Wednesday, September 17, 2025

अष्ट्रेलियामा नेपालीहरू के गर्दैछन् ?

(यो पंक्तिकार सन् २०२२ को अप्रिल ७ देखि मई १० तारिख सम्म अष्ट्रेलियामा रहँदा त्यहाँका नेपालीहरूसंगको संगत, अध्ययन अवलोकन र छलफलमा आधारित आलेख) नेपालीहरू विश्वका धेरै मुलुकमा छरिएर रहेको इतिहास धेरै लामो छ । खास गरेर दोस्रोे विश्वयुद्धमा बृटिश सेनामा भर्ना भएर विश्व युद्धमा होमिएका नेपालीहरू धेरै मलुकमा पुगेर लडाईं गरे । वर्मा, थाइल्याण्ड, इण्डोनेसिया लगायतका दक्षिण पूर्वी एशियाका देशमा धेरै नेपालीहरू युद्धपछि त्यतै वसोवास गर्न पुगेको इतिहासले देखाउछ । विश्वयुद्ध पछि भारत, पाकिस्तान, बु्रनोई, सिंगापुर, वर्मा थाइल्याण्ड लगायतका मुलुकमा नेपालीहरू विभिन्न पेशा व्यवसाय गरेर बसेका छन् । खास गरेर कृषि, पशुपालन तथा शान्ति सुरक्षाको अंगको रूपमा बढी ख्याति कमाएका छन् । अष्ट्रेलियामा नेपालीहरूको आगमन फरक रूपमा भएको पाइन्छ । खास गरेर सन् १९६० मा नेपाल र अष्ट्रेलियाको विचमा दौत्य सम्बन्ध स्थापना भए पछि दुई देश बिचको आपसि सहयोग र समझदारीहरू बढ्दै गएको पाइन्छ । दौत्य सम्बन्ध स्थापना भएपछि सरकारी स्तरमा औपचारिक आवत जावतको ढोका खुलेको हो । शुरूमा सरकारी सिफारिसमा उच्च शिक्षा अध्ययनको लागि नीजि र सरकारी सेवामा संलग्न मानिसहरूको आगमन हुन थाल्यो । १९७० को दशकदेखि उच्च शिक्षा अध्ययन, लामो र छोटो अवधिका तालीम, प्रशिक्षण जस्ता गतिविधिहरू बढ्न थाले । अष्ट्रेलियाको सरकारले पनि आफ्नो मुुलुकको ठूलो भूभागको वहु उपयोगको लागि तथा अन्य विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिलाई दृष्टिगत गरी विशेष योग्यता भएका व्यक्तिहरूलाई आप्रवासनमा आकर्षित गर्न आप्रवासन नीतिमा केहि खुकेलो र सरलिकृत गर्दै लगेपछि यस मुलुकमा नेपालीहरूको आगमनमा बृद्धि हुदै गयो । मूलतः अष्ट्रेलिया आप्रवासिरूकै देश हो । यहाँ सबैभन्दा पहिले १८ औं शताब्दीमा बेलायतिहरूको आगमन पछि मात्र पश्चिम यूरोप, टर्कीस र लेबनानीहरू आएका थिए । त्यसपछि दक्षिण एशियाली मुलुकहरू श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इण्डोनेसिया, भियतनाम तथा चीन लगायतका मुलुकहरूबाट आप्रवासिहरू अवसरको खोजिमा यहाँ आउन थाले । पशुपालन र कृषि व्यवसायमा उच्च प्राथमिकता पाएकाहरूको संख्या यहाँ ठूलै रहेको छ । यस मुलुकका आदिवासि भनेका एबोरिजीन जातीका मानिसहरूको संख्या ज्यादै न्यून अर्थात् करिब २ प्रतिशत मात्र रहेको छ । ती एबोरिजीन जातीका आदिवासिहरू अझै पनि तुलनात्मक हिसाबले अशिक्षित र पिछडीएको अवस्थामा नै छन् । उनीहरू अझैपनि काम गर्दैनन् । सरकारले उनीहरूलाई एकसारो खानलाउन पुग्नेगरी भत्ता उपलब्ध गराएको छ भने शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधाहरू निशुल्क नै छ । उनीरू अझै पनि सहर बजार क्षेत्रमा नाच गान गर्ने र माग्दै हिड्ने (नेपालका राउटे जातीसंग तुलना गर्न सकिने) अवस्थाका छन् । देशको नीति निर्माण र उच्च राजनीतिक तहमा बेलायती मूलका मानिसहरूको नै वर्चस्व रहेको छ । बेलायतकी महारानीलाई नै यस देशले पनि सिम्बोलिक रूपमा महारानी मान्दै आएका छन् । यो एउटा स्वतन्त्र मुलुक हो यसको आफ्नै संविधान र निर्वाचन प्रणाली छ । तर पनि यहाँको संसद÷व्यवस्थापिकाले सिफारिस गरेको व्यक्तिलाई बेलायतकी महारानीबाट गभर्नर नियुक्ति गर्ने परम्परा छ । यहाँको जनसंख्याको ठूलो भाग विश्वका विभिन्न मुलुकबाट बसाइ सरी आएको हुनाले बहुभाषिक र बहुसाँस्कृतिक नितीलाई यहाँको सरकारले अवलम्बन गरेको छ । विभिन्न देशका आप्रवासिहरू आफ्ना सांस्कृतिक महत्व र धार्मिक चाडपर्वहरू स्वतन्त्र रूपले मनाउछन् । अष्ट्रेलियाको सम्पूर्ण भूभागको ठूला साना सहरमा गरेर करिब २ लाख ५० हजार देखि ३ लाखको संख्यामा नेपाली आप्रवासिहरू यस मुलुकमा रहेको अनुमान छ । त्यसमध्ये ६० प्रतिशत जती यहाँको स्थायी वसोबास अनुमती भएका र तिनका परिवारको संख्या नै रहेको अनुमान छ । बाँकी ४० प्रतिशत विद्यार्थी, अस्थायी भिसामा आएका भिजिटर, पारिवारिक भिसामा आएका अविभावकहरू तथा तिनका परिवार छन् । खास गरेर अष्ट्रेलियामा रहेका नेपालीहरूको बर्गीकरण गर्दा देहाय अनुसारको क्तबतगक अवस्थामा रहेको पाइन्छ । 1. पहिलो वर्ग Category मा अष्ट्रेलियाको स्थायी बसोवास प्राप्त गरी त्यहिंको नागरिकता समेत लिइसकेका र सम्पूर्ण सरकारी सुविधाहरू उपयोग गरी वसिरहेका नेपाली तथा तिनका आश्रित परिवार, जो अष्ट्रेलियाको जन्मसिद्ध नागरिक समान हैसियतमा छन् । उनीहरू सरकारी तथा गैरसरकारी उच्च अहोदासम्म आफ्नो हैसियद कायम गर्न सफल भएका छन् । यो वर्गमा खास गरेर डाक्टर, इन्जीनीयर, प्रोफेसनल, रजिष्टर्ड नर्स लगायत उच्च प्राविधिक ज्ञान, शीप हासिल गरेका व्यक्तिहरू पर्दछन् । 2. दोस्रो Category मा अष्ट्रेलियामा अथवा अन्य मुलुकमा अध्ययन गरी विशेष योग्यता हासिल गरेका र अष्ट्रेलियामा स्थायी बसोवास Permanent Resibence गर्ने अनुमती पाएका तर यहाँको नागरिकता भने प्राप्त गरी नसकेका व्यक्तिहरू । 3. तेस्रो Category मा अष्ट्रेलियामा Permanent Residence का लागि आवेदन गर्न योग्य भनि सरकारी स्तरबाट निर्धारण गरेको विषयमा त्यहिको कुनै पनि विश्व विद्यालयमा अध्ययन पूरा गरी प्रमाणपत्र प्राप्त गरीसकेको र स्थायी बसोवासको प्रक्रियामा दरखास्त दिइ अस्थायी TR Temporary Residence को अनुमति भिसा पाएका नेपालीहरू । 4. अर्को स्थायी आप्रवासन भैसकेका परिवारका अविभावकहरू जो Contributory अथवा Noncontributory प्रक्रियाबाट उनीहरूले पनि स्थायी आप्रवासनको अनुमती पाइसकेका छन् । 5. माओवादि जनयुद्ध कालमा आफ्नो व्यक्तिगत सुरक्षाको लागि अस्थायी रूपमा भिजिट भिसामा अष्ट्रेलिया छिरेका र व्यक्तिगत सुरक्षाको कारण देखाई राजनीतिक शरण पाई स्थायी वसोवासको अनुमती Permanent Resident प्राप्त गरेका नेपालीहरू । 6. उच्च शिक्षा अध्ययन गर्न मोटो रकम यहाँका कलेजहरूलाई फिस तिरेर अध्ययन गर्न Student Visa मा आएका नेपालीहरू । 7. अध्ययन भिसामा आएकाहरूले Dependent Visa मा ल्याउन पाउने आफ्ना श्रीमान्÷श्रीमती तथा नावालक छोरा छोरीहरू । 8. यहाँको विश्वविद्यालय÷कलेजहरूमा अध्ययन पूरा गरेका तर अस्थायी बसोवास TR Temporary Resident प्राप्त गरी नसकेका नेपालीहरू जो ब्रिजिङ भिसामा रहेर केहि न केहि काम गरेर बसेका छन् । 9. नेपालको सरकारी काम काजको सिलसिलामा अष्ट्रेलिया आएका दूतावास लगायतमा काम गर्नें नेपालीहरू र तिनका परिवार । 10. Student Visa वा Visit Visa मा आएका र भिसा अवधि सकिएपछि पनि अवैध रूपले मुलुकको कुनै दूर्गम स्थानमा अवैध रूपमा काम गरेर बसेका नेपालीहरू । अष्ट्रेलियामा यस्तो अवैध रूपमा बसेर कामगर्ने नेपालीहरूको संख्या धेरै न्यून छ । त्यै पनि अध्ययन भिसामा आएका र विश्वविद्यालयको कुनै डिग्री हासिल गरेता पनि अष्ट्रेलिया सरकाले Permanent Resident को लागि दरखास्त गर्न मान्यता नदिएको विषय अध्ययन गरेका कारण कतिपय नेपालीहरू सरकारी नजरदेखि लुकेर ट्याक्स छलेर सरकारले तोकि दिएको न्यूनतम पारिश्रमिक भन्दा न्यून दैनिक पारिश्रमिकमा यसरी अवैध रूपमा बस्ने गर्दछन् । विगत दुई वर्षदेखि कोभिड महामारीका कारणले अष्ट्रेलियामा आउने विदेशीहरू ज्यादै न्यून भएकाले यस मुलुकमा कामगर्ने सक्रिय जनशक्तिको कमी भएको कारण विगत ३/४ महिना यता Student र Dependent Visa मा अष्ट्रेलियामा आउनेहरूले रोजगारीको अवसर पाउने रेसियो राम्रो रहेको छ । समग्रमा भन्नुपर्दा नेपालीहरू मुख्य गरेर उच्च शिक्षा अध्ययनको लागि शैक्षिक परामर्शदाता मार्फत ठूलो रकम २०/३० लाख रुपैयाँ कलेजहरूलाई बुझाएर विद्यार्थी भिषामा अष्ट्रेलियामा आउने । यहाँ आएर हप्तमा ३/४ दिन कलेज पढ्ने र बाँकी समयमा काम गर्ने र यहिं पैसा कमाएर कलेजको फिस तिर्ने, उच्च शिक्षा आर्जन गर्ने र त्यहि शैक्षिक योग्यता र कामको अनुभवको आधारमा राम्रो रोजगारीको जोहो गर्दै अष्ट्रेलियाको स्थायी बसोवासको लागि Apply गर्ने PR लिएर यतै स्थायी बसोवासको व्यवस्था मिलाउने गर्दछन् । PR भएपछि आफ्ना परिवारका अविभावकलाई अष्ट्रेलिया घुमाउन तथा आफ्नो पारिवारिक आवश्यकता अनुसार बाल बच्चा हेरचाह गर्नको लागि लामो समय अष्ट्रेलियामा राख्ने गर्दछन् । यो परिस्थितिले गर्दा धरै नेपाली बा आमा लगायतका अविभावकहरूले विदेश घुम्ने र बस्ने अवसर पाएका छन् । कतिपय बा आमाहरूलाई त छोराछोरीले अष्ट्रेलियाको बसाइसराई सम्बन्धी कानूनको प्रकृया पूरा गरी स्थायी बसोवासको लागि नै यस मुलुकमा राखेर पालन पोषण र हेरचाहा गरिरहेका छन् । अब्जरवेसन अष्ट्रेलिया एउटा देश भएतापनि यो एउटा सिंगो महादेश पनि हो । यसको राजनीतिक विभाजनलाई हेर्दा ७ भागमा बर्गीकरण गरेको छ । जसमा ५ वटा स्वतन्त्र राज्य र दुईवटा केन्द्र शासित भू–भागहरू छन् । स्वतन्त्र राज्यहरूमा Queensland, New South wells, Victoria, Tasmania, South Australia छन् भने केन्द्र शासित भू–भागहरू डार्विन क्षेत्र North Teritorry र पर्थ क्षेत्र Western Australia हुन् । यसका अतिरिक्त Australian Capital Territory को रूपमा Canberra रहेको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरूको Alliance सक्रिय छ । सबै राज्य र केन्द्र शासित भू–भागहरूमा बस्ने नेपालीहरूले आपूmलाई संगठित रूपमा सक्रिय राखेको पाइन्छ । छाता सगठनको रूपमा NRN Australia रहेको छ जस्तैः 1. NRN Australia 2. Nepalese Association of Victoria Australia 3. Nepalese Association of new south wells Australia 4. Nepalese Association of QLD Australia 5. Nepalese Association of Northern Territory Australia 6. Western Australia Nepalese Association. 7. Nepalese Society of Tasmania. यसका अतिरिक्त विभिन्न Professional, Cultural and Religious Organizations, Community Organizations and Different Sports Organizations पनि सक्रिय रहेको त्यहाँका विभिन्न संघसंस्थाले प्रकाशन गरेका जर्नल तथा मुखपत्रहरूको अध्ययनबाट Observation गरियोे । कोभिड १९ को कारणले विपतमा परेका नेपालीहरूलाई यिनै संघ संगठनहरू मार्फत आपसि सहयोग पु¥याएका समाचारहरूत हामीले नेपालमा पनि सुनिएकै हो । कोभिडकै कारणले अन्य गतिविधि भने विगत दुई वर्षदेखि सुस्ताएकोमा अहिले आएर सक्रिय हुदै छन् । समग्रमा अष्ट्रेलियामा बस्ने नेपालीहरूको अवस्था राम्रो छ । खाडि, मलेशिया, कोरिया लगायतका मुलुकमा कामदारको रूपमा गएका नेपालीहरूको अवस्थासंग तुलना गर्न मिल्दैन । पढाई लेखाई लगायत अन्य जुनसुकै पेशा व्यवशायमा मेहनेत र लगनशिल हुनेको लागि यो अवसरको भूमि हो, सुरक्षित भूमि हो. । यदाकदा उश्रृंखल गतिवधि गर्नेहरू त कहाँ हुदैनन् र तर तिनिहरू तुरून्तै कानुनको दायरामा आउनुपर्ने वाध्यताले गर्दा कानूनी राजको अहिसास हुन्छ । समग्रमा अष्ट्रेलियामा रहेका नेपालीहरूको त्यहाँको उपस्थिति गौरवपूर्ण देखिन्छ । नेपाली चाडपर्व, धर्म संस्कारमा यहाँ रहेका नेपालीहरू सचेत छन् । सामुहिक भावनामा अडिग छन् । अप्ठेरोमा परेका नेपालीहरूलाई सहयोग गर्ने दृढता छ । नेपाली खान पान, चाडपर्व, धर्म संस्कृतिलाई यहाँका नेपालीहरूले जगाइरहेका छन् । तर पछिल्लो पुस्ताले यो धरोहरलाई निरन्तरता दिन सक्छ सक्दैन, त्यसमा प्रश्न चिन्ह (?) छ । त्यो अवस्था भविष्यले नै बताउला । स्रोत १. Nepalese Association of Victoria को मुखपत्र । २. अष्ट्रेलियामा विभिन्न स्थानमा बस्ने र विभिन्न पेशा व्यवशायमा आवद्ध नेपालीहरूसंग भएको छलफल र कुराकानी । ३. विभिन्न स्थानको भ्रमण तथा स्थानीय मिडियाहरूबाट प्राप्त जानकारीहरू । ईश्वरी प्रसाद घिमिरे, गोरखा हाल वाफल काठमाडौं ३१ बैशाख , २०७९

No comments:

Post a Comment