Tuesday, October 20, 2020

आंकुरा-३ वैदिक दर्शन, अष्टांग योग, वेद, ब्राम्हण ग्रन्थ, आरण्यक ग्रन्थ र उपनिषद्हरु छोटो परिचय

 

1.   बैदिक दर्शन संक्षिप्त परिचय 



     ईश्वरी प्रसाद घिमिरे

👸 दर्शनमानवीय चिन्तन प्रणालीको एक अनुपम प्राप्ती हो वैदिक दर्शन भनेको वेदमा भएका कुराहरूको विषद् व्याख्या पनि हो बेद विश्वकै प्राचीन ग्रन्थ हो श्रृष्टिको आरम्भमा परमात्मा परमेश्वरले वेदको ज्ञान चार ऋषिहरूलाई दिनु भएको थियो जसमध्ये ऋग्वेदको अग्निलाई, यजूर्वेदको वायुलाई, सामवेदको आदित्यलाई अथर्ववेदको ज्ञान अंगिरा ऋषिलाई दिनु भएको थियो त्यसपछि मात्र ब्रम्हालाई ब्रम्हाबाट सप्त ऋषिहरूलाई प्रदान गर्नु भएको थियो वहाँहरूले श्रुतिको माध्यमबाट अन्य ऋषि, महर्षिहरूलाई बाड्दै आउनु भयो बेदका मन्त्रको अर्थ लगाउने (भाष्य गर्ने) क्रममा चारै वेदमा विभिन्न ऋषिहरूको नाम मन्त्रद्रष्टा ऋषिको रूपमा आउंछ वेदलाई चारवटा भागमा विभाजन गरेर लिपिवद्ध गर्नेकाम श्रीकृष्ण द्वैपायन व्यासले गर्नु भएको थियो त्यसैले वहाँलाई वेद व्यास भनेर चिनिन्छ यिनै चार वेद नै वैदिक दर्शनका आधारभूत स्तम्भ हुन् यिनै वेदमा भएका ज्ञानलाई बिवेचना विश्लेषण गर्दै वैदिक हिन्दू दर्शनको व्याख्या भएको हो

भारतीय/पूर्वीय दार्शनिकहरूले दर्शनको विषयमा यसरी आफ्ना धारणाहरू व्यक्त गरेका छन्ः 

·         दर्शन त्यस्तो विद्याको नाम हो जसले तर्कपूर्ण, विधिपूर्वक, क्रमवद्ध विचारको माध्यमबाट सत्य ज्ञानको खोजी गर्दछ

·         मानव जीवनको परम लक्ष दुःखबाट छुटकारा सुख प्राप्ती हो

·         दुःखकोे मुल कारण अज्ञान हो अज्ञानलाई हटाएर ज्ञान प्राप्त गरेपछि उसले मोक्ष प्राप्त गर्दछ, त्यहि नै सुख हो

·         असत् सत् पदार्थको ज्ञान नै दर्शन हो

·          जीवन जगतको बारेमा गरिने अध्ययन नै दर्शन हो

·         परम् सत्ताको साक्षात्कार गर्नु नै दर्शन हो यस्तो परम् सत्ताको साक्षात्कार भक्ति, ज्ञान योगबाट प्राप्त हुने कुरा भारतीय÷दार्शनिकहरूले बताएका छन्

वैदिक दर्शन वटा विषयहरूमा बर्णित छन् जसलाई हिन्दु दर्शन पनि भनिन्छ यी वटै दर्शन आस्तिक दर्शन हुन् यी वाहेक चार्वाक, जैन वुद्ध दर्शन पनि छन् जसलाई नास्तिक दर्शन पनि भनिन्छ यहाँ केवल आस्तिक दर्शनको वारेमा मात्र छोटो परिचय यसरी प्रस्तुत गरिएको  

() न्याय दर्शन () सांख्य दर्शन () योग दर्शन () वेदान्त दर्शन () मीमांसा दर्शन () वैशेषिक दर्शन

वेदको विषद् व्याख्या विद्वान ऋषि महर्षिहरूले उपनिषद्हरूमा गर्नुभएको श्रृष्टिको उत्पत्ति विकास सम्बन्धमा उपनिषद्ले दुई किसिमका दृष्टिकोण अगाडि सारेको पाइन्छ एउटा कारणवादि दृष्टिकोण अर्को कर्तावादि दृष्टिकोण कारणवादि दृष्टिकोणले श्रृष्टिको उत्पत्तिका कारणहरू खोज्दछन् भने कर्तावादि दृष्टिकोले श्रृष्टिकर्ता ईश्वरबाट भएको मान्दछन् काराणवादिहरू भौतिकबादि चिन्तनमा आधारित छन् भने कर्तावादि दृष्टिकोण आध्यात्मिक चिन्तनमा आधारित पाश्चात्य जगतका विद्वानहरूले पनि वेदको अध्ययन गर्न थालेपछि वेदमा आधारित वैदिक दर्शन दुइवटा दृष्टिकोणलाई आधार मानेर अध्ययन गर्ने गरेको पाइन्छ () श्रृष्टिको उत्पत्तीका कारणहरूमा वेदमा उल्लेखित ज्ञानलाई आधार मान्नेहरूले आस्तिक दृष्टिकोणबाट हेरेको पाइन्छ भने वेदमा उल्लेखित ज्ञानलाई आधार नमान्नेहरू नास्तिक दृष्टिकोणबाट प्रेरित भएको पाइन्छ

                पूर्वीय दर्शनमा आस्तिक दृष्टि प्रधान वैदिक दर्शनलाई षठ्दर्शनको रूपमा लिएको पाइन्छ

.            न्याय दर्शनःयसका प्रणेता महर्षि मेधातिथि हुन् उनको गोत्र गौतम गोत्र भएकाले दर्शन शास्त्रमा उनलाई महर्षि गौतम भनेर चिनन्छन् यस दर्शनको प्रमुख ग्रन्थ न्यायसुत्रमा भाष्यकार महर्षि गौतमले बहुत चिन्तन गर्नु भएको दर्शनमा न्यायको तात्पर्य उल्लेख गर्दै वहाँले भन्नु भएको छः प्रमाण तर्कको माध्यमबाट जुनसुकै विषको निश्कर्षमा पुगिन्छ ज्ञाता ज्ञये दुइवटा तत्वको विवेचनाबाट मात्र ज्ञान उत्पन्न हुन्छ मतलब ज्ञेय वस्तुबाट ज्ञान उत्पन्न हुन्छ ज्ञान यसै उत्पन्न हुदैन ज्ञाताले ज्ञान उत्पन्न गर्दछ ज्ञेयज्ञाताज्ञान, तीन तत्वको, संयोजनको आवश्यकता पर्दछ न्याय दर्शनमा ज्ञान आत्माले प्रकाशित गर्दछ ज्ञान दुई प्रकारका हुन्छन् पहिलो अनुभव जन्य दोस्रो स्मृतिजन्य ज्ञान अनुभवजन्य यथार्थ ज्ञानको लागि चिजको आवश्यकता पर्दछ . प्रमा ज्ञान लिनेवाला ज्ञाता (आत्मा) . प्रमेय (ज्ञानको विषय ज्ञेय)  () प्रमाण ज्ञान प्राप्त गर्ने साधन (प्रत्येक्ष दर्शन ज्ञान)  प्रमाण चार प्रकारका हुन्छन् . प्रत्येक्ष ज्ञानबाट हुने प्रमाण () अनुमितिः अनुमानित ज्ञानबाट हुने प्रमाण () उपमानः उदाहरणबाट लिइने ज्ञान () शब्दः  शब्द द्वारा प्राप्त हुने ज्ञानबाट हुने प्रमाण अफ्नो दर्शनमा महर्षि गौतमले प्रत्यक्ष अनुभव शब्दलाई नै ज्ञानको प्रमुख स्रोत मानेका छन् आत्मालाई जिवात्मा परमात्मा गरी दुई भागमा विभाजन गरेका छन् कार्य कारण सिद्धान्त अगाडि सार्दै समयको उपयोगमा मात्रै सबैथोक काम सम्भव हुने कुरा बताएका छन्  

.            साँख्य दर्शनःयसका प्रवर्तक महर्षि कपिल हुन् यस दर्शनमा प्रकृति पुरूषको अस्तित्व सर्वोपरि मानिएको श्रृष्टिको उत्पत्ति विकासमा मुख्य दुई तत्व प्रकृति पुरूषको भेदलाई जान्नु नै सम्यक ज्ञान हो प्रकृति जड तत्व हो भने पुरूष चेतन तत्व हो यिनै दुई पदार्थको संयोजनबाट श्रृष्टिको उत्पत्ति विकास सम्भव भएको यसमा प्रकृति पुरूष दुई तत्वलाई स्विकार गरिएको हुदा द्वैतवाद पनि भनिन्छ मनुष्यका त्रिविध (आध्यात्मिक, आधिदैविक, आधिभौतिक) दुःखको निवृत्ति मोक्ष प्राप्त गरेपछि मात्र हुन्छ भनिएको यसलाई सत्कार्यवादको सिद्धान्त पनि भनिन्छ (सत्कार्यवाद) कार्य आफैं उत्पत्ति हुदैन कारणबाट कार्यको उत्पत्ति हुन्छ तोरी कारण हो भने तोरीबाट उत्पन्न हुने तेल कार्य हो मोक्ष प्राप्तीको लागि २५ तत्वको  ज्ञान आवश्यक पर्छ प्रकृति, पुरूष, मन, बुद्धि, अहंकार, ज्ञनेन्द्रिय, कर्मेन्द्रिय, पञ्च तन्मात्रा, पञ्च महाभूत गरेर २५ संख्याको तत्वहरूको ज्ञान हुनुपर्ने भएकोले सांख्य दर्शन भनिएको सांख्या दर्शन निरिश्वरवाद हो यसले ईश्वरको  अस्तित्वलाई स्विकार्दैन तर वेदलाई स्विकार्ने भएकोले यसलाई आस्तिक दर्शनमा नै मानिन्छ

.            योग दर्शनःयोग दर्शनका आदि आचार्य हिरण्यगर्भ हुन् योग दर्शनको विषद् व्याख्याकार एवं भाष्य लेखक भने महर्षि पतञ्जलि हुन् अष्टाङ्ग योगको सिद्धान्त नै योग दर्शन हो यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान समाधी बाट नै मानवको अज्ञानता दूर हुन्छ मुक्ति प्राप्त गर्दछ मानिसको चित्त बृत्ति काम, क्रोध, लोभ मोहले भरिपूर्ण रहेको हुन्छ यिनै दुष्मनहरूबाट श्रृजना हुने चित्त बृत्तिहरूलाई नियन्त्रण गरेर अष्टाङ्ग योगको सिद्धि प्राप्त गर्नु मानव मुक्तिको एक मात्र साधन हो त्यसैलेयोगः चित्त बृत्ति, निरोधभनिएको जब कुनै वस्तु सितको सम्पर्क हुन्छ, चित्तले वस्तुको आकार ग्रहण गर्छ चित्तलाई बिचारकोे ग्रहण गर्ने स्थान बनाएको हुन्छ चित्तबृत्ति उर्वर , त्यसरी चित्तमा आएको बिचार कुनै समयमा कुनै ठाउमा लागू गर्न सक्दछ त्यसले मानिसलाई विषय वस्तुमा डुबाउछ त्यसैले चित्तबृत्तिको निरोध गरेर अष्टाङ्ग योगको पालना गरेपछि मात्र योग साधनाको अन्तिम अवस्था समाधि प्राप्त हुन्छ चित्तबृत्तिको निरोधलाई नै योग दर्शनले मानव मुक्तिको साधन मानेको

.            वेदान्त दर्शनःशाब्दिक अर्थमा भन्दा वेदान्त भनेको वेदको अन्त हो, अर्थात् वेदको व्याख्या गर्ने पहिलो ग्रन्थ मन्त्र संहिता खर्थात् वेदको मन्त्र भाग हो भने दोस्रो ब्राम्हण ग्रन्थ, तेस्रो आरण्यक चौथो तथा अन्तिम ग्रन्थ उपनिषद् हो उपनिषद्को व्याख्या नै वेदको अन्तिम व्याख्या हो, त्यसैले यस दर्शनलाई वेदान्त भनिएको हो यस वेदान्त दर्शनको व्याख्याता एवं भाष्यकार महर्षि वेद व्यास हुन् महर्षि जैमुनिको पूर्व मिमांसा महर्षि व्यासको उत्तर मिमांसाको समष्ठी नै वेदान्त दर्शन हो यसको भाष्य ग्रन्थ ब्रम्हसुत्र हो वेदान्त दर्शनका प्रवर्तकहरूमा आदि शंकराचार्य, रामानुजाचार्य, निम्बार्काचार्य, माधवाचार्य वल्लभाचार्य, तथा चैतन्य महाँप्रभु हुन् ब्रम्ह एक मात्र सत्य हो भन्दै एउटै परम सत्ताको कुरा गरेर सबैलाई एउटैमा समेट्ने दर्शन नै अद्वैत वाद हो भन्ने आदि शंकराचार्यको मत रहेको त्यस्तै यस दर्शनका अर्का व्याख्याता रामानुजाचार्यको द्वैतवाद, माधवाचार्यको द्वैताद्वैतबाद, निम्बबार्काचार्यको विशिष्ठाद्वैत (द्वैताअद्वैतवाद), वल्लभाचार्यको विशुद्ध अद्वैतवाद १५ औं शताब्दीका चैतन्य महाप्रभुको अचिन्त्य भेदाभेदवाद यस वेदान्त दर्शनका प्रमुख मतहरू रहेका छन्   यस दर्शनले आत्मा, परमात्मा ब्रम्हलाई  एउटै तत्व मान्दछ   ईश्वरको स्थान सर्वोपरी त्रिगुणत्मक जगतको श्रृष्टि ईश्वरले नै गर्नु भएको हो शरिरका तीन रूप (स्थूल, सुक्ष्म कारण), मनको तीन अवस्था (जाग्रत, स्वप्न, सुसुप्त) तथा शरिरका पंच कोष (आत्ममय कोष, प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष आनन्दमय कोष ) को विवेचना गरिएको आचार मिमांशामा ज्ञान मार्ग तथा कर्म मार्ग, ज्ञान निष्ठा तथा कर्म निष्ठा, ज्ञान योग तथा कर्म योगको विवेचना गरिएको ईश्वर एक तर आत्मा अनेक तापनि अनेक आत्मामा ईश्वरको अस्तित्व समान रूपले विद्यमान आत्मा अमर , यो अमर आत्माले शरिरको माध्यमबाट पाँच कोषहरूलाई धारण गरेका , त्यसैले यो प्राणी जगत सधै जन्म मरणको चक्करमा घुमी राखेको हुन्छ आत्मा पाँच स्तरमा रहेको हुन्छ जड, प्राण, मन, विज्ञान आनन्द जुन शरिर देखिएको त्यो जड हो मानव शरिर जड जगतको एउटा हिस्सा मात्र हो त्यो जडमा प्राण रहेको हुन्छ जहाँ प्राण हुन्छ त्यहाँ मन पनि संगै रहेको हुन्छ मनले विभिन्न प्रकारका सुख सुविधा नयाँ पनको खोजि गरिरहेको हुन्छ त्यो विज्ञानमय कोषको परिणम हो विज्ञानबाट आनन्द प्राप्ती गर्दछ यसैलाई चेतना वा आत्माको पाँच स्तर भनिन्छ

.            मिमांसा दर्शनःमहर्षि जैमिनी, महर्षि व्यासका शिष्य हुन् यस दर्शनका प्रणेता जैमिनी हुन मिमांसा शब्दको शाब्दिक अर्थ कुनैकुरा जान्नको लागि गरिने लालसा या इच्छा हो पूर्व मिमांसा महर्षि जैमिनीले प्रवृत्ति मार्गी गृहस्थिहरूका लागि लक्ष गरेर बनाउनु भएको हो यसलाई पूर्व मिमांसा वा जैमिनी दर्शन पनि भनिन्छ जैमिनीको मिमांसा दर्शनलाई पूर्व मिमांसा महर्षि व्यासको उत्तर मिमांसालाई वेदान्त दर्शन भनिन्छ पूर्व मिमांसालाई धर्म मिमांसा उत्तर मिमांसालाई ब्रंम्ह मिमांसा पनि भनिन्छ यस ग्रन्थलाई पूर्व मिमांसा भन्नुको तात्पर्य उत्तर मिमांसा भन्दा पहिले लेखिएको भनेर होइन अपितु यो ग्रन्थ कर्मकाण्डसंग सम्बन्धित भएको कर्म काण्ड मनुष्यको पहिलो धर्म भएकोले पूर्व शब्द जोडिएको हो कर्मकाण्ड पछि मात्र ज्ञान काण्डको कुरा आउछ पूर्व मिमांसा दर्शनमा गृहस्थिले गर्नुपर्ने यज्ञको विस्तृत विवेचना गरिएको त्यसैले यसलाई यज्ञ विद्या पनि भनिन्छ जैमिनीको  मिमांसासुत्र मिमांसा दर्शनको आधारभूत ग्रन्थ हो मिमांसा दर्शन १६ अध्यायले बनेको सो मध्ये १२ अध्याय क्रमबद्ध भने पछिल्ला चार अध्यायमा माथि छुटेका कुराहरू समावेस छन् पछिल्लो चार अध्यायलाई मूल १२ अध्यायको परिशिष्ट पनि भनिएको त्यसैले यसको रचना एकैपटकमा नभएर फरक फरक समयमा भएको हुनु पर्छ १२ वटा अध्यायमा यज्ञको सिलसिलामा गर्नुपर्ने कार्यहरू, आईपर्ने समस्या एवं सामग्रीहरूको निरूपण लगायतका फरक फरक १२ विषयहरूको चर्चा गरएको यस दर्शनले जीवनमा गरिने सबै प्रकारका कर्मलाई यज्ञको नाम दिएको छन् यज्ञको चर्चा गर्दै भनिएको छः अमावाश्य पूर्णिममा गरिने साना तीना यज्ञलाई यज्ञ अश्वमेघ जस्ता ठूला यज्ञलाई महायज्ञको नाम दिएका छन् जीवन पर्यन्त गर्नु पर्ने कर्महरूलाई निम्न लिखित वटा यज्ञको रूपमा वर्णन गरेका छन्

.            ब्रम्ह यज्ञःप्रात तथा सायंकाल (विहान बेलुकी) मा गरिने नियमित संध्योपासन ( स्नान, तर्पण, होम आदि) कार्य

.            देव यज्ञःसांझ विहान गरिने होम

.            पितृ यज्ञःमाता पिता, गुरु प्रति गरिने सेवा तथा श्रद्धा, भक्ति

.            वलिविश्वदेव यज्ञःपकाएको अन्नबाट अन्य प्राणीहरूलाई पहिले छुट्याएर दिने काम

.            अतिथि यज्ञःघरमा आएका पाहूनाहरूको सत्कार गर्नु

                वेदमा उल्लेखित आचरण अनुसारको यज्ञिक कार्यहरूमा आफ्नो जीवन पद्धतिलाई ढाल्नु नै यस दर्शनको मुख्य उद्देश्य हो

.  वैशेषिक दर्शनःयो एउटा स्वतन्त्र भौतिक विज्ञानवादि दर्शन हो यस दर्शनका प्रवर्तक महर्षि कणाद् हुन् यस वैशेषिक दर्शनको ब्याख्या गरिएको मुख्य ग्रन्थ वैशेषिक सुत्र हो जुन १० वटा अध्यायमा विभक्त यो दर्शन न्याय दर्शनसंग मिल्दोजुल्दो वैशेषिक दर्शन तत्व मिमांसा हो भो भने न्याय दर्शन ज्ञान मिमांसा हो त्यसैले. यसलाई न्याय दर्शनको पूरक पनि भन्दछन् यस दर्शनले पदार्थको निरूपण गरि पदार्थका विशेष गुणहरूलाई स्वीकारेको पदार्थका वटा गुणहरूलाई यस दर्शनले दुई भागमा विभक्त गरेर व्याख्या गरेको   द्रब्य, गुण, कर्म, सामान्य, विशेष, समवाय अभाव गरी सात प्रकारका पदार्थहरू भावात्मक   अभावात्मक गरी दर्इु वर्गमा विभाजन गरेको पहिलो वटा पदार्थलाई भावात्मक सातौ अभावलाई अभावात्मक भनेको साथै अभावात्मक पदार्थलाई पुन चार भागमा विभक्त गरेका छन् जसमा प्राग्भाव, प्रध्वांसाभाव, अन्योन्याभाव अत्यन्ताभाव भनेका छन्

                परमाणुवाद विभाजित नहूनेवाला अति सुक्ष्म परमाणुहरू मिलेर पदार्थ बनेको हुन्छ यो जड तत्व भएकोले आफैले कुनै पनि क्रिया गर्न, गतिविधि गर्न सक्दैन तर ईश्वरीय शक्तिको इच्छा, चाहना बमोजिम यो सक्रिय हुने भएकोले यो अध्यात्मिक अर्थात् आस्तिक दर्शन भित्र पर्दछ श्रृष्टिको उत्पत्ति तथा विकास साथसाथै बिनास यस सिद्धान्तको परिणाम हो परमाणुहरूको संयोजनबाट द्रब्य बन्दछ ईश्वरीय चाहना बमोजिम द्रब्यबाट श्रृष्टिको विकास हुन्छ, ईश्वरीय चाहना बमोजिम नै द्रब्यको विभजन भएपछि प्रलय हुन्छ, ब्रम्हाण्ड ध्वस्त हुन्छ

पृथ्वी, वायु, अग्नि जलका विशेष तत्वका परमाणुहरू आपसमा संयुक्त हुंदा पदार्थको उत्पत्ति हुन्छ यसैबाट ब्रम्हाण्डको श्रृष्टि हुन्छ यस ब्रम्हाण्डमा श्रृष्टि भएका जीवको कर्मफल भोग गराउनको लागि यी चार तत्वहरू आपसमा विभक्तः हुन्छन् प्रलय हुन्छ अदृश्य शक्ति ईश्वरद्वारा नै क्रिया उत्पन्न गरेर श्रृष्टिको ध्वांस गर्ने काम पनि हुन्छ त्यसलाई नै कल्प भनिन्छ

दिशा, काल (समय), आत्मा तथा मन यी चार वटा वस्तु सधै नित्य छन् यीनको कहिल्यै श्रृष्टि हुन्छ कहिल्यै बिनास नै हुन्छ केवल अनित्य परमाणु चार तत्व (पृथ्वी, जल, अग्नि वायु) को मात्रै परमाणुको संयोजन हुदा वस्तुको निर्माण हुन्छ परमाणुको विच्छेद हुदा वस्तुको नाश हुन्छ परमाणु जड पदार्थ भएकोले यसको संयोजन विभाजन गर्न बाह्य शक्ति या गतिका आवश्यकता पर्दछ वैशेषिक दर्शनको सिद्धान्त अनुसार परमाणुमा त्यस्तो गतिको उत्पत्ति ईश्वर स्वयम्ले गर्दछन् श्रृष्टिको प्रलयद्वारा विनास हुन्छ

वैदिक दर्शनको मुल्य, मान्यताहरूः

·         ईश्वरीय सत्तामा विश्वास,

·         आस्तिकताबाट मोक्षको बाटो खोज्नु

·         अज्ञानताबाट ज्ञान प्रप्ती तर्फ उन्मुख

·         अध्यारोबाट उज्यालो तर्फ लाग्नु

·         मृत्युबाट अमरता प्राप्त गर्नु

 

संन्दर्भ सामग्रीः

श्रीमद्भागवत महापुराण

श्रीमद्भागवत् गीता                                                                                                                                        

 रेडियो टेलिभिजनबाट प्रशारण हुने प्रवचनहरू                                                                                               भट्ट मिमांष दर्शनडा. निर्मलमणि अधिकारी                                                                                                                                                    इण्टरनेटमा खोजि गरी अध्ययन गरिएका यस सम्बन्धी सामग्रीहरू


 

2.    अष्टाङ्ग योग

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधी

योग विधा पूर्वीय दर्शनको एउटा महत्वपूर्ण पक्ष हो यो वैदिक दर्शनका षडदर्शन मध्येको एउटा दर्शन हो योग दर्शनका आदि आचार्य हिरण्यगर्भ हुन् योग दर्शनको विषद् व्याख्याकार एवं भाष्य लेखक भने महषर््िा पतञ्जलि हुन् अष्टाङ्ग योगको सिद्धान्त नै योग दर्शन हो यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान समाधी बाट नै मानवको अज्ञानता दूर हुन्छ मुक्ति प्राप्त गर्दछ मानिसको चित्त बृत्ति काम, क्रोध, लोभ मोहले भरिपूर्ण रहेको हुन्छ यिनै दुष्मनहरूबाट श्रृजना हुने चित्त बृत्तिहरूलाई नियन्त्रण गरेर अष्टाङ्ग योगको सिद्धि प्राप्त गर्नु मानव मुक्तिको एक मात्र साधन हो त्यसैले योगः चित्त बृत्ति, निरोध भनिएको जब कुनै वस्तु सितको सम्पर्क हुन्छ, चित्तले वस्तुको आकार ग्रहण गर्छ चित्तलाई बिचारले ग्रहण गर्ने स्थान बनाएको हुन्छ चित्तबृत्ति उर्वर , त्यसरी चित्तमा आएको बिचार कुनै समयमा कुनै ठाउमा लागू गर्न सक्दछ त्यसले मानिसलाई विषय वस्तुमा डुबाउछ त्यसैले चित्तबृत्तिको निरोध गरेर अष्टाङ्ग योगको पालना गरेपछि मात्र योग साधनाको अन्तिम अवस्था समाधि प्राप्त हुन्छ चित्तबृत्तिको निरोधलाई नै योग दर्शनले मानव मुक्तिको साधन मानेको   त्यस विषयमा छोटो चर्चा गर्ने प्रयास यस लेखमा गरिएको

= यमःयमको अर्थ पाँच सामाजिक नैतिकतालाई संझनु पर्दछ  

·       अहिंसाशब्द, विचार कर्मले हिंसा नगर्नु

·       सत्य मन, बचन कर्ममा सधै सत्यतामा रहनु

·       अस्तेय बोली, बचन व्यवहारमा चोर प्रबृत्ति नराख्नु

·       ब्रम्हचर्य चेतना ब्रम्ह ज्ञानलाई स्थिर राख्नु, सबै इन्द्रियजन्य सुखका लागि संयमतामा रहनु

·       अपरिग्रह आपूmलाई चाहिने भन्दा बढि बस्तुको संग्रह, संचय नगर्नु अरूको धन सम्पत्ती, भौतिक वस्तुमा लोभ इष्र्या नराख्नु

= नियमः नियमको अर्थ पाँच व्यक्तिगत नैतिकतालाई संझनु पर्दछ  

·       शरिर तथा मनलाई शुद्ध गर्नु

·       सन्तोषसधै संतुष्ट तथा प्रशन्न रहनु

·       तपआफैमा अनुशासित भएर रहनु

·       स्वाध्याय आत्म चिन्तन गर्नु

·       ईश्वर प्रणिधान सदा सर्वदा ईश्वर प्रति आस्था राख्नु

= आसनःयोगका विभिन्न आसनहरू गर्नु, जसले शरी मनलाई स्वस्थ तन्दुरूस्ती राख्न मदत गर्छ

= प्राणायामः स्वास प्रस्वास नियमन प्रणाली (अनुलोमविलोम, कपालभाँती, वाह्य प्रणायम आदि)    यसबाट मनको चंचलता दूर हुनको साथै विच्छुब्धता माथि विजय प्राप्त हुन्छ

= प्रत्याहारः इन्द्रियलाई अन्तर्मुखी गराउनु, बाहिरी जगत् वा क्रियाकलाप तर्फ कम रूची राख्ने आफ्नो मनलाई आपूm भित्रै केन्द्रित गर्ने वाहिरी वस्तु संग्रह नगर्ने, ग्रहण गर्ने बानी हटाएर चित्त निरोध गर्ने

= धारणः मनलाई एकाग्र चित्त गरेर जुन कुराको ध्यान गरिएको त्यसप्रति ध्यान केन्द्रित गर्ने

= ध्यानः कुनै एक वस्तु वा स्थानमा मनलाई स्थिर गर्नु जब कुनै एक वस्तुमा चिन्तन गरेर मस्तिष्कमा केन्द्रित गरिन्छ, त्यसलाई ध्यान भनिन्छ पूर्ण ध्यानको अवस्थामा अन्य वस्तुको ज्ञान तथा त्यसको स्मृति रहदैन केवल ध्येय वस्तुमा मात्र ध्यान केन्द्रित रहेको हुन्छ सांसारिक भौतिक वस्तुलाई विर्सिएको अवस्था रहन्छ

= समाधीः यो ध्यानको उच्च अवस्था हो मन मस्तिष्क ध्येय वस्तुमा पूरा तरहले लिन हुनुको अवस्था हो त्यस अवस्थामा बाहिरी भौतिक वस्तुले कुनै प्रभाव पारेको हुदैन ध्यानमा लिन रहँदै प्राण त्याग गरी समाधिमा पुग्न सकिने अवस्था रहन्छ योग दर्शनले समाधि द्वारा नै मोक्ष प्राप्त गर्न सकिने कुरा बताएको समाधिका पनि सम्प्रज्ञात असम्प्रज्ञात गरी दुई अवस्था हुन्छन् सम्प्रज्ञात समाधिमा तर्क, वितर्क, विचार, आनन्द, आफ्नो अस्तित्वको समेत कुनै ज्ञान हुदैन साधक ध्यानमा पूरा डुवेको अवस्था हुन्छ असम्प्रज्ञात समाधिमा साधकले सत्व, रज, तम तिने गुण निरोध गरेको हुन्छ


 2.  वेद

 देव वाणी हो हिन्दूहरूको आधाभूत धर्म ग्रन्थ हो वेद संभवत विश्वको प्राचीनतम ग्रन्थ पनि हो हिन्दु शास्त्रीय मान्यता अनुसार सनातन वर्णाश्रम व्यवस्थाको कडी हो शुरूमा वेद एउटै थियो, त्यसका मन्त्रहरूले दिएका उपदेश विषयवस्तुलाई  वर्गीकरण गरेर ऋग्वेद, यजुर्वेद, सामवेद अथर्ववेद गरी चार वेद बनाएको भनाई पाइन्छ समष्टिमा वेद भन्नाले चारवटै वेदका संहिता मन्त्र भाग, ब्राम्हण ग्रन्थहरू, आरण्यक ग्रन्थहरू उपनिषद्हरूको समष्टि नै वेद हो

ऋग्वेदःवेदहरूमा सबैभन्दा प्राचीन ऋग्वेद हो ऋग्वेदको मन्त्र संहितामा मूलत सूर्य, अग्नि, लगायतका विभिन्न देवताहरूको वर्णन तथा ईश्वरको स्तुति रहेको यसमा १०६२७ मन्त्रहरू रहेका छन् मन्त्र भागको अतिरिक्ता ऋग्वेदका दुई ब्राम्हण ग्रन्थहरू ऐतरीय ब्राम्हण शैशिरीय साकल शाखा कौशितकी ब्राम्हण वा सांख्यायन ब्राम्हणवाष्कल शाखा छन्  त्यस्तै यसका ऐतरीय सांख्यायन आरण्यक ग्रन्थ तथा कौशितकी उपनिषद्ले ऋग्वेदको भाष्य गर्नुका साथै सरल भाषामा विश्लेषण गरेको

यजुर्वेदःयजुर्वेदमा मुख्यत यज्ञ गर्ने गराउने वारेमा उल्लेख गरेका पाइन्छ यजुर्वेद दुई प्रकारका छन् शुक्ल यजुर्वेद कृष्ण यजुर्वेद शुक्ल यजुर्वेदका सतपथ ब्राम्हणमध्यान्दिनीय वाजसनेयी शाखा सतपथ ब्राम्हणकण्व वाजसनेयी शाखा गरी दुईवटा ब्राम्हण ग्रन्थ छन् त्यस्तै आरण्यक ग्रन्थमा एउटा मात्र बृहदारण्य आरण्यक ईशोपनिषद्, बृहदारण्योपनिषद् तथा ऐतरीयोपनिषद् गरी तीनवटा उपनिषदहरू उपलब्ध छन् यसमा ४० अध्याय १९७५ मन्त्रहरू रहेका छन् त्यस्तै कृष्ण यजुर्वेदका तैतिरीय ब्राम्हण, मैत्रायणी ब्राम्हण, कठ ब्राम्हण कपिष्ठल ब्रम्हण गरी चारवटा ब्राम्हण ग्रन्थहरू, तैतरीय आरण्यक मैत्रायणी आरण्यक गरी दुईवटा आरण्यक ग्रन्थहरू तथा कठोपनिषद्, तैत्तरीयोपनिषद् स्वेतास्वत्तरोपनिषद् गरी तीनवटा उपनिषद्हरू रहेका छन्

सामवेदःयो उपासनाको विषय हो संगीत विद्या हो यसमा १८७५ वटा संगीतमय मन्त्रहरू छन् यसका धेरै मन्त्रहरू ऋग्वेदबाट पनि लिएका छन् यसका पाँच ब्राम्हण ग्रन्थ प्रौढ (पंचविंश) ब्राम्हण, षडविंश ब्राम्हण, आर्षेयी ब्राम्हण, मन्त्र (छान्दिग्य) ब्राम्हण, जैमिनीय (तावल्कर) ब्राम्हण तथा तावलकर आरण्यक छान्दोग्य आरण्यक दुई आरण्यक एवं छान्दोग्य उपनिषद, मैत्रायणी उपनिषद् केनोपनिषद् गरी तीनवटा उपनिषद्ग्रन्थहरू छन्

अथर्व वेदःहिन्दू धर्मका पवित्रतम ग्रन्थ वेदमा सबैभन्दा पछिल्लो अर्थात् कान्छो अथर्व वेद हो यस वेदको एकमात्र गोपथ ब्रम्हण (पिप्लाद शाखा) ग्रन्थ उपलब्ध अथर्व वेदको कुनै पनि आरण्यक छैन यसका प्रश्नोपनिषद् मुण्डकोपनिषद् माण्डूक्योपनिषद् गरी तीनवटा उपनिषद्हरू छन् यसमा ५९७७ पद्यात्मक मन्त्रहरू छन् अथर्व वेदमा देवताहरूको स्तुतिका साथसाथै, भूगोल, खगोल विद्या, वनस्पती विद्या, जडिबुटी एवं आयुर्वेद विद्या, गम्भीर रोगको उपचार सम्बन्धी विद्या, शल्य चिकित्सा, प्रजनन् विज्ञान, अर्थशास्त्र, राजनीति शास्त्र आदि धेरै लोकोपकारी विषयहरूको निरूपण यस अथर्व वेदमा गरिएको अथर्व वेदका मन्त्रहरूको वारेमा ऋषि मुनिहरूको एक भनाई रहेको पनि

यस्य राज्ञो जनपदे अथर्वा शान्तिपारगः।

निवसत्यपि तद्राराष्ट्रं वर्धतेनिरुपद्रवम्।। ९अथर्व०(१र३२र३०।

जुन राज्यमा अथर्व वेद जानेको विद्वान शान्ति स्थापनाको कार्यमा निरन्तर लाग्दछ भने त्यस राष्ट्रले बिना उपद्रव शान्तिपूणर््ा तरिकाले  उन्नती पथमा अगाडि बढेको हुन्छ

उपवेद

वेदका आयुर्वेद, धनुर्वेद, गन्धर्व वेद स्थापत्य वेद गरी चारवटा उपवेदहरू पनि छन् आयुर्वेदमा वैदिक ज्ञानमा आधारित स्वास्थ्य विज्ञान सम्बन्धी विषयवस्तुको वारेमा अध्ययन गरिन्छ त्यस्तै धनुर्वेदमा युद्धकला सम्बन्धी विषयवस्तुको अध्ययन गरिन्छ गन्धर्व वेदमा गायन कला सम्बन्धी विषयवस्तुको अध्ययन गरिन्छ भने स्थापत्य वेदमा वास्तुशास्त्र एवं वास्तु कला सम्बन्धी विषयको अध्ययन गरिन्छ

वेदका अंगहरू

वेदका वटा अंगहरू छन् ती वटा अंगहरूमा निम्न विषयहरू समेटिएका छन्

.            शिक्षाःयसमा सर्वप्रथम वेदका मन्त्रहरूको उच्चारण गर्ने कला, सार, स्वरको कला जस्ता कुराहरू वेदको शिक्षा अन्तर्गत पर्दछ वेद कसरी पढ्ने वेदको शिक्षा कसरी लिने भन्ने कुराको व्यवहारिक ज्ञान यसमा पर्दछ वेदको शिक्षा लिएको व्यक्तिले वेदका मन्त्रहरूको उच्चारण सहि सहि तरिकाले गरेको हुनु पर्दछ यो वेदको एउटा प्रमुख  अंग हो

२.     निरूक्तः वेदका शब्दहरूको मूल भाव के हो, यसको अर्थ के हो ? विषयवस्तुको आसय के हो र त्यसको अर्थ के हुन सक्छ ? शब्दहरूको भाव निरूपण गर्ने पक्षलाई निरूक्त भनिन्छ ।

३.     व्याकरणःवाक्य निर्माणको लागि आवश्यक पर्ने सन्धि, समास, विभक्ति आदिको विवरण व्याकरणमा पर्दछ । शब्दहरूको संयोजन र वाक्य निर्माण गर्ने कला व्याकरणको अध्ययन गर्ने पक्ष हो ।

४.     छन्दः गायनकला र मन्त्रहरूको सहि उच्चारणको लागि छन्दले निर्देशित गरेको हुन्छ । वेदका मन्त्रहरू कुन छन्दमा छन् । छन्द अनुसारको लयमा उच्चारण गर्ने एवं गायन कलाको लागि छन्दहरूको राम्रो ज्ञान भएको हुनु पर्दछ ।

५.     कल्पःयज्ञ अनुष्ठान गर्ने विधि यस अन्तर्गत पर्दछ । वेदोक्त विधि अनुसार गरिने यज्ञ कार्यहरूको (देवकार्य, पितृकार्य) लागि गृहसुत्र, श्रौतसुत्र, धर्मसुत्र लगायतका पद्धतिहरू निर्माण भएका छन् । यिनीहरूको अध्ययनलाई कल्प भनिन्छ ।

६.     ज्योतिषःसमयको ज्ञान, सूर्य, पृथ्वी लगायतका ग्रहादिको गती, स्थान, नक्षेत्र, तारा आदि आकाशीय पिण्डहरूको गती तथा स्थितिका बारेमा वेदमा उल्लेख भएका विषयहरूलाई ज्योतिष भनिन्छ । वेदाङ्ग ज्योतिष यसको प्रमुख ग्रन्थ हो । 

ब्राम्हण ग्रन्थ

ब्राम्हण ग्रन्थ वेदको मन्त्र संहिताको गद्यमा व्याख्या गरिएको भाग हो वेदको मन्त्र भाग पद्यात्मक रूपमा भने ब्राम्हण गद्यात्मक रूपमा देवताहरूको स्तुति तथा यज्ञको वारेमा रहस्यमय व्याख्या गरिएको यसमा मन्त्रहरूको भाष्य गरिएको चरैवटा वेदका आफ्ना ब्राम्हण ग्रन्थहरू छन् चारवटै वेदका ब्राम्हण ग्रन्थ, आरण्यक ग्रन्थ उपनिषद्हरूको म्याट्रिक्स तल तालिकामा दिइएको

आरण्यक ग्रन्थ

ब्राम्हण ग्रन्थ पछि यसको रचना भएको हो वानप्रस्थी एवं सन्यासिहरूका लागि आत्म तत्व अथवा ब्रम्ह विद्याको ज्ञानका लागि यस ग्रन्थको रचना भएको हो यो वेदको मन्त्र संहिताको व्याख्या हो अथर्व वेद बाहेक अन्य सबै वेदका आरण्यक ग्रन्थहरू छन्  

उपनिषद्

उपनिषद्हरू २०० भन्दा धरै छन् भनिए तापनि मुख्यतया १३ वटा उपनिषद्हरूको व्याख्या भएको पाइन्छ तिनीहरूमा ईशावास्योपनिषद्, केनोपनिषद्, कठोपरिषद्, प्रश्नोपनिषद्, मुण्डकोपनिषद्, माण्डूक्योपनिषद्, तैतरीयोपनिाद्, ऐतरीयोपनिषद्, छान्दोग्योपनिषद्, बृहदारण्योपनिषद्, श्वेताश्वतरोपनिषद्, कौशितकी उपनिषद्, मैत्रायणी उपनिषद् हुन्

उपनिषद् आध्यात्मिक चिन्तनको मूल आधार हो पूर्वीय दर्शनको मूल श्रोत पनि हो १७ औं शताब्दीमा बादशाह औरङ्गजेबका भाई हारासिकोहले धेरै उपनिषदहरूको फारसी भाषामा अनुवाद गरेका थिए भने १९ औं शताब्दीमा जर्मन तत्ववेत्ता विद्वान सोपेन हावरले अंग्रजी भाषामा उल्था गरेर प्रकाशन गरेका थिए विश्वका धेरै भाषामा उल्था भैसकेको उपनिषद्लाई विश्वका कैयौं दार्शनिकहरू बढी महत्वपूर्ण ज्ञानकोषका रूपमा मान्दछन्

उपनिषद्को अर्थःसमिपमा अथवा नजिकमा बस्नु हो ब्रम्ह विद्याको प्राप्तीको लागि गुरुको नजिकमा बस्नु हो सत् धातुमा उप नि उपसर्ग लागेर उपनिषद् शब्द बनेको उपनिषद्मा गुरु शिष्यका बिचमा बहुत सुन्दर सम्बादहरू छन् जसले वेदको गहिराइसम्मको अर्थ बुझाउने काम भएको उपनिषद्को मुख्य विषयवस्तु निम्न अनुसार रहेका छन्ः

·         आत्म विद्याको प्रतिपादन

·         ब्रम्ह तथा आत्माको स्वरूपको विषयमा गहन विषद् चिन्तन गरिएको

·         ज्ञानमार्ग तथा कर्म मार्ग, विद्या तथा अविद्याको विषयमा उपदेश गरिएको

·         उपनिषद् ब्रम्हविद्या हो, यसको अध्ययनबाट अविद्या नष्ट हुन्छ ब्रम्हत्व प्राप्त हुन्छ

उपनिषद्का कथाहरू

                उपनिषद्मा ऋषिमुनी, देवता, दानव, पशु पंक्षी, पृथ्वी, प्रकृतिलाई पात्र बनाएर रोचक कथाहरू बनाइएको यी कथाहरू वेदको व्याख्या गर्ने अभिप्रायले उदाहरण प्रस्तुत गर्न बनाइएका हुन् वेद वहुत जटिल ज्ञानकोष हो त्यस कारण वेदलाई सरल तरिकाले बुझाउनको लागि उपनिषद्का कथाहरू बनाइएका छन् कथाका पात्रहरूमा  ब्रम्हा, विष्णु महेश्वर, अग्नि, सूर्य इन्द्र लगायतका देवताहरू समुद्र, पर्वत बृक्ष, ताल तलैयाहरू लगायतका प्राकृतिक वस्तुहरू उपनिषद्का कथाका जीब निर्जीव पात्रहरू हुन्

                उपनिषद् गुरु शिष्य परम्पराको आदर्शवादि उदाहरण हो उपनिषद्का भाष्यकार ऋषिहरूले गुरु शिष्यका बिचमा प्रश्नोत्तरका माध्यमबाट श्रृष्टिको गुढ रहस्यको उद्घाटन सरल ढंगबाट उपनिषद्मा प्रस्तुत गरेका छन् पूर्वीय आध्यात्मिक चिन्तनको मूल आधार उपनिषद् हा् यो ब्रम्ह विद्या हो ब्रम्हा द्वारा व्यक्त गरिएका कुराहरूलाई चिन्तनशिल ऋषिहरूद्वारा शब्दमा परिभाषित गरिएको लिपिवद्ध विवरण हो

                वैदिक युगमा सांसारिक आनन्द, निश्चिन्तता भोलापनको युग थियो ऋषि, मुनिहरू प्राकृतिक मनोरमता दिव्यताबाट भाव विभोर थिए श्रुतीको रूपमा रहेको वेदका मन्त्रहरूलाई लिपिवद्ध गरे शुरूमा वेद एउटै थियो, त्यसका मन्त्रहरूले दिएका उपदेश विषयवस्तुलाई  वर्गिकरण गरेर ऋग्वेद, यजुर्वेद, सामवेद अथर्ववेद गरी चार वेद बनाएको भनाई पाइन्छ वेद ब्रम्हविद्या भएकोले साहै्र जटिल भाषामा वेदका मन्त्रहरूलाई सरल भाषमा प्रस्तुत गर्न विद्वान ऋषिमुनिहरूले ब्रम्हण ग्रन्थ, आरण्यक ग्रन्थ उपनिषद् बनाएर लिपिवद्ध गरे पहिलो हिस्सा मन्त्र भाग दोस्रो हिस्सा गद्य भाग ब्राम्हण, तेस्रो हिस्सा आरण्यक ग्रन्थ चौथो तथा अन्त्य भाग उपनिषद् हो चारवटै वेदसंग सम्बन्धित ब्रम्हण, आरण्यक उपनिषद् ग्रन्थहरू निम्न अनुसार छन्

वेद

संहिता

ब्राम्हण ग्रन्थ

आरण्यक

उपनिषद्

ऋग्वेद

मंत्र संहिता अथवा मन्त्र भाग

ऐतरीय ब्राम्हणशैशिरीय साकल शाखा

ऐतरीय आरण्यक

कौशितकी उपनिषद्

कौशितकी ब्राम्हण वा सांख्यायन ब्राम्हणवाष्कल शाखा

सांखायन आरण्यक

शुक्ल यजुर्वेद

मंत्र संहिता अथवा मन्त्र भाग

सतपथ ब्राम्हणमध्यान्दिनीय वाजसनेयी शाखा

बृहदारण्य आरण्यक

ईशोपनिषद्

सतपथ ब्राम्हणकण्व वाजसनेयी शाखा

बृहदारण्योपनिषद्

ऐतरीयोपनिषद्

कृष्ण यजुर्वेद

मंत्र संहिता अथवा मन्त्र भाग

तैतिरीय ब्राम्हण

तैतरीय आरण्यक

कठोपनिषद्

मैत्रायणी ब्राम्हण

मैत्रायणी आरण्यक

तैत्तरीयोपनिषद्

कठ ब्राम्हण

स्वेतास्वत्तरोपनिषद्

कपिष्ठल ब्राम्हण

सामवेद

 

मंत्र संहिता अथवा मन्त्र भाग

प्रौढ (पंचविंश) ब्राम्हण

तवलकार आरण्यक

छान्दोग्य उपनिषद्

षडविंश ब्राम्हण

छान्दोग्य आरण्यक

आर्षेयी ब्राम्हण

मैत्रायणी

मन्त्र (छान्दिग्य) ब्राम्हण

केनोपनिषद्

जैमिनीय (तावल्कर) ब्राम्हण

 

अथर्व वेद

 

मंत्र संहिता अथवा मन्त्र भाग

 

गोपथ ब्रम्हण (पिप्लाद शाखा)

   

    छैन

प्रश्नोपनिषद्

मुण्डकोपनिषद्

माण्डूक्यो पनिषद्

 

                                                               

                                                               

                                               

                                                               

                                               

                                                               

 

No comments:

Post a Comment