेसम्म एकपटक चारै धामको दर्शन गर्न लालायित हुन्छन् तर विभिन्न वाधा अड्चन र व्यक्तिका आन्तरिक समस्याका कारण पनि धेरैले चार धामको यात्रा गर्न सकेका हुदैनन् तापनि एक दुई धाम त धेरैले पुगेका हुन्छन् । तीर्थ यात्राकै क्रममा २०८२ मंसिरको १२ देखि पौष ७ गतेसम्ममो विहारको हरिहर क्षेत्र हुदै पुन पुन, गया, बोधगया, झारखण्डको (त्रम्ब्यकेश्वर) बाबाधाम, कलकत्ता कालि मन्दिर, गंगासागर, कपिलमुनी, लिंगराज, जगन्नाथ पुरी, आद्य शंकराचार्य निर्मित गोवर्धन मठ, मल्लिकार्जुन, तिरुपती वालाजी, श्रीरंगममा रामास्वामी मन्दिर, रामेश्वरको ज्योतिर्लिं¬, कन्याकुमारी, मदुराई स्थित मिनाक्षी मन्दिर लगायत बाटोमा पर्ने तीर्थ स्थलहरुको दर्शन र अवलोकन गर्दै २५ दिनको यात्रामा जाने अवसर मिलेको थियो । यात्राको अवसरमा दर्शन र अवलोकन गरिएका स्थानहरुमध्ये उडिशा राज्यको भूवनेश्वरमा अवस्थित लि¬राज मन्दिर, जगन्नाथ पुरी स्थित जगन्नाथ मन्दिर र तामिलनाडू स्थित रामेश्वर मन्दिरका सम्बन्धमा आफूले देखेका, अनुभव गरेका र खोजमेल गरिएका केही कुराहरु यस लेखमा प्रस्तुत गर्ने जमर्को गरेको छु । लिंङ्गराज मन्दिर उडिशा राज्यको राजधानी भूवनेश्वरमा रहेको लिंङ्गराजको मन्दिर एघारौं शताब्दीमा तात्कालिन गंग राजवंशका राजाहरुले बनाएको अनुमान भारतीय पुरातत्व विभागको अभिलेखमा उल्लेख छ । यो मन्दिर भगवान् शिवमा समर्पित कलिंग शैलीमा निर्माण भएको कलिंग वास्तुकलाको अनुपम उत्कृष्ठ नमूना हो । विशाल ढुंगाहरुले बनेको यो मन्दिरको पर्खाल (गारो), पीलरहरु, लिण्टल, नाल, थाम दलिनहरुका साथै तलामा छापिएका फल्याकहरु सबै बिशाल ढुंगाहरुकै छन् र ती ढुंगाहरुमा देवी देवताका मूर्ती, तीनका क्रियाकलाप, गतिविधिहरु झल्कने आकृती, चित्रहरु कलात्मक ढंङ्गले कुदिएका छन् । ५५ मीटर उचाई रहेको मन्दिरको अझ आश्चर्य लाग्दो कुरा त के छ भने प्रविधिको विकास भैनसकेको त्यस समयमा त्यत्रा विशाल ढङ्गंगै ढुंङ्गाको प्रयोग गरी त्यती धेरै उचाइका संरचना कसरी निर्माण गर्न सम्भव भयो होला ? त्यसको तुलनामा पाटनको कृष्ण मन्दिर सुक्ष्म स्वरुप (मिनिएचर)मात्र हो भन्दा हुन्छ । मुख्य मन्दिरको चारैतर्फ विभिन्न देवी देवताका १५० वटा ससाना मन्दिरहरु रहेका छन् । दैनिक हज्जारौंको संख्यामा शिवभक्त हिन्दू तीर्थयात्रीहरु पंक्तिवद्ध भएर भगवान् शिवको यस ज्योतिर्लिंङ्गको दर्शन गर्न पुगेका हुन्छन् । बनारस, गयाजी, बाबाधाम, गंगासागरमा जस्तो पण्डाहरुबाट दर्शनार्थीहरुलाई दलाली गरेर हतोत्साही गराउने काम यहाँ हुदैन । भूवनेश्वरका पर्यटकीय क्षेत्रहरुमध्ये यो धार्मिक पर्यटक आकर्षण गर्ने पर्यटकीय स्थल पनि हो । हिन्दू धर्ममा आस्था राखेर तीर्थ यात्रामा जाने तीर्थ यात्रीहरु धेरैले यो मन्दिरमा भगवान् शिवको दर्शन गर्न पुगेकै हुन्छन् । आस्थाको धरोहर, प्राचीन वास्तुकला र संस्कृतिले ओतप्रोत भएको लिंङ्गराज मन्दिरको अन्तरवस्तु धेरै होलान् तर यो हामीले देखेको बाहिरी स्वरुपको आँखिäयाल मात्र हो । भूवनेश्वरको लिंगराज मन्दिर, कोणार्कको सूर्य मन्दिर र पुरीको जगन्नाथ मन्दिर यी तीनवटै मन्दिर उडिशाका कालिंग शैलिमा निर्माण भएका प्रशिद्ध मन्दिरहरु हुन् । यी तीनवटै मन्दिरहरु केवल मन्दिर मात्र नभएर भारतीय प्राचीन इन्जीनीयरिङ, प्रस्तर वास्तुकला तथा वैदिक विज्ञानको जीवित प्रमाणहरु हुन् । त्यहाँको पूरातत्व विभागको अभिलेख अनुसार यी तीनवटै मन्दिरहरु एघारौं देखि तेह्रौ शताब्दीको बिचमा निर्माण भएका थिए । यी तीनवटै मन्दिरहरु गंग राज वंशका राजाहरुले निर्माण गराएका थिए । जगन्नाथ मन्दिर भगवान् जगन्नाथको मन्दिर उडिशाको पुरीमा बंगालको खाडिको समुद्रको किनामा रहेको छ । जगतका नाथ श्री विष्णुलाई जगन्नाथको नामले पुकारिन्छ । यो मन्दिर भगवान् विष्णुको अवतार जगन्नाथ (श्रीकृष्ण, दाजु बलराम र बहिनी सभद्रा) मा समर्पित छ । यहाँ भगवान् कृष्णलाई जगन्नथको नाममा पुकारिने हुँदा मन्दिरको गर्भगृहमा श्री कृष्ण, बलराम र सुभद्राको मुर्तीहरु सजाएर राखिएको छ । तिनै मुर्तीहरुको दर्शन गर्न बर्षेनी लाखौं भारतीय र नेपाली तीर्थ यात्रीहरु यहाँ पुग्दछन् । भगवान् जगन्नाथकोे पहिले एक आदिवासी वैष्णव समुदायले नील माधव देवताको रुपमा पूजा गर्दथे भन्ने भनाई रहेको पनि छ । जगन्नाथको मन्दिर ढुं¬ैढुं¬ाले बनेको प्रस्तर वास्तुकलाको अनुपम प्रस्तुती रहेको छ । मन्दिरका हरेक ढुंङ्गमा देवी देवताका विभिन्न अवतार, विभिन्न क्रियाकलाप र गतिविधिहरुको चित्रण गरेर मूर्तीहरु कुदिएका छन् । मन्दिर क्षेत्रमा पाइएको अभिलेख अनुसार गंग सम्राट राजराजा तृतीयको दाशगोप ताम्रपत्र शिलालेखको आधारमा जगन्नाथको मन्दिर लगभग ११ औं शताब्दी ई.पू. को उत्तरार्धमा यस ठाउँमा स्थापना भएको थियो । हालको मुख्य मन्दिर तात्कालिन गंग राजवंशका सम्राट अनन्तवर्मन चोडगंगदेवले ११९८ ईस्वीमा बनाउन शुरु गरेका थिए र मन्दिरको निर्माण कार्य चोडगंगदेवका नाती राजा अनंगभिमदेव प्रथमले पूर्ण गरेका थिए । मुख्य मन्दिरको निर्माण पछि पनि मन्दिर परिसर भित्र अन्य देवी देवताका धेरै मन्दिरहरू शताब्दियौंसम्म निर्माण भैरहेको कुरा भारतीय पुरातत्व बिभाग द्वारा त्यहाँ राखिएको आलेखमा उल्लेख भएको छ । मन्दिरलाई भित्री र बाहिरी गरी दुईवटा गारोले घेरिएको छ, जसमा बाहिरी गारो रहेको भागलाई मेघनाद प्राचीरा र भित्री गारो रहेको भागलाई कुर्मीवेढा भनिदो रहेछ । मुख्य मन्दिरको पूर्वतर्फको मोहडाको अगाडि भागमा नाट्य मन्दिर र मुख्य भोगमण्डप तथा नरसिंह, सूर्य, बिमला, लक्ष्मी, गणेशका साना मन्दिर र मण्डपहरु रहेका छन् । मन्दिर क्षेत्र चारैतर्फ कम्तीमा पनि १।१ किलोमिटरको परिधीभित्र अवस्थित छ । मुख्य मन्दिरको गजुरसम्मको उचाई ६५.२ मिटर रहेको छ र प्रत्येक दिन मन्दिरको गजुरमा रहेकोे भगवान्को झण्डा फेरिन्छ । मन्दिरका चारैतर्फ मुख्य प्रवेश द्वारहरु छन् । पूर्व तर्फको मुख्य द्वारलाई सिंहद्वार, दक्षिण तर्फको द्वारलाई अश्वद्वार, पश्चिम तर्फको ब्यघ्र (बाघ) द्वार र उत्तर तर्फमो मुख्य द्वारलाई हस्ती द्वार भनिदो रहेछ । सिंहद्वारको समुन्ने अगाडि अरुण स्तम्भ रहेको छ जुन अठारौं शताब्दिमा मराठाहरुले कोणार्कको सूर्य मन्दिरबाट ल्याएका थिए भनिएको छ । जगन्नाथ भगवान्को विशाल मन्दिर निर्माण गर्नु पूर्व पनि त्यहाँ मन्दिर रहेको अनुमान छ किनकि उक्त स्थान भगवान कृष्णको प्रिय स्थल रहेको थियो । पुराणहरुमा पुरी क्षेत्रलाई निलाचल, पुरुषेत्तम क्षेत्र पनि भनिएको छ । मन्दिरका केही विशिष्ट विशेषताहरु पनि रहेका छन् । दक्षिण भारतका मन्दिरहरु नेपालीहरु भगवान्को दर्शन गर्न तीर्थ यात्रामा जाने दक्षिण भारतका मन्दिरहरुमा तिरुपती बालाजी (तिरुमाला), मल्लिकार्जुन ज्योतिलिङ्ग, कोणार्क सूर्य मन्दिर, रामास्वामी मन्दिर श्रीरङ्गम, रमेश्वर ज्योतिर्लिङ्ग मन्दिर रामेश्वरम्, कन्याकुमारी मन्दिर, मिनाक्षीे मन्दिर मदुराई प्रमुख छन् । यी मन्दिरहरु सबै नै दक्षिण भारतका द्रविड शैलीमा निर्माण भएका छन् । यी मन्दिरहरु आफैमा विशाल छन् र धेरै क्षेत्रफलमा व्यवस्थापन गरिएका छन् । यी सबै मन्दिरहरुमा दर्शनार्थीको सधैजसो भिड नै लागिरहने हुदा तोकिएको शुल्क तिरेर टिकट लिएर दर्शन गर्न अली सजिलो हुन्छ । सामान्य दर्शनार्थीको लाईनमा बसेर दर्शन गर्न धेरै समय र अत्यधिक भिडभाडको सामना गर्नु पर्ने रहेछ । रमेश्वर ज्योतिर्लिङ्ग रामेश्वरम् यो मन्दिर दक्षिण भारतको रामेश्वरम् टापूमा अवस्थित छ । रामेश्वरम् टापूलाई बमबन पूलले भारतको मुख्य भूमीसंग जोडेको छ । रामेश्वर मन्दिर बंगालको खाडी र हिन्द महासागरले घेरिएको छ । त्रेता यगुमा लंकाका राजा रावणले सीताजीलाई हरण गरेर आकाश मार्गबाट लंका पु¥याएका थिए । सोही समयमा रामचन्द्रले हनुमान्, सुग्रीब लगायतका बीरहरुको सहयोगमा बानर सेनाको फौज तयार गरी उनीहरुकै सहयोगमा रामेश्वरबाट लंका जाने रामसेतु पुल निर्माण गराएका थिए । जुनकुरा पुराणहरुमा विस्तृत रुपले व्याख्या गरिएको छ । उक्त पुल निर्माण गरेको स्थानलाई धनुषकोडी भनिदो रहेछ । उक्त स्थानको अवलोकन गर्न दैनिक हज्जारौं पर्यटकहरुले भ्रमण गर्ने गरेको हुँदा हामीहरु अवलोकन गर्न जाँदाको दिन पनि मानिसहरुको अत्यधिक भिडभाड महसुस भएको थियोे । भगवान् रामचन्द्रले श्रीलंकाका दानव राजा रावणलाई मारेर सीताजीलाई फिर्ता गरेर रावणसंगको युद्धमा सफलता पाएपछि आराध्यदेव शिवको आराधना गर्न समुद्रको किनारमा शिवलिङ्गको आðनै हातले निर्माण गर्नु भएको थियो । त्यसपछि भगवान् शिव ज्योतीस्वरुप प्रकट हुनुभयो र वहाँले यस लिङ्गलाई रामेश्वर ज्योतिर्लिङ्गको नाम दिनु भयो । रावणपनि साधारण राक्षस थिएन उत पुलस्त्य ऋषिको नाती हुनुका साथै शिवजीको परम् भक्त पनि थियो । त्यसैले रावणलाई मारेपछि रामलाई ठूलो पश्चाताप पनि भयो र युद्ध जितेपछि पनि ब्रह्महत्याको पाप प्रायश्चित्त गर्नको लागि रामचन्द्रले यस ठाउँमा रामेश्वर ज्योतिर्लिङ्गको स्थापना गरी भगवान् शिवको पूजा आराधना गर्नु भएको र यस शिवलिङ्गलाई काशी विश्वनाथको सरह समान मान्यता दिनको लागि काशी विश्वनाथबाट एउटा शिवलिङ्ग लिएर आउन पवनपुत्र हनुमान्लाई आदेश दिनुभएको थियो । भगवाको आदेश पाउनासाथ हनुमानले आकाश मार्गबाट काशी पुगेर एउटा शिवलिङ्ग लिएर आउनु भएको थियो भन्ने भनाई रहेको छ । भगवान् रामचन्द्रले उक्त शिवलिङ्गलाई रामेश्वर ज्यातिर्लिंङ्ग संगै राखेर पूजा आराधना गर्नु भएको थियो । आज पनि ती दुवै शिवलिंङ्ग मन्दिरको गर्भगृहमा राखिएको छ र संगै पुजा हुदै आएको छ । रामेश्वर ज्यातिर्लिंङ्ग हिन्दु धर्मावलम्बीहरुको चार धाममध्ये एक प्रमुख धामको रुपमा रहेको छ । रामेश्वर ज्योतिर्लिङ्गको दर्शन गर्न दैनिक हजारौं तीर्थ यात्रीहरु लामवद्ध भएर घण्टौंसम्म उभिएका हुन्छन् । तीर्थयात्रामा जानेहरुले हिन्दमहासागर किनारामा महासागरको छालमा स्नान गरेर सोही कपडामा लामवद्ध भएर मन्दिर परिसरमा रहेका तातो पानीका वाईस कुण्डहरुको जलले स्नान गर्दै अगाडि बढ्दछन् । स्नान गरिसकेपछि शुद्ध कपडा पहिरिएर महाँसागरको किनारमा बालुवा माथि बसेर आðना पितृहरुलाई तर्पण, श्राद्धकर्म, रुद्री पाठ आदि गर्दछन् र आðनो यात्राको उद्देश्य पूरा भएको ठान्दछन् । विशाल पत्थरहरुले बनेको रामेश्वर मन्दिर प्रस्तर वास्तुकलाको विश्वकै एक अद्वितीय मन्दिर भान हुन्छ । प्रत्येक ढुंङ्गामा देवी देवताका विभिन्न मुद्रा, क्रियाकलाप तथा गतिविधिहरुका स्वरुपमा कुदिएका कलात्मक मुर्तीहरु हेरिरहुजस्तो लाग्दछ । यो मन्दिर परिसर र वाईस कुण्डको क्षेत्रफल वाईस एकड रहेछ र ती वाईस वटा कुण्डहरु पनि विभिन्न समयका भारत वर्षका वाईसवटै राजाहरुले निर्माण गराएका रहेछन् । त्यसैले त्यहाँका स्नान गराउने पण्डाहरुले बाईस एकड भूमी, वाईस कुण्ड, बाइसै राजा भन्दथे । हामीहरुलाई स्नान गराउने पण्डाले वाईस राजामध्ये नेपालका राजा पनि एक भएको र नेपालीहरुलाई यहाँका मानिसहरुले सम्मानको दृष्टिकोणले हेर्ने गर्दछन् भन्दथे । यी बाहेक श्रीरङ्गमको रामास्वाी मन्दिर, मदुराईको मिनाक्षी भगवतीको मन्दिर, तिरुपती बाजाजी वैंकटेश्रको मन्दिर, मल्लिाकार्जुन ज्योतिर्लिङ्ग मन्दिर लगायत दर्शन गर्न पुगिएका मन्दिरहरु भब्य र विभिन्न कलात्मक शैलीमा निर्माण भएका पाइए । विहार, झारखण्ड, पश्चिम वंगालमा रहेका तीर्थस्थल एवं मन्दिरहरुमा तीर्थयात्रुहरुलाई त्यहाँका पण्डाहरुले बढि हतोत्साहित गराउने, दान बाकसमा स्वेच्छाले भेटी, दक्षिण राख्न भन्दा पण्डालाई नै नदिई सुख नपाइने, त्यहाँका पण्डा पुजारीहरुको रजगज, तीर्थयात्रु प्रतिको व्यवहार अनुभव गर्दा मानवीय संवेदनसिलता कमै देखिन्थ्यो । तीर्थ जानेहरुको एउटा भनाई पनि रहेछ गयामा दया छैन, कलकत्तामा रात छैन र जगन्नाथ पुरीमा जात छैन । किनभने गयाजीका कावा भन्ने त उखानै छ । त्यहाँका पण्डाको तीर्थयात्रु प्रति कुनै किसिमको दया ममता भन्ने कुरा पाइदैन, यात्रुलाई लुट्नु नै उनीहरुको धर्म हो भन्ने ठान्दा रहेछन् । कलकत्ता त पुरानो सहर भैहाल्यो त्यहाँ रातो दिन नै बिजीनेस ब्यवहार र काम चौविसै घण्टा भैरहन्छ रात भएको महसुस नै हुदैन । त्यस्तै जगन्नाथ पुरीमा त्यहाँको असली प्रसाद भनेको दालभात रहेछ त्यो पनि त्यहाँको दलित जातीले पकएर बाड्दछन् अरे । हामीले पनि त्यो दाल भातको प्रसाद भगवान्को प्रसादको रुपमा ग्रहण गरियो । उत्तरको तुलनामा दक्षिण भारतका मन्दिरहरुको व्यवस्थापन र सरसफाई राम्रो रहेछ । दर्शन गर्न तोकिएको शुल्क तिरेर सजिलोसंग पाइने, पण्डा पुजारीहरुले हतोत्साही नगराउने । हामीले रामेश्वरमा दुईसये र मिनाक्षी मन्दिरमा पचासको टिकट लिएर सजिलोसंग दर्शन गर्न पाइयो । सरसर्ती हेर्दा यात्रा रमाइलै भयो । यात्राको मुल्यांकन गर्नु पर्दा उत्तरी भारत र बंगालमा पण्डाहरुको जगजगी । पण्डहरुबाट बच्नुपर्ने, दक्षिण भारतमा भाषाको समस्या, धरैजना यात्रुहरुलाई एउटै लजमा बास मिलाउन कठिन, हाइवेमा चिया नास्ता गर्ने पसलहरुको कमी, हाइवेभन्दा भित्र सहरमा छिर्न हामीलाई समस्या अनुभव गरियो । भारतमा उत्तर होस् या दक्षिण भारु सये भन्दा साना नोठहरु पाउन कठिन जस्ता सानातिना समस्याहरु बाहेक खासै ठूला समस्या चाहि आई परेन । जे जसो नामका मन्दिर भएपनि आखिर भगवान् विष्णु, देवाधिदेव शिव र देवी भगवतीहरुको पाउमा मन, बचन र कर्मले जो अर्पण गरियो वहाँहरुकै कृपाले सकुशल स्वदेश फिरियो । ॐ नमः शिवाय । ईश्वरी प्रसाद घिमिरे सिरान्चोक ३, हर्मी गोरखा मिति ः २०८२।९।२५

No comments:

Post a Comment