Wednesday, September 10, 2025

मानव जीवनका चार पूरूषार्थहरू

मानव जीवनका चार पूरूषार्थहरू मानव जीवन केवल धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्नको लागि नै मिलेको हो । मानव जीवनका मुख्य यी चारवटा लक्ष छन्, जसलाई चार पुरूषार्थ पनि भनिन्छ । मानव जीवन सार्थक बनाउनको लागि यी चार कुराहरू मानवले जीवनमा गर्नै पर्ने हुन्छ । यी कुरा विवेकशील मानिसम मात्र लागू हुन्छ अर्थात् विवेकशील मानिसको लक्ष यी चार पुरूषार्थ हुनु पर्दछ । स्त्री, पुरुष, धनी, गरिब, चाण्डाल वा शुद्र जुनसुकै धार्मिक सम्प्रदायको मानिस भएतापनि जीवनमा यी चार कुराहरूलाई जसले पालना गर्दैन उ सफल र पूर्ण मानव हुन सक्दैन । यी चारवटा पुरूषार्थहरू एक आपसमा अन्तरनिहित छन् । यी चार पुरूषार्थमध्ये सबैभन्दा पहिले काम गर्नु पर्दछ । काम गरेर अर्थ आर्जन गर्नु, आर्जन गरेको अर्थलाई आफ्नो जीवन निर्वाहका लागि न्यनूतम खर्च गरेर बाँकी अर्थ धार्मिक कार्य अर्थात् परोपकारी कार्यमा लगाउनु र त्यस्तो कार्यबाट मोक्ष प्राप्त गर्नु हो । यी मध्ये एउटालाई सम्पादन गर्दा अर्कोको सम्बन्ध र सिमिततालाई ख्याल गरेकै हुनु पर्दछ । यी चारवटा पुरूषार्थको चर्चा गर्नुपर्दा पहिले धर्मको नै चर्चा हुने गर्छ । मानव जीवनका चार पूरूषार्थहरू मानव जीवन केवल धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्नको लागि नै मिलेको हो । मानव जीवनका मुख्य यी चारवटा लक्ष छन्, जसलाई चार पुरूषार्थ पनि भनिन्छ । मानव जीवन सार्थक बनाउनको लागि यी चार कुराहरू मानवले जीवनमा गर्नै पर्ने हुन्छ । यी कुरा विवेकशील मानिसम मात्र लागू हुन्छ अर्थात् विवेकशील मानिसको लक्ष यी चार पुरूषार्थ हुनु पर्दछ । स्त्री, पुरुष, धनी, गरिब, चाण्डाल वा शुद्र जुनसुकै धार्मिक सम्प्रदायको मानिस भएतापनि जीवनमा यी चार कुराहरूलाई जसले पालना गर्दैन उ सफल र पूर्ण मानव हुन सक्दैन । यी चारवटा पुरूषार्थहरू एक आपसमा अन्तनिहित छन् । यी चार पुरूषार्थमध्ये सबैभन्दा पहिले काम गर्नु पर्दछ । काम गरेर अर्थ आर्जन गर्नु, आर्जन गरेको अर्थलाई आफ्नो जीवन निर्वाहका लागि न्यनूतम खर्च गरेर बाँकी अर्थ धार्मिक कार्य अर्थात् परोपकारी कार्यमा लगाउनु र त्यस्तो कार्यबाट मोक्ष प्राप्त गर्नु हो । यी मध्ये एउटालाई सम्पादन गर्दा अर्कोको सम्बन्ध र सिमिततालाई ख्याल गरेकै हुनु पर्दछ । यी चारवटा पुरूषार्थको चर्चा गर्नुपर्दा पहिले धर्मको नै चर्चा हुने गर्छ । धर्म के हो : जो काम गर्न योग्य वा धारण गर्न योग्य छ त्यस्तो कर्म गर्नु नै धर्म हो अर्थात् मानव जीवनमा गर्नुपर्ने कामलाई धर्म र गर्न नहुने कामलाई अधर्म भनिएको छ । कर्तब्य र अकर्तब्य, धर्म र पाप हुन् । कर्तब्य धर्म हो भने अकर्तब्य पाप हो । कर्तब्यपरायणताबाट मानवको यस जीवनमा उन्नती र भावि जीवनमा मोक्ष प्राप्ती हुन्छ, त्यहि नै धर्म हो । धर्म हिन्दू, मुस्लिम, इशाई आदि कुनैपनि धार्मिक सम्प्रदायले अनुसरण गर्ने तत्वहरूको समष्ठि हो । आफ्नो आत्मालाई परमात्मासंग मिलन गराउने अनिवार्य तत्व धर्म हो । धर्मका आधार स्तम्भको रूपमा पाँचवटा कामलाई लिईएको छ । अनुशासन धर्मलाई हेर्ने आँखिझ्याल हो मने अहिंसा, सत्य, शौच, अस्तेय र इन्द्रीय निग्रह धर्मका आधार स्तम्भ हुन् । अहिंसा:- मन, वचन र कर्मले कसैको पनि हिंसा गर्नु हुंदैन । अर्थात् कसैप्रति पनि हिंश्रक शब्दहरू प्रयोग गर्नु हुदैन । मनमा कसैप्रति कुबिचार उत्पन्न हुनु वा मनमा कुविचार पालेर राख्नु पनि हिंसा हो । त्यस्तै कसैलाई बोली बचनले, ब्यवहारले अपमानित गर्नु पनि हिंसा हो । त्यस्तो हिंसा जीवनभरी मेटिदैन । भनिन्छ भौतिक रूपमा लागेको घाउ वरू विस्तारै विसेक हुन्छ र मेटिन्छ तर बोली बचनको घाउ आजीवन मेटिदैन । त्यस्तै कर्मले पनि कुनै प्राणीको हिंसा नगर्नु धर्म हो । सत्य:- मानिसले सदैव आफ्नो बोली ब्यवहारमा सत्यता राख्नु नै धर्म हो । झुट नै पाप हो । कसैले एउटा असत्य व्यवहार गर्यो भने त्यो असत्यलाई ढाक छोप गर्न अरू नौ वटा झुठा काम कुराहरू गर्दछ, त्यसले उ पापको भूमरीमा भासिदै जान्छ । यो संसारमा सधै सत्यको जीत हुन्छ । हुनसक्छ कोहि कसैले झुट बोलेर, झुटो व्यवहार गरेर थोरै समय अल्पकालिन फाइदा त लिन सक्ला तर त्यो टिकाउ हुदैन र एक दिन सत्यताको पर्दाफास हुन्छ । परिणाम स्वरूप उसलाई सामाजिक क्षती त हुन्छ नै उ पापको भागिदार पनि हुन्छ । त्यसैले संस्कृत भाषामा प्राथमिक शिक्षामा नै धर्मको बारेमा नैतिक शिक्षाका कुराहरू समावेस गरिएको छ । सत्यं वद, धर्म चर जस्ता नैतिक शिक्षाका कुराहरू सिकाइन्छ । आधुनिक शिक्षा प्रणालीमा त नैतिक शिक्षाको पढाइ नै हुदैन । त्यसैले सत्य बोल्नु र सत् व्यवहार गर्नु धर्मको दोस्रो आधार स्तम्भ हो । अस्तेय:- चोरी नगर्नु, ठगी धन्दा नगर्नु, अनैतिक काम कुरा र व्यवहार नगर्नु, भ्रष्टाचार नगर्नु, धर्म हो । बौद्धिक रूपमा पनि चोरी, ठगी हुन सक्छ । विना श्रम अर्काको भौतिक वा बौद्धिक वस्तु हात लगाउनु पनि चोरी हो । यो पनि महा पाप हो । शौच:- शरिर, इन्द्रीय र मनलाई सदा शुद्ध राख्नु पर्दछ । तब मात्र मानिसले असल, रचनात्मक, परोपकारी कुराहरू सोच्न, बिचार गर्न सक्दछन् । यथा समयमा शौचादि गरेर शरिरलाई शुद्ध राख्न सकेन भने शरिर अस्वस्थ हुन सक्छ, मनमा कुबिचारहरू उत्पन्न हुन सक्छन् । त्यसको परिणाम मानिसले गर्न नहुने काम गर्न उद्यत हुन सक्छ । त्यसैले शरिर र मनलाई सदा शुद्ध राख्नु पनि धर्मको आधार स्तम्भ हो । इन्द्रीय निग्रह:- इन्द्रीयलाई हाँक्ने सारथी भनेको मन हो । मनलाईल दृढ गराएर इन्द्रीयहरूलाई नियन्त्रण गरेर सकारात्मक काममा मात्रै लगाउन सक्नु पर्दछ । इन्द्रीयलाई छाडा छोड्यो भने मानिसले आफ्नो लक्षमा पुग्न सक्दैन । लक्षमा पुग्नु भनेको कर्तब्य पूरा गरेर धर्म प्राप्त गर्नु हो । मानिस इन्द्रीय सुखमा लिप्त भयो भने कर्तब्य पूरा गर्न सक्दैन । कर्तब्य पूरा नभएपछि अकर्तब्य गर्न पुग्दछ । अकर्तब्य गर्नु भनेको पाप कर्म गर्नु हो । मनरूपी सारथीले इन्द्रीय रूपी घोडालाई नियन्त्रण गर्न सकेन भने इन्द्रीय निग्रह हुन सक्द्रैन । इन्द्रीय निग्रह हुन नसकेपछि अधर्म हुन जान्छ । चार पुरूषार्थमध्ये अघिल्ला तीनवटा पुरूषार्थको लक्ष चौथो पुरूषार्थ अर्थात् मोक्षको प्राप्ती हो । अघिल्ला तीन पुरूषार्थ अर्थात् धर्म, अर्थ, काम यस जीवनमा नै गरिन्छ भने मोक्ष यस जीवनमा नभएर परलोकमा गएर मात्र भोग गरिन्छ । त्यसैले धर्म, अर्थ, काम इह लौकिक हुन् भने मोक्ष परलौकिक हो । यी चार पुरूषार्थ मध्ये सबैभन्दा महत्वपूर्ण धर्म छ । अर्थ: यहाँ अर्थको तात्पर्य धनसंग मात्र सम्बन्धित छैन । मानिसलाई मोक्षसम्म पुर्याउन जीवन निर्वाहको लागि चाहिने खानपन लगायत न्यूनतम मौलिक आवश्यकताहरू पूर्ति मात्र हो । मोक्षाभिलाषिको लागि सांसारिक विलाशिताका वस्तुको केहि अर्थ रहदैन । त्यसैले मानवले जीवनरूपी डुंगा चलाउनको लागि धर्मको आडमा रहेर अर्थात् नैतिकता र नियम कानूनको पालना गरेर काम गर्नु पर्छ र काम गरेर अर्थात् परिश्रम गरेर अर्थ आर्जन गर्नु पर्छ । मानिसका आवश्यकता असिमित हुन्छन् त्यस कारण त्यसरी आर्जन गरेको अर्थलाई आफ्नो दैनिक न्यूनतम आवश्यकता पूर्तीमा मात्रै लगाउन पर्छ र त्यसबाट बचत भएमा सो अर्थ कुनै परोपकारका कार्यमा लगाउनु पर्छ भनिएको छ । (परोपकार पुण्याय, पापाय पर पिडनम्) काम: मनिसले गर्ने काम, जसले ईश्वर खुशी हुन्छन् र मोक्षको मार्गमा लैजान्छ त्यसलाई नै पुरूषार्थ भनिन्छ । भोजन पान शरिरको लागि आवश्यक कुरा हो । त्यस कारण भोक प्यासलाई जीवनको नैसर्गिक वा प्राकृतिक आवश्यकता भन्न सकिन्छ । यी मौलिक आवश्यकता पूरा गर्नको लागि नीतिगत हिसाबले गरिने काम जसबाट ईश्वर पनि खुशी रहनु हुन्छ, त्यस्तो काम गरेर न्यूनतम आवश्यक वस्तु वा अर्थोपार्जन गर्नु पर्दछ । मानिसका अनगिनत इच्छाहरू हुन्छन्, ती इच्छाहरूलाई आवश्यकताको रूप दिनु हुदैन । मानिसको ६ वटा त्यस्ता कामहरू (काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य) छन् जुन काम ईश्वर प्रति समर्पित छैन त्यस्तो कामलाई शत्रुमा गणना गर्न सकिन्छ । मोक्ष: मानिसले आपूmले गरेको कर्म अनुसारको फल यसै जन्ममा अथवा अर्को जन्ममा भोग्नै पर्दछ । मोक्षको लागि मनुष्यको आयु, अवस्था तथा व्यक्तिको सामाजिक, आर्थिक स्थितिसंग कुनै महत्व राख्दैन । स्त्री, पुरूष वा धनीदेखि कंगाल, अकिञ्चन, शुद्र सम्म जो कसैले पनि आपूmले गरेको कर्म अनुसार, धर्म र भक्तिको बलले सोझै मोक्षको अधिकारी बन्न सक्दछ । मानिसको योनि कर्म योनि हो, भने मानिस बाहेकका अरू प्राणीको योनि भोग योनि हो । मानव योनिमा गरेका विकर्मको भोग गर्न अन्य प्राणीको रूपमा जन्म लिएको हुन्छ । ब्यक्तिले गर्ने काम र आर्जन गर्ने अर्थ धर्मोचित छ भने मात्र उ मोक्षको अधिकारी बन्दछ । अनैतिक काम गरेर, अधर्म गरेर कमाएको अर्थ जस्तोसुकै प्रयोजनमा खर्च गरेतापनि उ मोक्षको अधिकारी हुन सक्दैन । प्रारब्ध कर्मको फल भोग गर्न उसले अर्को योनिमा जन्म लिनै पर्छ । त्यस उसले मोक्ष प्राप्त गर्नु नै आत्माको मुख्य उद्देश्य हो । मोक्ष प्राप्त गरेपछि उसले नयाँ योनिमा जन्म लिन पर्दैन । उ सदाको लागि वन्धनबाट मुक्त हुन्छ । मानव जीवनको, सबैभन्दा ठूलो उपलब्धी यहि हो । श्रोत १. रानीतिक कुसुमाकर– रेवतिरमण खनाल । २. विभिन्न धार्मिक ग्रन्थहरू । ३. इन्टरनेटमा खोजमेल गरएका सामग्रीहरू ईश्वरी प्रसाद घिमिरे हाल काठमाडौं महानगरपालिका–१३ वाफल

No comments:

Post a Comment