Wednesday, September 27, 2023

कैलाश मानसरोवर यात्रा २०८०

कैलाश मानसरोवर यात्रा २०८०


 

                कैलाश मानसरोवर यात्रागर्ने मेरो भित्री मनमा पहिले देखिनै सुसुप्त अवस्थामा लुकेर बसेको धोको थियो त्यसलाई पूरागर्न मौकाको पर्खाइमा थिएँ साउन लागेपछि एकदिन बेलुकी ठाकुरबाबु घमिरेले फोन गरेर सुसुप्ता अवस्थालाई जगाउनु भयो तर निश्चय गर्न सकिएको थिएन कुरा यसै सेलाए जस्तो भएको थियो त्यसको १५।२० दिनपछि वहाँले पुन फोन गर्नुभयोकलंकीका निरौलाबन्धुहरूले जाने कुरा गर्नु भएको मैले वहाँहरूलाई अमेरिकामा नै चिनेको हो असल मानिसहरू हुनुहुन्छ भन्नुभयो मैले बिचार गरें रं ठिक घर सल्लाह गरेर १।२ दिनमा निधो गरौंला भने घरमा श्रीमतीसंग सल्लाह गरें उनले पाहोरको साल पाथिभारा मन्दिर जाँदा पनि हाइअल्टीच्यूडमा आपूmलाई कठीन भएकोले जान सक्दिन होला, तपाई जाने भए भरपर्दो साथी भएको बेलामा जानुस् भन्ने सल्लाह दिइन् त्यसपछि मैले पनि जाने निधो गरें Organizer Travel Agency ठमेलको Touch Kailash Tour and Travels मा हामी जम्मा भयौं त्यहीं कलंकी चोकका निरौला बन्धुहरूसंग परिचय भयो वहाँहरू १० जना हुनुहुदो रहेछ हामी तीनजना घिमिरेहरू ठाकुर, महेश्वर समेत यात्रामा हाम्रो १३ जनाको टोली भयो अरू नपुग यात्रीहरू Travel Agency आफैले व्यवस्था गर्ने गरी लागत, सुविधा बन्दोवस्तीका सामग्रीको वारेमा कुराकानी भयो Travel Agency को तर्फबाट हामी सबै यात्रुलाई एउटा सानो पछाडि भिर्ने ब्याग, अर्को लुगा कपडा, पूजा सामग्री लगायतका सामानहरू राख्ने ठूलो ब्याग हिमालमा लगाउने एउटा न्यानो ज्याकेट लगायत उपलब्ध गराउने कुराहरू म्यानेजर बासु अधिकारीले हामीलाई जानकारी गराउनु भयो त्यसका साथसाथै यात्रामा आयवश्यक पर्ने सामग्रीहरूको वारेमा यात्रामा उत्पन्न हुनसक्ने विसम् परिस्थितिका बारेमा पनि वहाँले हामीलाई विस्तृत जानकारी गराउनु भयो   हामीले त्यहीं भिसाको लागि आवश्यक पर्ने फोटो खिचायौं अरू तयारीमा लाग्यौं पासपोर्टको फोटोकपी  भिषा दरखास्त फाराम डिजिटलमा नै भरेर पठायौं

                भाद्र १४ गते जनै पूर्णिमाका दिन मानसरोवरमा यज्ञोपवित अभिमन्त्रण गरेर नयाँ जनै लगाउने हाम्रो यात्राको योजना थियो यात्रामा धेरै उचाइमा जानुपर्ने हुँदा, यात्रा सहज होस् भन्नका लागि ब्तिष्तगमभ मा विस्तारै शरिरलाई अध्यस्त गराउदै जानको लागि हाम्रो यात्रा भाद्र गते शुरुगर्ने तय भयो   २०८० साल भाद्र गते बिहान बजे बालाजुको भाटभटेनी सुपरमार्केट अगाडिबाट हामी बसमा चढ्यौ हामीलाई लैजाने ट्राभल कम्पनीका ७० यात्रुका लागि तीनवटा बस थिए भने त्यसमा ६।७ जनाका दरले सबै बसमा गाइड सपोर्टिङ स्टाफहरू थिए हाम्रो यात्रा टोखा छहरेको बाटो हुदै नुवाकोट तर्फ अगाडि बढ्यो बिहानको खाना त्रिशुलीको ढुङ्गे बजारमा भयो त्यसपछि हामी पासाङ्गल्हामु राजमार्ग हुदै रसुवा जिल्लाको सदरमुकाम धुन्चंहुदै बेलुकी रसुवागढीमा पुगेर होटल रिभरभ्यूमा बास बसियो खाना पनि त्यहीं खाइयो धुन्चेदेखि रसुवागढी सम्मको बाटो ज्यादै नराम्ररी विग्रिएको रहेछ ज्यान मायाँ मारेर हिड्नु पर्ने धन्न हाम्रा चालकले हामीलाई सुरक्षित गन्तब्यमा पु¥याउन सफल भए चीनसंगको आयात, निर्यात ब्यापारको मुख्य नाका रसुवागढी जोड्ने सडकको दुरावस्था देख्दा नेपाल सरकार पाँच करोडका दरले साँसद् विकास कोषको रकमको लागि संसदमा हंगामा मच्चाउने नेताहरूलाई धिक्कार गर्न मन लाग्यो

                भाद्र १०, गते विहान बास बसेको होटेलमा नै Breakfast खाएर बजे नेपालको अध्यागमन कार्यालयमा पुगेर पासपोर्टमा Departure Stamp लगाएर सिमाना पारी चीनको अध्यागमनमा लाइन बस्न पुगियो चिनियाँ अध्यागमनमा इन्टरनेट सिस्टम Problem को कारणले दिनभरी मितेरी पूलमा घाम तपाई भयो त्यहाँ पुग्दा संगै काम गरेका मित्रहरू महेश दाहाल, दामोदर अधिकारीसंग पनि भेट भयो ऐतिहासिक रसुवागढीको किल्लाभित्र घुमेर तश्वीरहरू खिचियो सम्बत् १९१२ मा बीर नेपाली सेनाले त्यही ठाउँबाट तिब्बती सेनालाई हराएर पठाएको स्मरण गरियो त्यसबेला केरूङ्ग कुतीसम्म नेपालको सिमाना पुगेको थियो भन्ने इतिहासमा पढेका कुराहरूको आपसमा समीक्षा पनि गरियो त्यस दिन करिब २५० जना यात्रीले सामान, पासपोर्ट चेक तथा  बायाम्याट्रिक्स गराउदा धेरै समय बित्यो करिब .३० बजे अध्यागमन क्लीयर गरेर अगाडि बढ््यौं चिनियाँ अध्यागमनमा पुगेपछि हामी यात्रुहरूलाई तिब्बती ट्राभल एजन्सीले जिम्मा लिएर अध्यागमनको प्रक्रया पूरा गराउने रहेछ त्यहाँबाट यात्रा अवधिभर फर्केर रसुवागढी आइपुग्दासम्मको तिब्बती ट्राभल एजेन्सीको गाइडहरूले नै सरकारी प्रक्रया पूरा गर्ने मुख्य गाइडको काम गर्ने रहेछन् त्यहाँबाट हामीलाई तिब्बती ट्राभल एजेन्सीका गाडीमा राखे त्यहाँबाट केरूङको लागि प्रस्थान गरियो रसुवागढीबाट अगाडिको बाटो भोटेकोशीको किनारै किनार राम्रो थियो तर पनि कतै कतै भोटेकोशीले कटान गरेको पनि रहेछ त्यस दिन दिनभरी अध्यागमनमा बिताउनु परेकोले दिउसको खाना खाने समय मिलेन सहयोगि स्टाफहरूले हल्का स्न्याक्स फलपूm सप्लाई गरेका थिए नेपालको समय भन्दा चिनको Standard Time घण्टा १५ मिनेट छिटो रहेछ केरूङ्गसम्म राम्रो हरियाली, स्याउ, आरू लगायतका फलपूmलको सिजन, मकै भर्खरै पाक्न लागेका बाटोको दायाँबायाा देख्न पाइएको थियो चिनियाँ समय अनुसार बेलुकी बजेतिर केरूङ पुगियो त्यहाँ Hotel Feitan मा बास बसियो सहयोगि स्टाफहरूले होटलमा कोठाको व्यवस्था मिलाएपछि चीया विस्कुट आधा घण्टापछि भेजिटेवल सुप खाने व्यवस्था मिलाए त्यसको एक घण्टापछि खाना पनि तयार गरे नेपाल तर्फ रसुवागढी सम्म होटलमा नै खाइएको थियो तर तिब्बत छिरेपछि त्यहाँको खानपान नमिल्ने हुदा सहयोगि स्टाफहरूले पानीदेखि सबैकुरा नेपालबाटै लगेका सामान आफैले बनाएर खान पानको राम्रो व्यवस्था गराएका थिए खाने सामान भाँडाकुडा हाम्रा ब्यागहरू बोक्न छुट्टै ट्रक संगै गएको थियो केरूङ्गको बजार नेपालीहरूकै बजार भएकोले त्यहाँ गुम्बा अबलोकन ¥यौं, केही तश्वीर लियौं एउटा १००० एमजीको अक्सीजन सिलण्डिर किनेर कोठामा फर्कियौं त्यस दिनदेखि बेलुकीको खाना खाएपछि हाम्रा गाइडले Altitude Sickness नहोस् भन्नका लागि एक चक्की ज्वालामाइट खान दिनथाले यसले २४ घण्टालाई काम गर्छ भन्थे त्यसको प्रभावले हो कि ? कसो हो ? हामीलाई पछिसम्म पनि High altitude sickness लागेको लक्षण महसुस पनि केही भएन

                भाद्र ११ गते, ब्रेकफास्ट खाएर स्थानीय समय अनुसार बिहानको १०.३० बजे केरूङ्गबाट प्रस्थान गरियो करिब एक घण्टाको हिडाई पछि एउटा सुन्दर झर्ना भएको स्थानमा पुगियो त्यहाँ एकछिन गाडी रोकियो सबै यात्रुहरू बसबाट झरेर केही तश्वीरहरू लिने काम भयो हाम्रो कम्पनीका तीनवटा बाहेक अरू पनि थुप्रै बसका यात्रुहरू त्यहाँ जम्मा भए त्यहाँबाट हिडेपछि विस्तारै रूख बिरूवाहरू हराउदै गए खुरीखण्ड पहाड, ढुङ्गो माटो बाहेक केही देखिदैनथ्यो खोलाको किनारै किनार पुरानो केरूङ्ग त्यस्तै ससाना दुईवटा वस्तीहरू हुँदै ५२२५ मिटर उचाईको भन्ञ्याङ पारगरेर अगाडि बढियो दिउसको लञ्चको लागि भाईहरूले केरूङ्गबाटै तयार गरेर हट डिसहरूमा आल्मोनियम फोयलले बेरेर सामान बोक्ने कण्टेनर ट्रकमा राखेर ल्याएका रहेछन् खाना तातै रहेछ बाटोमा नै गाडी रोकेर दिउसको खाना खाइयो हाई अल्टीच्यूट चिसो ठाउँ भएकाले खाना राम्रैसंग गैरहेको थियो बेलुकी बजे सागा बजार पुगियो यो सागा बजार केरूङ्गबाट १९० किलोमिटर मात्र रहेछ त्यहाँ पहिले नै बूक गरेर रखेको होटेल व्ष्भहष्भ नामको चिनियाँ होटलमा ७५ जना यात्रु १६ जना सहयोगि स्टाफ सबै बसियो दिउसो बजार एक फन्को घुमियो यो ठाउँ कृषि उपजका हिसाबले शूण्य जस्तै रहेछ यहाँ ठूला ठूला होटेलहरू धेरै नै रहेछन् त्यसबाहेक केही निर्माण सामग्रीका पसल, कस्मेटिक, खाद्यान्नका पसल बाहेक अन्य ब्यापारिक गतिविधि खासै देखिएन यहाँको मुख्य व्यवशाय भनेकै पर्यटन, होटल व्यवशाय रहेछ शहरी व्यवस्थापन राम्रोसंग गर्दै आएका सडक पेटी, भूमिगत बिजुली, ढल, नालाहरू व्यवस्थित गर्दै गरेको शहर उन्मुख बजार त्यहाँ हामी दुई रात बास बस्यौं किनकी हाम्रो शरीरलाई उचाइसंग अभ्यस्त गराउदै लैजानु थियो  

                भाद्र १२ गते, विहान उठेर स्नान सन्ध्या, त्यसपछि ब्रेकफास्ट लिएर सहर नजिकैबाट बगेको ब्रम्हपुत्र नदीको किनारतर्फ मर्निङवाक, त्यसपछि ११ बजेतिर लञ्च लिएर दिउसको ३।४ घण्टा होटलमा नै आराम बजेतिर घुम्न निस्कियौं बजारदेखि बाहिर वारिपारिका गाउँतिर घुम्न पुगियो   पुरानो  गाउँ, झ्याल नभएका, छानामा माटोको गोला छापिएका घरहरूको अवशेष अझै देख्न पाइदो रहेछ यस ठाउँको अर्को महत्ववपूर्ण विशेषता कतै पनि, दिन

राती कुनै पनि बेला कुखुरा कराएको   सुनिएन सहरोन्मुख बजर ठूला होटेलहरू निर्माण हुदै गरेकाले यस ठाउँको भविष्य होटल व्यवशायमा नै राम्रो हुने अनुमान गरियो बजारका अधिकांश ठूला घरहरू होटेल नै थिए सहरको आसपास करेसावारी तथा तरकारी खेती गरेको सम्मपनि कतै देखिएन आज पनि मानसरोवर जान आउने ३०० जना भन्दा बढि मानिस यहाँ सागा बजारमा आइपुगेका छन् आजसम्म मौसम सफा भोलीको अवस्था कस्तो हुने हो थाहा छैन यहाँका होटलहरूमा पनि चाइनिज तिब्बतीयन भाषामा मात्र साइनबोर्ड तथा अन्यत्र लेखिएको हुदा आपूm बसेको होटेलको नाम पनि वाइफाईको नामबाट पत्ता लगाउनु पर्ने अवस्था देखियो यो ठाउँमा आँखाले देखेको बाहेक अन्य सूचना जानकारी लिन ज्यादै कठीन हुने रहेछ चीनमा गुगलले काम गर्दो रहेनछ यहाँको wechat software डाउनलोड गर्न पर्दो रहेछ हाम्रो मोबाइलमा ती कुराहरू मिलाउन नसक्दा बाहिरी सम्पर्कमा कठिनाई महसुस गरियो भाइवरसम्म चल्दो रहेछ तर होटलमा धेरैजनाको ट्राफिकले गर्दा त्यो पनि राम्रोसंग चलेन आज सागा आईपुगेका २२ जना यात्रु पनि आजदेखि हाम्रै मेसमा खाना खानेहुदा खाना खाने समयमा पनि भिडभाड बढ्दै गयो आजदेखि करिब १२५ जनाको खाना एउटा मेसबाट हुन थाल्यो

                भाद्र १३ गते, सागाबाट विहान .३० बजे प्रस्थान गरियो बाटोमा पर्ने ससाना गउँ, घाँसे मैदान, याक, चौरी भेडाहरूका बथान देखिन लागे ब्रम्हपुत्र नदीको किनारै किनार तथा समथर उपत्यकाहरू पार गर्दै करिब ७०० किलोमिटर पार गरेर मानसरोवर किनाराको धर्मशालामा बास बस्न पुगियो समथर घाँसे मैदान, साना खोला, खोल्साहरू, ज्यादै मनमोहक दृश्य अवलोकन गर्दै दिउसोको १२ बजे प्रियाङमा खाना खाइयो खाना हाम्रा सहयोगिहरूले सागामा नै तयार गरेर हट डिसहरूमा आल्मोनियम फोयलले प्याक गरेर लगेका थिए त्यसदिन धेरै यात्रीहरू आएको हुदा सबैले त्यही ठाउँमा खाना ख्वाएका थिए करिब ७।८ सये यात्रीहरू त्यहाँ भेला भएका थिए त्यहाँ दिउसको खाना खाएर हामीहरू अगाडि बढ््यौं बेलुकी .३० बजेतिर हामी मानसरोवरको नजिकै रहेको पुलिस चेकपोष्टमा पुगियो मौसम सफा थियो, त्यहाँबाट मानसरोवर  कैलाश पर्वत पनि छर्लङ्ग देखियो हाम्रा गाइडहरू पर्मिट बनाउन तर्फ लागे यात्रुहरू मानसरोवर कैलाश पर्वतको तश्वीरहरू आफ्ना केमरा, मोबाइलहरूमा कैद गर्न ब्यस्त देखिन्थे त्यहाँ यात्रीहरूलाई लक्ष गरेर प्लाष्टिकका जर्किनहरू विक्री गर्न राखेका रहेछन् मानसरोवरको जल लैजानको लागि सबैले २५ युयानका दरले (करिब ५००। नेपाली रूपैयाँ) खरिद गरे दुई घण्टा जती चेकपोष्टमा रोकिएपछि करिब .३० बजेतिर हामीहरू मानसरोवरलाई दाहिने पारेर परिक्रमा गर्न शुरू ¥यौं केही तल आएर मानसरोवरको किनारमा हातमुख धुन जल भर्न गाडी रोकियो मानसरोवरमा डुबुल्की मारेर नुहाउन प्रतिवन्ध लगाएको रहेछ सबै यात्रुले हातमुख धोए, पितृ तर्पण गरे आपूmले लगेका जर्कीनहरूमा जल भरे पुन यात्रा अगाडि बढ््यो अध्यारो हुदै गयो बसले मानसरोवरको किनारै किनार परिक्रमा गरेर करिब १५० किलोमिटरको दूरी पार गरेर बेलुकी बास वस्ने स्थान धर्मशालामा पुग््यौं त्यहाँ सबै यात्रुलाई बास मिलाउनु पर्ने भएकोले जनादेखि १२ जनासम्म बस्न मिल्ने कोठामा बांडिएर बस्यौं हामी ठाकुर, महेश्वर, बल्लभमणी दाहाल एउटा कोठामा बस्यौं हाम्रा सहयोगी साथीहरूले खाना तयार गरे खाना खाएर लामो यात्रा पछिको थकाइलाई विश्राम दिन मजाले निदायौ त्यहाँ शौचालयको उचित प्रवन्ध नभएकोले राती नै उठेर अँध्यारोमा नै शौचादिे निबृत्त हुने काम सक्यौ

भाद्र १४ गते, आज जनैपूर्णिमाको दिन, मानसरोवरमा डुबुल्की मारेर नुहाउने धेरैको धोको थियो तर धोकोमा तुषारापात भयो मानसरोवरमा डुबुल्की मारेर नुहाउन नपाउने हुदा हाम्रा सहयोगीहरूले बिहानै मानसरोवरबाट बाल्टीनमा पानी बोकेर ड्रमहरू भरेर राखेका रहेछन् त्यही पानीमा तातोपानी मिसाएर बाल्टीनमा राखेर नुहाउने काम भयो त्यसपछि तातोपानी, चीया पिएर पूजाको तयारीमा लागियो   दीयो, कलश, गणेश स्थापना गरेर विधिपूर्वक पूजा गरियो त्यही मानसरोवरको एउटा शिलालाई प्राणप्रतिष्ठा गरी विधिपूर्वक शिवजी स्थापना गरियो विधिपूर्वक यज्ञोपवित रक्षाबन्धन पूजा गरियो मानसरोवरको अखण्ड जलधारा सहित पूरा एक आबृत्ती रूद्री पाठ गरियो भक्तहरूले लगेका करिब चारलाख बत्ती विधिपूर्वक संकल्प गरी प्रज्वलन गर्ने काम भयो तागाधारी सबै यात्रुहरूले नूतन यज्ञोपवित धारण गरे रक्षाबन्धनको काम सम्पन्न भयो यी सबै कर्म गराउन पण्डितको भूमिका पनि यो पंक्तिकारबाटै निर्वाह गरिएको थियो पूजाको यावत कर्म सकिएपछि दिनको बजेतिर दिउसको खाना खाएर राक्षस तालको अवलोकन गरेर, त्यहाँ केही तश्वीरहरू कैद गरेर हाम्रो यात्रा दार्चेन Dharchen नामक सहरतर्फ अगाडि बढ्छ नेपालको कर्णाली नदीको उद्गम स्थल त्यही राक्षस ताल रहेछ दिउसको बजेतिर दार्चेन आइपुगेका हामीहरू बस्ने होटल कोठाको बन्दोवस्त मिलाएर चिया पिएर बजार घुम्न निस्कियौं यो पनि होटेलहरूकै सहर रहेछ केही केही सपिङ कम्प्लेक्स अधिकांश होटलहरूनै रहेको पाइयो यहाँको बजार व्यवस्थित रूपले विकसित हुदै गरेको, समथर उपत्यका चारैतर्फ बजार विकासको सम्भाब्यता रहेको देखियो ठूला ठूला होटलहरूको निर्माण कार्य भैरहेको थियो भारतले बाएको तिब्बत जोड्ने लिपूलेकको बाटो अथवा नेपाल तर्फबाट सिमीकोट हिल्सा हुदै आउने बाटोबाट कैलाश मानसरोवर नजिक पर्नेहुदा नेपाल तर्फको बाटो सहज भएपछि तथा भारतीय तीर्थयात्रीका लागि समेत मानसरोवर कैलाश यात्रामा प्रतिवन्ध खुला गरेको अवस्थामा सिजन अवधिभरीनै ठूलो संख्यामा तीर्थयात्रीहरू त्यस क्षेत्रमा आउनसक्ने सम्भाव्यतालाई मध्यनजर गरेर तिब्बतको त्यस दार्चेन क्षेत्रमा ठूला होटेलका पूर्वाधारहरू निर्माण भैरहेको पाइयो भाद्र १५ गते, बिहान बजे बिहानको ब्रेकफास्ट लिएर ट्राभल एजेन्सीकै गाडीमा यमव्दारसम्म जाने जान सक्नेले परिक्रमा जाने नसक्ने यात्रुहरू त्यहिंबाट फिर्किएर दार्चेनमा नै बस्ने कार्यक्रम थियो बिहान १०.३० बजे यमव्दार पुगियो त्यहाँ हाम्रा गाइडले अगाडिको लागि केही ब्रिफिङ गरे, १।१ वटा प्याकेट लञ्च बितरण गरे परिक्रमा गर्न जाने आँट नगर्नेहरू त्यहिंबाट फर्किएर दुईदिन दार्चेनमा नै पर्खिएर बसे परिक्रमामा जानेहरू अगाडि बढे यमव्दारमा खादा घण्टीहरू चढाउदा रहेछन् संग पनि दुइवटा ससाना घण्टी एउटा त्रिशुल थियो त्यसलाई त्यहंी झुण््याएर अगाडि बढें कैलाशबाट हिउँ पग्लेर निस्किएको खोलाको किनारै किनार तर्पायाँ तर्पायाँ उकालो लागियो खोलाको किनारै किनार यात्रुहरू हजारौं मानिसहरूको जन्ती जस्तो लस्कर देखिन्थ्यो तिब्बतीयनहरू घिस्रीएर जमिनलाई आफ्नो शरीरले नाप्दै अगाडि बढ्नेहरूको ताँती पनि कम थिएन यमव्दारबाट देरापुसम्मको दूरी १४ दकिलोमिटर रहेछ त्यसमध्ये किलोमिटर हिंडेर प्याकेटमा लगेको लञ्च खाइयो बाटो तर्पायाँ मात्र उकालो थियो ठाउँठाउँमा तश्वीरहरू लिदै, विभिन्न ठाँबाट आएका यात्रुहरूसंग बोल्दै अन्तरक्रिया गर्दै बजेर ४५ मिनेट जाँदा घण्टा ४५ मिनेटमा १४ किलोमिटरको दूरी पूरा गरेर देरापु पुगियो कैलाश पर्वतको भ्यू सबैभन्दा नजिक राम्रोसंग यही स्थानबाट देखिदो रहेछ २।४ वटा तश्वीरहरू कैद गर्दै त्यसदिन त्यहिं एउटा लजमा बास बसियो त्यसदिन कैलाश परिक्रमा गर्न भनि ५०० भन्दा धेरै मानिसहरू देरापु आइपुगेको अनुमान गरियो यस ठाउँको विशेषता भनेको बजार भरीमा एउटा पब्लीक ट्वाईलेट मात्र रहेछ एक पटकमा पाँचजना महिला पाँचजना पुरूषले मात्र प्रयोग गर्न मिल्ने खालको देरापुको हाइट ५१०० मिटरभन्दा बढी थियो कतिपयलाई अल्टीच्यूटले समाईसकेको थियो उनीहरू बिहानै उठेर एम्बुलेन्स मगाएर दार्चेनतिर फर्किए भने परिक्रमामा जान कस्सिएकाहरू पनि दुईथरी भए एकथरी डोलमाला पाससम्मको किलोमिटर अर्थात् उकालो चाडाई जती घोडामा जाने डोलमालापासबाट ओरालो तर्सो बाटो पैदल जाने अर्को थरी पुरै पैदल परिक्रमा गर्ने हाम्रो ग्रुपमा गएका साथीहरूमध्ये ठाकुर घिमिरे, बल्लभमणि दाहाल यो पंक्तिकार ईश्वरीप्रसाद घिमिरे पैदलै परिक्रमा गर्ने अठोटमा थियौं बेलुकी अक्सीजन लेवल चेक गर्दा अलि कम भएजस्तो लाग्यो अघिल्लो दिनसम्म ८० भन्दा माथि रहेको कक्सिजन लेवल त्यसदिन बेलुकी ७५ मा झरेछ ठाकुरको अवस्था पनि त्यस्तै ७४।७५ नै देखियो मलाइ भित्री मनमा कतै भोली जान सकिंदैन कि ? भन्ने कता कता मनमा डर पनि उब्जीएको थियो तर पनि मनले हरेश खाएको थिएन बेलुकीको डिनरमा दाल, भात दुई पटक थपेर खाएँ आत्म बलियो बाएर सुन्ते बेलामा एक चक्की पारासिटामोल खाएर सुतें ठाकुरले पनि त्यसै गर्नुभयो बल्लभजीलाई केही भएको थिएन वहाँले औषधि खानु भएन भोलिपल्ट बिहान बजेदेखि मानिसहरूले हल्ला गर्न थाले झोला कुम्ला बोकेर उकालो लाग्न थाले त्यहाँ नबजी उज्यालो नहुने भनेर पनि Open Toilet गएर पुन कोठामा आएर सुतें बिहान .०० बजे उठेर तातोपानी, चिया, ब्रेकफास्ट दिउसको लागि लञ्चको प्याकेट लिएर .३० बजेतिर उकालो लाग्यौं अध्यारै थियो करिब एक घण्टा जती अँध्यारोमा नै अलिकती उकालो बाटो काटियो

भाद्र १६ गते विहान .३० बजे नै डोलमालाको उकालो चड्न शुरू गरियो ज्यादै कठीन उकालो रहेछ ५६५० मिटर उचाइको पास क्रस गर्नुपर्ने साडेदुई घण्टाको अवधिमा डोलमाला पासको थाप्लोमा पुगियो उकालो तीनवटा स्टेपमा रहेछ अरू तर्पायाँ उकालो मात्र तीनवटा स्टेप चाहिं खतरा उकालै हो ठाकुरबाबु मलाई अलि कठीन भयो  तेस्रो स्टेपको उकालोमा आधा घण्टा जती अक्सिजनको प्रयोग गर्नु ¥यो आफ्नै ब्यागमा सानो सिलिण्डर थियो  त्यसैको सहायताले उकालो पार गरियो उकालो पार गरिसकेपछि एउटा ठूलै लडाई जितेको अनुभव गरियो उकालोमा ठाकुरबाबुले मोवाइल हराउनु भयो चिसोको कारणले हातमा पञ्जा लगाउनु भएको थियो पकेटमा राखें भनेको मोबाइल पकेट बाहिर परेछ कता

खस्यो पत्ता पाइएन ठूला ढुङ्गाहरूको माथिबाट उकालो बाटो थियो सायद ढङ्गाको चेपमा परेर तल कतै पुगेको अनुमान गरियो । वहाँको मोबाइलमा धेरै राम्रा फोटाहरू थिए सबै नोक्सान भयो    निरौलाबन्धुहरूले उकलो जती घोडा प्रयोग गर्नुभयो रवि काफ्ले लगायतका अरू धेरै साथीहरूले पैदलै परिक्रमा गर्नुभयो डोलमालाबाट गौरीकुण्डलाई दाहिने पारेर करिब किलोमिटर ओरालो झरेपछि फेदीमा २।४ वटा चिया पसलहरू रहेछन् त्यहाँ हामी तीन जनाले एउटा सानो थर्मस भोटे चिया किन्यौं सानो थर्मसको युयान लिदो रहेछ त्यहाँ चिया कपको हिसाबले होइन थर्मसको साइज अनुसार थर्मसको हिसाबले मुल्य हुदो रहेछ   फेदीबाट तर्पायाँ ओरालो तर्सो बाटो, ठाउँठाउँमा चिया पसलहरू भेटिए हामीहरूले पनि त्यहाँ बाटोका पसलमा Energy Drinks  आफ्नो झोलामा बोकेका विविध प्रकारका खाद्य सामग्रीहरू चपाउँदै २२ सिकलोमिटरको यात्रा पूरा गरेर साँझपर्दा बास बस्ने ठाउँ जोजुल्पु भन्ने ठाउँमा लामो थकाइका साथ आएर बास बसियो त्यहाँ ठूलाठूला सरकारी धर्मशालाहरू रहेछन् ५।७ सये मानिसलाई बास बस्न पुग्ने एउटै कोठामा तीन जनादेखि ७।८ जनासम्म बस्न मिल्ने व्यवस्थित बेडरूमहरू तर Toilet भने जम्मा एउटा Public Toilet  मात्र त्यो पनि बजारको बिच भागमा । Open Toilet  प्रयोग गरेर काम चलाइयो जोजल्पुमा आइपुगेपछि हाम्रा सहयोगि स्टाफहरूले बेलुकी चिया, मकै, सुप खाएर थकाई मेटाउनु भयो बेलुकीको खाना टिमुरको छोपसंग खिचडी अपूर्व स्वाद लिएर खाइयो

यात्रामा महसुस गरिएका केही विशेष कुराहरूhttps://www.facebook.com/

  • यात्रा अवधिमा तिब्बत क्षेत्रमा कुखुरा पालेको कतै देखिएन भने बिहानीपख कुखुरा कराएको पनि कतै सुनिएन 
  • बाहिर सडकमा भुक्ने भुस्याहा कुकुरहरू पनि कतै देखिएनभेटिएन  भेडाका बथानमा भने देखिएका थिए 
  • Tourism Information Zegro नै अनुभव गरियो  सडकमाबजारमा अथवा कुनै पनि चेकपोष्ट जस्ता सरकारी कार्यालयमा राखिएका साइनबोर्डहरूमा चीनीयाँ  तिब्बतीयन भाषामा मात्र लेखिएका देखिन्थे  अंग्रेजी भाषामा लेखिएका सूचनापाटीहरू कमै पाइयो  
  •   Public Toilet, Police check post / China   Telecom बाहेक कुनै कुनै होटललेसम्म होटलको नाम अँग्रेजीमा लेखेका पाइयो अरू सबै चीनीयाँ  तिब्बती भाषामा मात्र थिए  त्यसैले स्थानको नाम लगायत अरू धेरै सूचनाहरू लिन सकिने अवस्था रहेनछ 
  • मानसरोवर क्षेत्रको व्यवस्थापन अपेक्षाकृत व्यवस्थित देखिएन  सरोवरका किनारहरूमा फोहोर थियो  सरोवरको किनारामा हिलोमा हुने झारपातको सफाई लगायत व्यवस्थित देखिएन 
  • मानसरो.वरको किनारामा अत्यावश्यक ठाउँहरूमा  Public Toilets  व्यवस्था गरेको पनि देखिएन 
  • जंगली जनावर  चराचुरूङ्गीहरू केही देख्न हेर्न पाइएन 

            भाद्र १७ गते, बिहान बजे अध्यारैमा जोजुल्पुबाट ब्रेकफास्ट खाएर झोला बोकेर हिडियो तर्पायाँ ओरालो तर्सो बाटो हुदै वारीपारीका खुरिखण्ड डाँडाहरू, खोला खोल्साहरू आसपास केही हरिया चौर, बिहान बजे किलोमिटर बाटो हिडेर चियापसलहरू भएको ठाउँमा आईपुगियो ठाउँको नाम थाहा छैन त्यहाँ एउटा ठूलो थर्मस भोटे चिया किनेर सबै मिलेर खाइयो एकछिन आराम गरेपछि हाम्रो बस हामीलाई लिन त्यही ठाउँमा आइपुग्यो बस चढेर पहिले बास बसेको होटल दर्चेनमा पुगियो त्यहाँ कैलाश प्रदक्षिणमा जान नसकेका बिचबाटोबाटै फकिएका यात्रु साथीहरू थिए त्यहाँ चिया, स्न्याक्सहरू लिएर १० बजे बिहान हाम्रो फिर्ती यात्रा शुरू भयो अघिल्लो दिनको थकाइले लम्पट भएको हुदा बसमा आरामसंग निदाइयो दिनको बजे एउटा चौरमा बस रोकियो त्यही दिउसको खाना खाइयो बेलूकी बजे सागा पुगेर जाँदा बास बसेकै होटलमा बसियो

                भाद्र १८ गते, आज बिहान पनि साविक बमोजिम नै बिहान उठेर तीन दिनदेखि नुहाउन नपाएको धोको फेरेर नुहाउने काम गरियो बिहान बजे ब्रेकफास्ट खाएर १० बजे केरूङको लागि प्रस्थान गरियो बाटोमा हरिया चौरहरू भेडा, च्यांग्राका गोठ, खर्कहरू धेरै ठाउँमा देखियो वस्तीहरू पनि ठाउँ ठाउँमा अलि बाक्लो देखिदै थिए ५२२५ मिटर उचाइको पास क्रस गर्नुपरेको थियो आज मौसम अल्ली विग्रीयो ठूलो पानी पर्न नसकेपनि अधिकांश समय बदलिनै रह्यो मानसरोवर ताल यसका आसपासमा तथा केरूङबाट माथि लागेपछि प्रशस्तै सिमसार क्षेत्र रहेको देखियो तर चराचुरूङ्गी खासै देखिएन मानसरोवर, राक्षस ताल, हनुमान तालमा पनि वकुल्ला प्रजातीका चराहरू नदेखिएकोले चरा प्रजातीको पनि चहलपहल देखिएन सायद हिउको ज्यादै चिसो पानी भएकोले त्यहाँ माछा हुदैनन्  होला माछा नभएपछि बकुल्लाको खान्की पनि नहुने भएकोले हो कि भन्ने सोझो अनुमान मात्र लगाइयो दिउसको बजे केरूङ आइपुगेर होटेलमा झोला बिसाइयो दिउसको लञ्च खाइयो केरूङ बजार एक राउण्ड घुमियो साथीहरूसंग सानोतिनो मार्केटिङ पनि गरियो कैलाशबाट फर्किएका विभिन्न ट्राभल कम्पनीका राता, पहेंला ज्याकेट लगाएका यात्रुहरूले बजारका सिमित होटेलहरू भरिएका थिए   सानो बजारका पसलहरूमा यात्रुहरूकै चहलपहल थियो सायद त्यसदिन ८।९ सये यात्रीहरू केरूङमा बास बसेका थिए जुन पसलमा गएपनि नेपाली नभएको पसल थिएन केरूङको बजारमा सामानको मुल्य चिनीयाँ मुद्रामा भएपनि सबै पसलमा नेपाली पैसा नै चल्ने हुदा त्यसदिन केरूङका पसलहरूमा राम्रै ब्यापार भयो आजको दिन समाप्त भयो भोली १९ गते रसुवागढीमा चिनियाँ अध्यागमनमा कति भिड हुने हो कति समय लाइनमा बस्नुपर्ने हो भन्ने कुराकानी गर्दै निदाइयो

भाद्र १९ गते, बिहान ब्रेकफास्ट खाएर .३० बजेतिर हाम्रो भूमियान रसुवागढीका लागि प्रस्थान ¥यो त्यस्तै १०.१५ बजेतिर रसुवागढी आइपुगियो चीनतर्फको अध्यागमनमा कैलाश भ्रमण गरेर फर्किएका यात्रुहरूको ठूलो भिड रहेछ एजेण्टहरू आफ्ना ग्रुपका मानिसहरूलाई मात्र भित्र पठाउन प्रयत्नमा थिए भिड अनुशासित थिएन अध्यागमनका कर्मचारी सुरक्षाकर्मीले यात्रुलाई व्यवस्थित गराउन मुश्किल परेको थियो खासगरी ट्राभल एजेन्सीका प्रतिनिधिहरूले आफ्ना यात्रुलाईमात्र कसरी भित्र पठाउने भन्ने तिगडमबाजिले गर्दा  सारा यात्रुहरूले दुःख पाइरहेका थिए अस्तव्यस्त भीडको कारणले अध्यागमनका कर्मचारी पनि दिक्क भएको भान हुन्थ्यो पछि विस्तारै भित्र घुसेका यात्रुहरूलाई बाहिर निकालेर ट्राभल एजेन्सी अनुसार पालोपालो गरेर लाइन लगाउन थालेपछि हाम्रो पालो पनि आयो बजेतिर लाइनमा बस्न पाइएको थियो .३० मा हामी त्यहाँबाट छुटकारा भयौं नेपाल तर्फको अध्यागमनमा आएर १५।२० मिनेटको लाईन बसाई पछि राहदानीमा छाप लगाएर त्यहीं नजिकै रहेको होटलमा विहानको खाना दिउसको बजेमात्र खान पाइयो हामी Touch Kailash नामक ट्राभल एजेन्सी मार्फत ७० जना यात्रुहरू वटा बसमा चढेर गएका थियौ सबैले त्यहीं खाना खायौं हाम्रो ११ दिनको कठीन यात्रामा गाईड सहयोगि स्टाफहरूको पूर्ण रहयोग रह््यो खानाको कारणले कोही पनि बिरामी परेन भने खानामा केही कमेण्ट गर्ने ठाउँ पनि रहेन गाईड सहयोगि स्टाफहरूलाई त्यहीं खाना खाएकै होटलमा धन्यवाद तीनवटा बसका यात्रुबाट उठाइएको टिप्स दिएर उनीहरूको मन जित्ने प्रयास ¥यौं उनीहरूले हाम्रो मन यात्राको अवधिमा नै जीति सकेका थिए .३० बजे बस चढेर काठमाडौंका लागि प्रस्थान ¥यौं मैलुङबेंसीको बाटो ज्यादै खराब रहेछ राती .३० बजेतिर मात्र वेत्रावती पुगियो त्यहाँ एक घण्टा रेष्ट गरेर सवारी चालकले टोखा छहरेको बाटो समाते रातको समयमा गाडीको ट्राफिक कम भएकोले ११ बजेतिर बालाजु, जहाँबाट हामी बस चढेका थियौं त्यहीं पुगेर आफ्ना झोला बुझ्यौं ट््याक्सी चढेर आफ्ना गन्तब्य तिर लाग्यौं यस्तो रोमाञ्चपूर्ण रह्यो हाम्रो कैलाश मानसरोवर यात्रा

जय कैलाश ! जय कैलाशपति ! जय मानसरोवर ! जय सम्पूर्ण यात्रु ! जय टच कैलाश अस्तुृ

ईश्वरी प्रसाद घिमिरे

गोरखाहालः कामपा १३वाफल काठमाडौं

केही तश्वीरहरू


 (1) सूर्योदयमा कैलाश (2) 5650 मिटर उचाइको डोलमाला पास (3) देरापुबाट देखिने 

कैलाश पर्वत  (4) यमव्दारबाट  देखिने कैलाश पर्वत (5) पूर्वी मोहोडाबाट देखिने कैलाश पर्वत  (6)  देरापुबाट

 कैलाश पर्वत टच  गर्दै  (7)  डोलमाला उकालोबाट कैलाश पर्वत  (8) सम्बत् १९१२ मा नेपाल र तिब्बत को बिचमा

 लडाई हुदा नेपाली बीर योद्धाहरुले भोटेहरुलाई हराएर पठाएको रसुवा गढी किल्लामा राखिएको सिलालेख ।

 (9)  Kerung माथि बाटोमा रहेको झरना । (10) 1.तिब्बती भेडाको बथान (11) ब्रम्हपुत्र नदी  (12)  मानसरोवर

 (13)  यमव्दारबाट पैदल हिडेर कैलाश परिक्रमा गर्न जानेहरुको ताँती । (14) फर्किदा चिनियाँ अध्यागमनमा

 देखिएको अस्तव्यस्त भिड । (15) यमवगव्दारबाट हेर्दा कैलाश पर्वत  र यमवगव्दारबाट कैलाश पर्वत परिक्रमा 

गर्न हिडेका यात्रुको ताँती । (16)  दार्चेनमा (17) रसुवागढीमा महेश दाहाल, दामोदर अधिकारी लगायतका साथीहरुसंग























 





No comments:

Post a Comment