Tuesday, October 30, 2012

यस्तै छ साथी



हामी त कस्तो बेलामा जन्मिएछौं साथी,
सबैतिर अव्यवस्थाले पंखा फिजाएजस्तो लाग्छ ।  
त्रिचन्द्र कलेजमा पनि के पढ्नु छ र साथी,
बुढो घण्टाघरले पनि सधै जिस्क्याए जस्तो लाग्छ ।    

जागीर खान पनि के बल गर्नु साथी,            
आरक्षणको चपेटामा परे जस्तो लाग्छ ।
विदेश जान पनि त मन थियो साथी,
तर घर छाड्न भने मरे जस्तो लाग्छ ।

मोबाईलमा पैसा छउन्जेल साथी,  
SMS मात्र गरीरहन मन लाग्छ ।        
जिन्दगी निरस भैरहेको छ साथी,    
अबत जति अन्याय पनि हेरीरहन मन लाग्छ ।

  ईश्वरीप्रसाद घिमिरे
 काठामाण्डौ ३, रानीवारी
   मितिः २०६९।५।९

No comments:

Post a Comment