Tuesday, May 7, 2024

दर्शन कामाख्या, यात्रा आसाम, गोहाटी, दार्जिलिङ





 

दर्शन कामाख्या, यात्रा आसाम, गोहाटी, दार्जिलिङ

     हामी एकै ठाउँका भाईवन्धुहरुको बिचमा कामाख्या भगवती (कामरु कामक्ष) को दर्शन गर्न जाने सल्लाह भयो पौराणिक कथा अनुसार सतीदेवीको योनी पतन भएको स्थान भारत आसमको गोहाटी सहर नजिक रहेको प्रसिद्ध कामाख्या देवीको मन्दिर, जहाँ वर्षेानी लाखौं तीर्थयात्रीहरु दर्शन गर्न पुग्दछन् वि सं. २०८०।१२।२० मा हामी २६ जना यात्रीहरु बस चडेर प्रस्थान ¥यौं यात्रा व्यवस्थापक देवदर्शन तिर्थयात्रा कम्पनीका प्रोप्राइटर देवी शर्मा लामिछाने यात्राको सहजीकरण गरेर साथै जानु भएको थियो यात्रुहरु २६ जना गाडिका स्टाफ भान्छे, चालक सहित ३० जना थियौं २६ जना यात्रीमाध्ये एकजना पराजुली बाँकी २५ जना एउटै गाउँ साविक गोरखा, हर्मीका घिमिरेवन्धुहरु परिवार सहित तथा घिमिरेकै चेलीहरु थिए यात्रालाई रोमाञ्चक बनाउन हामीहरुले गाउँमा भोगी आएका घटनाहरु, वाल्यकालका गतिविधिहरुदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय यात्राको क्रममा अनुभव गरिएका तथा पेशा व्यवशायको सिलसिलामा संगालिएका अनुभवरुपी पुस्तकका पानाहरु केलाउने काम भैरहन्थे

        


      शुरुको दिन सबेरै बसमा चडियो, धुलिखेल पल्तिर पुगेर एउटा होटलमा चिया, नास्ता गरियो बास बस्न तोकिएको स्थान इटहरीमा पुग्न अबेर हुन्छ कि भनेर मूलकोटमा पुगेर एउटा होटलमा बिहानको खाना खाइयो होटलको खनामा तरकारी बासी परेछ, केही यात्रुलाई त्यसको प्रभाव देखियो बेलुकीदेखि हाम्रो खाना बसमा संगै गएका स्टाफहरुले नै पकाएर खुवाउने प्रवन्ध भयो मौसम अनुसारको हरियो तरकारी दाल, भात, अचार आफैले पकाएर खाँदा स्वादिलो स्वास्थ्यकर पनि भयो बाँकी यात्राको क्रममा कसैले पनि खानाको कारणले विरामी हुनु परेन यात्रीहरु अधिकांश सेवा निबृत्त भएका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकहरु भएकाले धेरै कुराको अनुभव हासिल गरेका थिए कवि कलाकारहरु पनि टिममा भएकाले यात्राको रोमाञ्चकता दिनप्रतिदिन बढ्दै गएको अनुभव हुन्थ्यो

    २१ गते विहान बजेनै हाम्रो बस इटहरीबाट पूर्व हानियो पथरीमा पुगेर विहानको चिया खाइयो त्यहाँ सन्थालहरुको चिया पसलमा मिठो गाईको दूध पाइने रहेछ, चियाको मूल्य २० दूधको मूल्य २५ रहेछ, चियाको सट्टा दूधनै पिइयो त्यसदिन बिहानको खाना, राजमार्गबाट किलोमिटर उत्तरतर्फ सताक्षीधाम मन्दिर परिसरमा भयो त्यहाँ विभिन्न देव देवीका मन्दिर सहित धामलाई व्यवस्थित गर्ने काम हुँदै रहेछ यात्रुहरुले त्यस संस्थाका सचिवलाई रसिद काटेर यथासक्य चन्दा दानगर्ने काम पनि भयो विहानको खानापछि हाम्रो यात्रा अगाडि बढ्यो हाम्रो सवारी एकैचोटी मेची पूल पार गरेर पानीटं्याकी भारतीय अध्यागमन क्षेत्रमा पुगेर रोकियो हामी यात्रुहरुको नाम, लिष्ट अनुसार आफ्नो परिचयको लागि नागरिकताको प्रमाणपत्र देखाएर भारतको भूमी प्रवेश गरियो यात्रा पानीटंकीबाट नक्शलवारी, वागडोगरा, सिलिगुडी, जलपाइगुडी हुदै अगाडि बढ्यो सिलिगुडीमा सडकमाथि फ्लाइओभर निर्माण गर्न लागेको बजार क्षेत्र अगाडि भएको कारणले केही समय ट्राफिक जाममा अल्मलियोे त्यसपछि सडक फराकिलो सिधा हाइवे भएको कारण गाडिको स्पीड पनि बढ्दै गयो टिष्टा नदीको पूल तरेर सिधा पूर्व हानियो बेलुकी हासिमारा भन्ने स्थानमा शिवालय लजमा बास भयो बसका स्टाफहरुले खाना तयार गरे यात्रुहरुलाई वरपरका बजार, गाउँघर डुल्ने अवसर मिल्यो त्यस ठाउँमा १३५ घर नेपाली भाषी प्रवासी नेपालीहरुको वस्ती रहेछ उनीहरु भन्थे हाम्रा बाबु बजेहरु सिक्किमबाट यहाँ बसाई सरेर आएका हुन् हाम्रा नातेदार, इष्टमित्र झापा मोरङतिर छन्, हामी पनि बेला बखत त्यतातिर गैरहन्छौं भन्थे समथर भूमी, विश्वकै धेरै पानी पर्ने आसामको चेरापुञ्जी पहाडको नजिक भएकोले त्यस क्षेत्रमा हरियाली, वन, जंगल प्रशस्तै देखियो पहाडबाट बगेर आएका प्रशस्त खोलानालाहरु पनि नदीको क्षेत्रमानै सिमित रहेको, वस्ती, खेतवारीलाई असर नपु¥याएको, पूरा सिचाइं सुविधा भएको धान खेत, हरिया मैदान, मकैवारी, सडकबाट दायाँबायाँ नजरले भेटेसम्मका विशाल चिया बगानहरु देखिन्थे

      चैत्र २२ गते विहान बजे हामी हासिमाराबाट बस चढेर हिड्यौं दायाँबायाँ ठूला ठूला चिया बगानहरु, हरियाली जंगल पार गर्दै विहान १० बजेतिर सडक किनारामा रहेको एउटा सामुदायिक भवन परिसरमा पकाउने बन्दोवस्त भयो नजिकै नदी पनि रहेछ महिला यात्रुहरु नदी किनारा, बुट्यानतीर गएर न्यूरो खोजेर केलाए बिहानको खाना न्यूराको तरकारीसंग मिठो स्वादले  खाइयो खाना पकाउने समयमा स्थानीयहरुसंग कुराकानी भयो, त्यो ठाउँ आसामको गोरुवसा जिल्ला, नागदलवारी ठाना, जम्बा बजार जिराङ रहेछ त्यस ईलाकामा निरौला घिमिरे, सापकोटा लगायत २८ घरधुरी नेपाली भाषी प्रवासी नेपालीहरुको बसोवास रहेछ उनीहरु २०१८ सालतिर सिक्किम गान्तोकबाट बसाई सरेर आएका रहेछन् विहानको खाना खाएर हामी बाटो लाग्यौं सडक धेरै फराकिलो हाईवे मा दिनभरीको यात्रा पूरा गरी बेलूकी बजे हामी आसाम राज्यको राजधानी गोहाटी सहर पुगियो सहरभन्दा माथि नील पर्वतमा अवस्थित कामाख्या देवीको दर्शन गर्नु नै हाम्रो मुख्य उद्देश्य थियो हाम्रो बस मन्दिर नजिकै रहेको एउटा लज अगाडि पुगेर रोकियो हाम्रा यात्रा प्रवन्धक देवीजीले त्यस लजका म्यानेजरसंग पहिलेनै कुरा गरीसक्नु भएको रहेछ सिजन भएर होला बाहिरबाट जाने यात्रुहरुले त्यहाँका लज, होटलहरु भरिभराउ थिए हामीले पनि कुरा मिलाएर त्यसै लजमा आफ्ना झोला झाम्टा राख्यौं  

बसका स्टाफहरु खाना तयार गर्न लागे हामी केही यात्रीहरु बेलुकी नै गएर मन्दिरको परिक्रमा गरेर केही तश्वीर लिने काम समेत गर्न भ्याइयो बिहान मन्दिरभित्र देवीको दर्शन गर्नको लागि पहिले टोकन लिएर मात्र  लाइनमा बस्न पाइने रहेछ हाम्रो यात्रु टोली रातको .३० बजेनै टोकन लिने लाइनमा गएर खडा भयौं टोकन लिन रातीदेखिनै दर्शनार्थीहरुको भिड बढ्दै गयो साडे दुई घण्टाको लाइन बसाई पछि बजे काउण्टर खुल्नासाथ टोकन पाइयो देवीको दर्शन गर्न मन्दिरको लाइनमा बसियो करिब अढाई घण्टाको लाइन बसाई पछि लामो प्रतिक्षाको घडीलाई अवसरमा बदल्दै मन्दिरको गर्भगृहमा रहेको कामाख्या भगवतीको मूर्तीलाई झलक्क हेर्न के पाइएको थियो, लाइनमा आएका पछाडिका मानिसहरुले धकेलीहाले, भेटी चढाउन हातमा लिएको पैसा पण्डाले थुतेर लिए, सुरक्षा गार्डले पनि पाखुरामा समातेर सुरक्षित बाहिर पठाए बाहिर आएर तश्वीरहरु खिचियो चेरापुञ्जी क्षेत्र हो ? बिहानै ठूलो पानी ¥यो हामीहरु केही भिज्यौं पनि   होटलमा १।१ कप चिया पिएर हामी बास बसेको ठाउँमा गई बिहानको खाना खाइयो   त्यहाँका मठ, मन्दिर, बजार घुम्नको लागि वटा साना गाडी भाडामा लिएका थियौं ती गाडिबाट ब्रम्हपुत्र नदीको बिच भाग टापूमा रहेको उमानन्द मन्दिरमा स्टीमरमा गएर दर्शन गरेर आइयो त्यसपछि त्यहाँका प्रशिद्ध मठ मन्दिरहरु नवग्रह मन्दिर, तीरुपती बालाजी लगायत आठवटा मन्दिर बजारको परिक्रमा गरी बेलुकी सोही लजमा आएर बास बसियो


          पाँचौं दिन अर्थात् २४ गते सबेरै फिर्ती यात्रा शुरुभयो जाँदाको दिन खाना खाएकै ठाउँ गोरुवसा जिराङमा आएर विहानको खाना खाइयो त्यस दिन पनि महिला यात्रीहरुले न्यूरोको जोगाड गर्न भ्याएका थिए त्यस दिनबाट यात्रा व्यवस्थापक देबीजीले हामीभन्दा तीन दिन अगाडि नै पठाउनु भएका एकबस यात्रु पर्शुरामकुण्डसम्म पुगेर फर्केका हेछन् उनीहरुको पनि खानाको मेस बस्ने ठाउँ एकै स्थानमा हुन थाल्यो त्यसदिन पनि हामीहरु हासिमारामा नै पुगेर बस्यौं हासिमाराबाट २५ गते बिहान हामीहरु टिस्टा नदी तरेर नदी किनार हुदै सिक्कीमको,  नाम्ची जानु थियो तर गतवर्ष टिस्टा नदीमा आएको बाढीले उक्त सडकलाई धेरै क्षती पु¥याएको हुदा बाटो बन्द गरेर सडक पुनः निर्माण हुदै गरेको रहेछ त्यताबाट जान पाइएन पुन फर्किएर माल बजारबाट उत्तर लागेर कालिङपोङ बजार हुदै जाने सडक समात्नु ¥यो उकालो लागेपछि एउटा खोलाको किनारामा चिया पसलहरु रहेछन् त्यहाँ पानीको सुविधा पनि रहेछ त्यसैले त्यही ठाएँमा विहानको खाना बनाएर खायौं बाटो घुमाउरो भएतापनि हामीहरुलाई कालिङपोङ जिल्ला कालेबुङ बजार देख्ने, हेर्नेे अवसर मिल्यो ज्यादै भिरालो पहाडमा बसेको कालेबुङ बजार, अधिकांश नेपाली भाषीहरुको बसोवास क्षेत्र, साँघुरा सडक, बोलेरो, टाटासुमो जस्ता साना गाडिहरुको ब्यापक प्रयोग, घुम्तीपिच्छे जाम, दोहोरो गाडी हिड्नुपर्ने, बाध्यता धन्न त्यस दिन सरकारी विदाको दिन परेकाले ट्राफिक कम भएर हामी ठूलो जाममा फस्नु परेन, नत्रभने ४।५ घण्टासम्म पनि जाममा फस्नुपर्ने हुन्छ भनेर हाम्रा चालकले भन्दै थिए हामी चढेको बसका चालक जनकराम पौडेल एक अनुभवी सिपालु चालक रहेछन् उनको गाडी हँकाइप्रति सबै यात्रुहरु संतुष्ट ढुक्क थिए एकनासको गती, साँघुरा सडकमा पनि बिचार पु¥याएर चलाउने, उनको सुरक्षित हँकाइको कारणले यात्रुहरु खुशी भएर विदा हुने दिनमा सबैले उठाएर एकमुष्ठ रुपमा केही रकम बक्सिस पनि दिएका थियौं

          सिक्किम प्रवेश गर्ने विन्दुमा सबैको परिचयपत्र हेरियो सबै यात्रुले नागरिकताको सक्कलै १।१ प्रति फोटोकपी पनि बोकेका थियौं चेक इन गर्ने प्रवेश विन्दुमा नागरिकताको फोटोकपीहरु त्यहीं बुझाएर हाम्रो यात्रा सिक्किमको नाम्चीतिर उकालो लाग्यो डाँडाको माथि नाम्ची बजार रहेछ साँझ बजेतिर हामी त्यहाँ पुग्यौं हाम्रा यात्रा व्यवस्थापकले पहिले नै बुक गरेको एउटा लजमा झोला झाम्टा राखेर त्यहाँको पर्यटकीय आकर्षणको केन्द्र चारधाम मन्दिरहरु घुम्न टिकट काटियो मन्दिर कम्प्लेक्समा प्रवेश गरियो त्यहाँ डाँडामा ठूलो डाँडै जत्रो शिवजीको मूर्ती, त्यस वरिपरी भारतवर्षका चारधाम जगन्नाथ पुरी, रामेश्वर, द्वारका, बद्रीनाथ, केदारनाथका मन्दिरहरु, संगै किराँतेश्वर महादेवको विशाल मूर्ती, डाँडैभरी देवी देवताको मन्दिले भरिएको धार्मिक क्षेत्र, धार्मिक पर्यटकहरु आकर्षण गर्ने रमणीय ठाउँ रहेछ नाम्ची घुम्दाघुम्दै साँझ ¥यो त्यहाँ फुर्सतले बसेर हेर्ने, त्यस ठाउँको ऐतिहासिक पृष्ठभूमी बुझ्ने समयनै भएन, अँध्यारो भएको पत्तै भएन, नजिकै लजमा आएर बास बसियो त्यहाँका मानिसहरुको बोलीचाली राम्रो, मिजासिलो, नेपालीहरु प्रति विशेष सहयोग स्नेहपूर्ण व्यवहार, सबै नेपाली भषी होटलहरु पनि सफासुग्घर हामी बसेको लजको मालिक्नी हामी फुयाँल थरका हौं भन्थिन् श्रीमान् सिक्किम पुलिसमा जागिरे रहेछन्, दुई छोरा एक छोरी चारैजना दत्तचित्त भएर हामी यात्रुहरुको वसोवासको व्यवस्थापनमा लागे खाना हाम्रा गाडीमा गएका स्टाफले नै बनाउँथे दुईवटै बसका यात्रु स्टाफ सहित ५२।५३ जनालाई उनीकै दुईवटा घरमा चलाएको लजमा एडजष्ट गराए पर्यटक आकर्षणको केन्द्र रहेछ नाम्ची, त्यसैलेत बर्षेनी हजारौं लाखौं नेपालीहरु त्यहाँ पुग्दा रहेछन् जसले गर्दा एउटै भाषा, भेषभूषा, एउटै रहनसहन भएका हामी नेपाली त्यहाँका नेपाली भाषी (प्रवासि नेपाली) दाजुभाईहरुसंग भेटघाट हुने एक आपसमा आत्मीयता बाड्ने अवसरले धर्म संस्कृतिलाई पनि बचाई राखेको अनुभव हामीले पनि संगालेर ल्यायौं हाम्रो गान्तोकसम्म जाने बिचार थियो तर गान्तोक त्यहाँबाट ९० किलोमिटर टाढा रहेछ सानो गाडीमात्र जाने  साँघुरो बाटो, त्यसमा पनि बाटो पुनः निर्माण गर्न लागेकोले ठाउँठाउँमा धेरै समय रोकिदै जानुपर्ने भएको हाम्रो सवारी ३० सिटर बस भएको हुदा हामीले त्यहाँभन्दा अगाडि जाने आँट गरेनौं चैत्र २६ गते, सातौं दिन सबेरै उठेर हामी अघिल्लो दिन आएकै बाटो कालिङपोङ हुदै माल बजार ¥यौं

दार्जिलिङ जान अघिल्लो दिनको जस्तै टिष्टाबाट बाटो बन्द भएको खण्डमा सिलिगुढी भएर घुमेर जानुपर्ने अवस्था थियो तर भाग्यवस त्यस दिन टिष्टाको किनारकै बाटो प्रवेश पाइएकोले टिष्टा नदी किनारबाट उकालो चड्यौ टिष्टा नदी ठूलो रहेछ करिब महाकाली नदी जत्रै ठूलो बेला बखत यात्रुहरुको बिचमा कुरा हुन्थ्यो पश्चिम किल्ला कांगडा, पूर्वमा टिष्टा पुगथ्यौं कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं त्यो भूमी टिकाइराख्न सकेको भए सिलगुडी, दार्जिलिङ जाँदा विदेशी भूमी भन्नुपर्ने थिएन भनेर पनि यात्रुहरुको बिचमा विमर्श चल्दथ्यो


 दार्जिलिङको उकालो चढेर घुम पहाड पुगेपछि घुमको रेल्वे स्टेशन नजिकै हाम्रो बस रोकियो दार्जिलिङ सहर भित्र साँघुरो सडक संरचना भएकोले ठूला बस, ट्रक जान मनाही रहेछ हाम्रो यात्रा व्यवस्थापक देविजीले दार्जिलिङ गेष्टहाउसमा बस्नको लागि बुक गर्नु भएको रहेछ घुमबाट त्यहाँ पुग्न ९।१० किलोमिटर टाढा रहेछ त्यसैले हामीले एक रातका लागि आवश्यक कपडा अन्य सामान मात्र सानो झोलामा लियौं होटलबाट पठाइदिएको चारवटा गाडीमा बसेर होटलमा पुग्यौं हामीलाई बजार घुम्ने घण्टा समय थियो तर दुुर्भाग्यवस ठूलो असिनापानी ¥यो भिज्दै होटलमा पुगियो तर त्यसदिन घुम्न जान सकेनौं भोलीपल्ट २७ गते विहान बजेनै होटेलले प्याकेजमा साइड सिनको लागि व्यवस्था गरेको गाडी होटलमा आईपुग्यो हामी अँध्यारोमा नै गाडी चडेर सूर्योदयको दृश्यावलोकन गर्न टाइगर हिलतर्फ उकालो लाग्यौं त्यहाँ बिहान सवेरैदेखि सूर्योदय हेर्न ठूलो मेला लागेको जस्तो हुदो रहेछ देश, विदेशका हज्जारौं मानिसहरु भेला भैसकेका हामी पनि विदेशी पर्यटक ठह¥यौं, त्यही भिडमा मिसिएर सूर्याेदयतर्फ मुण्टो फर्काएर, मोवाइलको केमरा मिलाएर महत्वपूर्ण वस्तु नै छुट्छ कि भनेर एकोहोरो मुण्टो लगाएर हेर्न थाल्यौं अघिल्लो दिन बेलुकी ठूलै पानी परेकोले त्यसदिन बिहान आकाश सफा थियो सूर्योदय हेर्ने मानिस पनि खचाखच थिए एकै छिनमा विस्तारै सूर्यनारायणले पृथ्वीलाई रोशनी छर्दै धर्तीको तलबाट पिर्र्लीक्क रातो टाटोमा आफ्नो कलिलो स्वरुप देखाउनुभयो मैले मन्त्र पढेंआकृष्णेन रजसाव्वर्तमानो निवेशयन्न अमृतम्मत्र्यञ्च हिरण्ययेन सवितारथेनादेवोयातिभुवनानिपश्श्यन् हज्जारौं भिडहरुले फोटो खिचे, सेल्फी खिचे, सूर्यनारायण माथि आउदै हुनुहुन्थ्यो दर्शकहरु त्यहाँबाट हिंडिहाले त्यहाँ चिया, कफी लगायत उनीका कपडाहरुको दैनिक ठूलो व्यापार हुदोरहेछ  नेपालमा पनि श्रीअन्तु, नगरकोट, राइनासकोट, सराङकोट लगायतका अग्ला स्थानहरुबाट सूर्योदय हेर्न मानिसहरु प्रशस्तै जाने गरेका छन् तर नेपालबाट देखिने सूर्योदय  टाइगरहिलबाट देखिने सूर्योदयको दृश्य फरक हुने रहेछ नेपालबाट देखिने सूर्योदय दूर क्षितिजबाट उदय हुने देखिन्छ भने टाइगरहिलबाट आसाम जलपाईगुढीको समथर भाग होचो देखिने हुदा सूर्योदय हुदा धेरै तल खाल्डोबाट सूर्य उदाएको रातो टाटो देखिन्छ मानौं डाँडाको टाकुराबाट बेंसीको खोलाको पानीमा सूर्यको किरण परावर्तन हुदा देखिएजस्तो 

टाइगरहिल प्रवेशको लागि दार्जिलिङको स्थानीय सरकारले प्रति व्यक्ति रु. ७० टिकट लिनुपर्ने व्यवस्था गरेको रहेछ तर त्यहाँ स्थानीय डनहरुको दादागिरी करप्सन अत्यधिक रहेछ रु. ७० को टिकट लिनुको सट्टा टिकट नलिइकन रु. ३५ लिने, स्थानीय दादाहरु काउण्टरका कर्मचारीहरुले बाँडचुड गर्ने यात्रु लैजाने गाडिको चालकलाई चिनजानको आधारमा मिलाए बापत केही रकम दिने बिना टिकट यात्रा गराउने रहेछन् हामी चढेको गाडिचालकसंग कुरा गर्दा दार्जिलिङमा बाहिरबाट आउनेहरुलाई ठग्ने ठग धूर्तहरु धेरै  रहेछन् भन्ने बुझियो तर सिक्किम धेरै शान्त, त्यहाँ कानूनको अक्षरस पालना गर्ने, त्यहाँका मानिस अनुशासित इमान्दार रहेको हाम्रो यात्राको क्रममा विभिन्न ठाउँका मानिसहरुसंग भएका कुराकानीका आधारमा बुझिन आयो दृश्यावलोकनको क्रममा हामी चढेको गाडिले टाइगरहिलबाट दार्जिलिङको सबैभन्दा पुरानो चिया चिया वगान, राजा बीरेन्द्र पढेको सेण्ट जोसेप स्कूल÷कलेज, तेन्जिङ हिलारी Rock Climbing Training Centre तथा चौरस्तामा उभिएको पूर्णकदको आदिकवी भानुभक्तको शालिक अर्को आकर्षणको केन्द्र रहेछ भिरालो डाँडाको टुप्पामा त्यति फराकिलो मैदानमा राखिएको आदिकवी भानुभक्तको शालिकले नेपाली हुनुको गौरव महसुस गरायो भानुको शालिकसंग फोटो खिच्ने सबैको लालसा मेटाएर बजार घुम्दै केहीकेही दार्जिलिङको चिनो किनमेल गर्दै होटल फर्कियौ  

होटलमा खाना खाएर प्याकेजको हिसाब बुझाएर त्यहाँबाट विहानकै गाडी चडेर बस राखेको ठाउँ घुमसम्म आयौं बाटोमा न्यारो गेजको कोइला इन्जीनवाला, धुवाँ फाल्दै, छुकछुक गर्दै चल्ने पुरानो रेले डिजेल इन्जिनबाट चल्ने छोटी गेजको यात्रु रेल सहित बाटोमा हेर्दै घुम स्टेशन नजिक आएर बस चड्यौं बसको झ्यालबाट त्यहाँको हरियाली, सुकेपोखरी बजार, मिरिक बजार हेर्दै पशुपतीनगर नाकाबाट नेपाल प्रवेश गरियो कन्याम, फिकल हुदै सानो पाथिभरा दर्शन गरेर चिया बगानका फोटाहरु खिच्दै बेलुकी इटहरी पुगेर बास बसियो

       चैत्र २८ गते अर्थात् यात्राको नवौं दिन विहान पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली मन्दिर दर्शन गरेर वराहक्षेत्र पुगियो वराहक्षेत्रमा १२ वर्षे कुम्भमेला शुरु भएको थियो यात्रुहरुले कोशी कोका नदीको संगममा स्नान गरी, श्राद्ध, तर्पण, वराह भगवानको दर्शन पूजा, दान दातब्य गरेर त्यहीं खाना खाएर दिउसो मध्यान्नमा कोशी पुल त्यहिंबाट तरेर मध्यपहाडी लोकमार्ग हुदै बाटो लागियो बेलुकी जनकपुर पुगेर जानकी मताको दर्शन, विवाह मण्डप अवलोकन गरेर साँझ लालगढमा पुगेर वास वसियो २९ गते अर्थात् यात्राको दशौं दिन बीपी राजमार्गको सिन्धुली, खुर्कोट हुदै बेलुकी सकुशल काठमाडौं पुगियो

             यात्रमा नयाँ ठाउँ घुम्नु, देख्नु छंदै थियो त्यस बाहेक हामी यात्रुहरु एउटै गाउँका, एउटै ठाउँका, बाल्यकाल एकै ठाउँमा खेलेर, पढेर हुर्किएका, एउटै उमेर समूहका यात्रीहरु, सबैले केही केही खाने चिज बोकेका, गुलियो, नुनीलो, अमिलो आदि नाना प्रकारका आफ्नो कुम्लोमा बोकेका खानेकुराहरु तँछाड मछाड गर्दै पालो पर्खदै बाँडचुड गरेर खाँदै, गीत, भजन, बालन गाउँदै, नाचगान गर्दै एक आपसमा तिता, मीठा अनुभवका कुराहरु सुनाउदै हिड्न पाउदा १० दिन वितेको पत्तै भएन यात्रा अविस्मरणीय रोमाञ्चक रह्यो

 

ईश्वरी प्रसाद घिमिरे

सिरान्चोक गाउँपालिका हर्मी गोरखा

हाल वाफल काठमाडौं




 

 





No comments:

Post a Comment