जागीर छैन उसको, कुर्चा खा को छ,
साँझ विहान नेताको चाडिमा धाको छ ।।
मामाको जडौरी पुरानो सर्ट ला को छ,
बाबु आमा भन्छन्,
छोरो जागीर खान शहराँ गाको छ ।।
उसको जिन्दगी यसरीनै चलि राको छ ।
उसको पिडा उसैलाई थाहा छ,
आज उसको साथीको क्ःक् आ छ ।
साथीले चाहिं उता जागीर पाउने भा छ,
पुलिसाँ जागीर खान नेताको सोर्स ला छ ।
उसको जिन्दगी यसरीनै चलि राछ ।
नेता भन्छन् पुसिमा भर्ती खुल्न ला छ,
बिज्ञापन हेर्न उ सधै गोरखापत्र धा छ ।
बिज्ञापन खुल्यो उसले दरखास्त हाल्ने भा छ,
दरखास्त हाल्न एउटा सिफारिस चाहिने भा छ ।।
उसको जिन्दगी यसरीनै चलिराछ ।।
अब सिफारिस गर्नेलाई खुशि पार्न प¥या छ,
त्यसैले साँझ बिहान उसको चाकडि ग¥या छ ।
आज दरखास्त दियो उ मख्ख प¥या छ,
अन्तर्वार्ताको लागि सूचना कु¥या छ ।।
उसको जिन्दगी यसरीनै चल्या छ ।
अन्तरर्वार्ता आयो अब उसले सोर्स खोज्या छ,
सोर्स त फेलापा¥यो तर उसले पैसा खोज्या छ ।
जिन्दगिमा उसले पुलिसकै जागीर रोज्या छ,
पैसा छैन उ संग तर चर्को ब्याजमा ऋण खोज्या छ ।
उसको जिन्दगी यसरीनै चल्या छ ।
उ पुलिसा ँभर्ति भयो तालीम ग¥या छ,
तालीम नसक्ेसम्म पोष्टिङ कुर्नु प¥या छ ।
तालीम सक्यो पाष्टिङ भयो मूलबाटो कु¥या छ ।
आजभोली बाबु—आमा भन्छन्,
हाम्रो छोराले त गर्नु ग¥या छ ।।
उसको जिन्दगी यसरीनै चल्या छ ।
ईश्वरीप्रसाद घिमिरे
कामनपा ३, रानीवारी
No comments:
Post a Comment