Wednesday, September 10, 2025
मानव जीवनका चार पूरूषार्थहरू
मानव जीवनका चार पूरूषार्थहरू मानव जीवन केवल धर्म, अर्थ, काम, मोक्ष प्राप्त
गर्नको लागि नै मिलेको हो । मानव जीवनका मुख्य यी चारवटा लक्ष छन्, जसलाई चार
पुरूषार्थ पनि भनिन्छ । मानव जीवन सार्थक बनाउनको लागि यी चार कुराहरू मानवले
जीवनमा गर्नै पर्ने हुन्छ । यी कुरा विवेकशील मानिसम मात्र लागू हुन्छ अर्थात्
विवेकशील मानिसको लक्ष यी चार पुरूषार्थ हुनु पर्दछ । स्त्री, पुरुष, धनी, गरिब,
चाण्डाल वा शुद्र जुनसुकै धार्मिक सम्प्रदायको मानिस भएतापनि जीवनमा यी चार
कुराहरूलाई जसले पालना गर्दैन उ सफल र पूर्ण मानव हुन सक्दैन । यी चारवटा
पुरूषार्थहरू एक आपसमा अन्तरनिहित छन् । यी चार पुरूषार्थमध्ये सबैभन्दा पहिले काम
गर्नु पर्दछ । काम गरेर अर्थ आर्जन गर्नु, आर्जन गरेको अर्थलाई आफ्नो जीवन
निर्वाहका लागि न्यनूतम खर्च गरेर बाँकी अर्थ धार्मिक कार्य अर्थात् परोपकारी
कार्यमा लगाउनु र त्यस्तो कार्यबाट मोक्ष प्राप्त गर्नु हो । यी मध्ये एउटालाई
सम्पादन गर्दा अर्कोको सम्बन्ध र सिमिततालाई ख्याल गरेकै हुनु पर्दछ । यी चारवटा
पुरूषार्थको चर्चा गर्नुपर्दा पहिले धर्मको नै चर्चा हुने गर्छ । मानव जीवनका चार
पूरूषार्थहरू मानव जीवन केवल धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्नको लागि नै मिलेको
हो । मानव जीवनका मुख्य यी चारवटा लक्ष छन्, जसलाई चार पुरूषार्थ पनि भनिन्छ । मानव
जीवन सार्थक बनाउनको लागि यी चार कुराहरू मानवले जीवनमा गर्नै पर्ने हुन्छ । यी
कुरा विवेकशील मानिसम मात्र लागू हुन्छ अर्थात् विवेकशील मानिसको लक्ष यी चार
पुरूषार्थ हुनु पर्दछ । स्त्री, पुरुष, धनी, गरिब, चाण्डाल वा शुद्र जुनसुकै
धार्मिक सम्प्रदायको मानिस भएतापनि जीवनमा यी चार कुराहरूलाई जसले पालना गर्दैन उ
सफल र पूर्ण मानव हुन सक्दैन । यी चारवटा पुरूषार्थहरू एक आपसमा अन्तनिहित छन् । यी
चार पुरूषार्थमध्ये सबैभन्दा पहिले काम गर्नु पर्दछ । काम गरेर अर्थ आर्जन गर्नु,
आर्जन गरेको अर्थलाई आफ्नो जीवन निर्वाहका लागि न्यनूतम खर्च गरेर बाँकी अर्थ
धार्मिक कार्य अर्थात् परोपकारी कार्यमा लगाउनु र त्यस्तो कार्यबाट मोक्ष प्राप्त
गर्नु हो । यी मध्ये एउटालाई सम्पादन गर्दा अर्कोको सम्बन्ध र सिमिततालाई ख्याल
गरेकै हुनु पर्दछ । यी चारवटा पुरूषार्थको चर्चा गर्नुपर्दा पहिले धर्मको नै चर्चा
हुने गर्छ । धर्म के हो : जो काम गर्न योग्य वा धारण गर्न योग्य छ त्यस्तो कर्म
गर्नु नै धर्म हो अर्थात् मानव जीवनमा गर्नुपर्ने कामलाई धर्म र गर्न नहुने कामलाई
अधर्म भनिएको छ । कर्तब्य र अकर्तब्य, धर्म र पाप हुन् । कर्तब्य धर्म हो भने
अकर्तब्य पाप हो । कर्तब्यपरायणताबाट मानवको यस जीवनमा उन्नती र भावि जीवनमा मोक्ष
प्राप्ती हुन्छ, त्यहि नै धर्म हो । धर्म हिन्दू, मुस्लिम, इशाई आदि कुनैपनि
धार्मिक सम्प्रदायले अनुसरण गर्ने तत्वहरूको समष्ठि हो । आफ्नो आत्मालाई
परमात्मासंग मिलन गराउने अनिवार्य तत्व धर्म हो । धर्मका आधार स्तम्भको रूपमा
पाँचवटा कामलाई लिईएको छ । अनुशासन धर्मलाई हेर्ने आँखिझ्याल हो मने अहिंसा, सत्य,
शौच, अस्तेय र इन्द्रीय निग्रह धर्मका आधार स्तम्भ हुन् । अहिंसा:- मन, वचन र
कर्मले कसैको पनि हिंसा गर्नु हुंदैन । अर्थात् कसैप्रति पनि हिंश्रक शब्दहरू
प्रयोग गर्नु हुदैन । मनमा कसैप्रति कुबिचार उत्पन्न हुनु वा मनमा कुविचार पालेर
राख्नु पनि हिंसा हो । त्यस्तै कसैलाई बोली बचनले, ब्यवहारले अपमानित गर्नु पनि
हिंसा हो । त्यस्तो हिंसा जीवनभरी मेटिदैन । भनिन्छ भौतिक रूपमा लागेको घाउ वरू
विस्तारै विसेक हुन्छ र मेटिन्छ तर बोली बचनको घाउ आजीवन मेटिदैन । त्यस्तै कर्मले
पनि कुनै प्राणीको हिंसा नगर्नु धर्म हो । सत्य:- मानिसले सदैव आफ्नो बोली
ब्यवहारमा सत्यता राख्नु नै धर्म हो । झुट नै पाप हो । कसैले एउटा असत्य व्यवहार
गर्यो भने त्यो असत्यलाई ढाक छोप गर्न अरू नौ वटा झुठा काम कुराहरू गर्दछ, त्यसले उ
पापको भूमरीमा भासिदै जान्छ । यो संसारमा सधै सत्यको जीत हुन्छ । हुनसक्छ कोहि
कसैले झुट बोलेर, झुटो व्यवहार गरेर थोरै समय अल्पकालिन फाइदा त लिन सक्ला तर त्यो
टिकाउ हुदैन र एक दिन सत्यताको पर्दाफास हुन्छ । परिणाम स्वरूप उसलाई सामाजिक क्षती
त हुन्छ नै उ पापको भागिदार पनि हुन्छ । त्यसैले संस्कृत भाषामा प्राथमिक शिक्षामा
नै धर्मको बारेमा नैतिक शिक्षाका कुराहरू समावेस गरिएको छ । सत्यं वद, धर्म चर
जस्ता नैतिक शिक्षाका कुराहरू सिकाइन्छ । आधुनिक शिक्षा प्रणालीमा त नैतिक शिक्षाको
पढाइ नै हुदैन । त्यसैले सत्य बोल्नु र सत् व्यवहार गर्नु धर्मको दोस्रो आधार
स्तम्भ हो । अस्तेय:- चोरी नगर्नु, ठगी धन्दा नगर्नु, अनैतिक काम कुरा र व्यवहार
नगर्नु, भ्रष्टाचार नगर्नु, धर्म हो । बौद्धिक रूपमा पनि चोरी, ठगी हुन सक्छ । विना
श्रम अर्काको भौतिक वा बौद्धिक वस्तु हात लगाउनु पनि चोरी हो । यो पनि महा पाप हो ।
शौच:- शरिर, इन्द्रीय र मनलाई सदा शुद्ध राख्नु पर्दछ । तब मात्र मानिसले असल,
रचनात्मक, परोपकारी कुराहरू सोच्न, बिचार गर्न सक्दछन् । यथा समयमा शौचादि गरेर
शरिरलाई शुद्ध राख्न सकेन भने शरिर अस्वस्थ हुन सक्छ, मनमा कुबिचारहरू उत्पन्न हुन
सक्छन् । त्यसको परिणाम मानिसले गर्न नहुने काम गर्न उद्यत हुन सक्छ । त्यसैले शरिर
र मनलाई सदा शुद्ध राख्नु पनि धर्मको आधार स्तम्भ हो । इन्द्रीय निग्रह:-
इन्द्रीयलाई हाँक्ने सारथी भनेको मन हो । मनलाईल दृढ गराएर इन्द्रीयहरूलाई
नियन्त्रण गरेर सकारात्मक काममा मात्रै लगाउन सक्नु पर्दछ । इन्द्रीयलाई छाडा
छोड्यो भने मानिसले आफ्नो लक्षमा पुग्न सक्दैन । लक्षमा पुग्नु भनेको कर्तब्य पूरा
गरेर धर्म प्राप्त गर्नु हो । मानिस इन्द्रीय सुखमा लिप्त भयो भने कर्तब्य पूरा
गर्न सक्दैन । कर्तब्य पूरा नभएपछि अकर्तब्य गर्न पुग्दछ । अकर्तब्य गर्नु भनेको
पाप कर्म गर्नु हो । मनरूपी सारथीले इन्द्रीय रूपी घोडालाई नियन्त्रण गर्न सकेन भने
इन्द्रीय निग्रह हुन सक्द्रैन । इन्द्रीय निग्रह हुन नसकेपछि अधर्म हुन जान्छ । चार
पुरूषार्थमध्ये अघिल्ला तीनवटा पुरूषार्थको लक्ष चौथो पुरूषार्थ अर्थात् मोक्षको
प्राप्ती हो । अघिल्ला तीन पुरूषार्थ अर्थात् धर्म, अर्थ, काम यस जीवनमा नै गरिन्छ
भने मोक्ष यस जीवनमा नभएर परलोकमा गएर मात्र भोग गरिन्छ । त्यसैले धर्म, अर्थ, काम
इह लौकिक हुन् भने मोक्ष परलौकिक हो । यी चार पुरूषार्थ मध्ये सबैभन्दा महत्वपूर्ण
धर्म छ । अर्थ: यहाँ अर्थको तात्पर्य धनसंग मात्र सम्बन्धित छैन । मानिसलाई
मोक्षसम्म पुर्याउन जीवन निर्वाहको लागि चाहिने खानपन लगायत न्यूनतम मौलिक
आवश्यकताहरू पूर्ति मात्र हो । मोक्षाभिलाषिको लागि सांसारिक विलाशिताका वस्तुको
केहि अर्थ रहदैन । त्यसैले मानवले जीवनरूपी डुंगा चलाउनको लागि धर्मको आडमा रहेर
अर्थात् नैतिकता र नियम कानूनको पालना गरेर काम गर्नु पर्छ र काम गरेर अर्थात्
परिश्रम गरेर अर्थ आर्जन गर्नु पर्छ । मानिसका आवश्यकता असिमित हुन्छन् त्यस कारण
त्यसरी आर्जन गरेको अर्थलाई आफ्नो दैनिक न्यूनतम आवश्यकता पूर्तीमा मात्रै लगाउन
पर्छ र त्यसबाट बचत भएमा सो अर्थ कुनै परोपकारका कार्यमा लगाउनु पर्छ भनिएको छ ।
(परोपकार पुण्याय, पापाय पर पिडनम्) काम: मनिसले गर्ने काम, जसले ईश्वर खुशी
हुन्छन् र मोक्षको मार्गमा लैजान्छ त्यसलाई नै पुरूषार्थ भनिन्छ । भोजन पान शरिरको
लागि आवश्यक कुरा हो । त्यस कारण भोक प्यासलाई जीवनको नैसर्गिक वा प्राकृतिक
आवश्यकता भन्न सकिन्छ । यी मौलिक आवश्यकता पूरा गर्नको लागि नीतिगत हिसाबले गरिने
काम जसबाट ईश्वर पनि खुशी रहनु हुन्छ, त्यस्तो काम गरेर न्यूनतम आवश्यक वस्तु वा
अर्थोपार्जन गर्नु पर्दछ । मानिसका अनगिनत इच्छाहरू हुन्छन्, ती इच्छाहरूलाई
आवश्यकताको रूप दिनु हुदैन । मानिसको ६ वटा त्यस्ता कामहरू (काम, क्रोध, लोभ, मोह,
मद, मात्सर्य) छन् जुन काम ईश्वर प्रति समर्पित छैन त्यस्तो कामलाई शत्रुमा गणना
गर्न सकिन्छ । मोक्ष: मानिसले आपूmले गरेको कर्म अनुसारको फल यसै जन्ममा अथवा अर्को
जन्ममा भोग्नै पर्दछ । मोक्षको लागि मनुष्यको आयु, अवस्था तथा व्यक्तिको सामाजिक,
आर्थिक स्थितिसंग कुनै महत्व राख्दैन । स्त्री, पुरूष वा धनीदेखि कंगाल, अकिञ्चन,
शुद्र सम्म जो कसैले पनि आपूmले गरेको कर्म अनुसार, धर्म र भक्तिको बलले सोझै
मोक्षको अधिकारी बन्न सक्दछ । मानिसको योनि कर्म योनि हो, भने मानिस बाहेकका अरू
प्राणीको योनि भोग योनि हो । मानव योनिमा गरेका विकर्मको भोग गर्न अन्य प्राणीको
रूपमा जन्म लिएको हुन्छ । ब्यक्तिले गर्ने काम र आर्जन गर्ने अर्थ धर्मोचित छ भने
मात्र उ मोक्षको अधिकारी बन्दछ । अनैतिक काम गरेर, अधर्म गरेर कमाएको अर्थ
जस्तोसुकै प्रयोजनमा खर्च गरेतापनि उ मोक्षको अधिकारी हुन सक्दैन । प्रारब्ध कर्मको
फल भोग गर्न उसले अर्को योनिमा जन्म लिनै पर्छ । त्यस उसले मोक्ष प्राप्त गर्नु नै
आत्माको मुख्य उद्देश्य हो । मोक्ष प्राप्त गरेपछि उसले नयाँ योनिमा जन्म लिन
पर्दैन । उ सदाको लागि वन्धनबाट मुक्त हुन्छ । मानव जीवनको, सबैभन्दा ठूलो उपलब्धी
यहि हो ।
श्रोत
१. रानीतिक कुसुमाकर– रेवतिरमण खनाल ।
२. विभिन्न धार्मिक ग्रन्थहरू ।
३. इन्टरनेटमा खोजमेल गरएका सामग्रीहरू
ईश्वरी प्रसाद घिमिरे हाल काठमाडौं
महानगरपालिका–१३ वाफल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment