Tuesday, August 20, 2024

चिया गफ

 चिया गफ

मित्र, चिया पिएर जाउँ न हुन्न ?, (कुनै अफिसमा) ए फलाना (नाम कडेर) यति कप चिया लेउ न ?, चिया ज्यूनार गरिसियो ? ओ भाई दुई कप चिया बनाउ ! ओ बैनी चिया खान पाइन्छ ? ए बुढीमाउ अझै चिया पाकेन भन्या  ? आपूmले भ्या छैन, कहिलेकाहीं आफैले पकाए पनि त भै हाल्छ नि । चिया नास्ता भयो हजुर, चिया नास्ता खान लागें त्यसैले आउन अलि ढिला भयो माफ पाउं है, जस्ता शब्दहरू चिया खाने सिलसिलामा वा चिया खाने निहंूले पुकारिने शब्दावली हुन् । चिया के तराइ, के पहाड, के हिमाल सबै ठाउँमा अतिथि सत्कार एवं दिचर्याको एउटा अपरिहार्य हिस्सा र्भै सकेको छ । हुन पनि बालकदेखि बृद्ध सम्मका सबैलाई चियाको दैनिकी अनिवार्य जस्तै भएको छ । चिया धनी, गरिब सबैको भन्छाको परिपूरक वस्तु भएको छ । “आज एक कप चिया पनि खान पाइएन” जस्तो एउटा दुःख बोधक शब्ददेखि “आइज न यार फलानाको चिया पसलमा बसेर चिया खाउँला त्यहीं गफ गरौंला” भन्ने जस्ता सुख बोधक अभिव्यक्ति पनि चियालाई नै कारण बनाएर व्यक्त गर्र्ने बानी बसिसकेको छ । बरू कुनै दिन एक छाक भात खान छोडौंला तर चिया खान भने कसैले छोड्ने वाला छैनन् ।

  अब एकछिन छलफल गरौं यो चिया भन्ने वस्तु नेपाल र भारतमा कसरी कहिले आयो र कसरी यसको विस्तार हुदै प्रत्येक व्यक्तिको मन मनमा र घरघरको भान्सामा डेरा जमाउन पुग्यो भन्ने कुराको ऐतिहासिक खोजविन तर्फ विवेचना गरौं । 

चिया शब्दकै प्रयोग ठ्याक्कै नभए पनि औषधिजन्य गुण भएका जरीबुटीहरू पकाएर चियाको जस्तो रंग निकालेर त्यसमा सिदे नून, वीरे नून, हिङ आदि राखेर औषधिको रूपमा प्रयोग गर्ने नेपाल, भारत र चीन समेतमा पाइने पुरानो परम्परा हो । मानिसहरूले स्थानीय स्तरमा पाइने जरीबुटीको औषधीय गुणहरूलाई पहिचान गरेर औषधिको रूपमा सेवन गर्ने चलन पनि पुरानै हो । पछि त्यस्ता औषधिजन्य गुण भएका जरीबुटीहरूलाई प्रशोधन गरेर चियाको रूपमा फिका र दूध राखेर समेत सेवन गर्ने परम्पराको थालनी चीनमा भएको पाइन्छ । भारत र नेपालमा भने आयुर्वेदीय परम्परा अनुसार औषधिको गुण भएका विभिन्न प्रकारका जरीबुटीहरू पकाएर त्यसको रस सेवन गर्ने प्रचलन थियो । पछि भारतमा पूरोपियनहरूको आगमन भएपछि उनीहरूका खानपानका संस्कृति पनि भारतमा भित्र्याएसंगै यहाँका वासिन्दामा पनि चिया, कफि खाने बानीको विकास भएको हो । भारतमा इष्टइण्डिया कम्पनी भन्दा पहिले पोर्चुगीज, डच, फ्रेन्च, स्पेनिसहरूले धार्मिक मेशिनरीहरू स्थापना गरी आफ्नो नेटवर्क विस्तार गर्न थालिसकेका थिए  । वास्तवमा १६ औं १७ औ शताब्दीमा यूरोपियनहरूको जागरण भएको समय थियो । त्यस समयमा उनीहरू एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकहरूलाई आफ्नो उपनिवेस बनाउने अभियानमा जोड तोडले लागेको देखिन्छ । अन्य यूरोपेली मेशिनरीभन्दा पछि मात्र बृटिशहरू भारतमा आएर धार्मिक मशिनरीको स्थपना गरेका थिए । बृटिश मेशिनरीले अन्य यूरोयिन मेसिनरीलाई भारतबाट धपाएर शिक्ष, स्वास्थ्य, कृषि आदिको माध्यमबाट आफ्नो प्रभाव विस्तार गर्दै गएको र पछि बेलायत सरकारले भारतलाई आफ्नो उपनिवेस कायम गर्न इष्ट इण्डिया कम्पनीको स्थापना गरी त्यहाँका मुगल शासकहरूलाई धपाएको पाइन्छ । भारतलाई उपनिवेश बनाएर बृटिश छत्रछायामा राखेपछि त्यहाँका प्राकृतिक श्रोतहरूको दोहन अत्यधिक मात्रामा गर्दै गए । त्यसै समयमा दर्जिलिङ क्षेत्रको चिसो हावापानी र आसमको उर्वर भूमिमा १७८० को दशकमा चिया खेतीको शुरूवात गरेका थिए । सबैभन्दा पहिले सन् १७८० मा बोटानिकल गार्डेन कलकत्तामा चियाको पहिलो बिरूवा रोपिएको थियो । त्यसपछि १८३८–३९ मा आसममा र १८५० मा दार्जिलिङमा चिया बगानको शुरूवात भएको ऐतिहासिक बिबरण पाइन्छ । 

नेपालमा चिया खेतीको शुरूआत गराउने कर्णेल गजराजंिसंह थापा हुन् । उनी प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाई थिए साथै राणा कालमा पूर्वी क्षेत्रका गभर्नर जनरल थिए । उनले १८६० को शुरूमा दार्जिलिङ भ्रमण गरेका थिए । त्यहाँ दार्जिलिङमा राम्रा राम्रा हरियाली चिया बगान देखे, जता गयो उतै चिया खाए । त्यसैको प्रभावमा परेर नेपालमा फर्केपछि दार्जिलिङबाट चियाको बिरूवाहरू झिकाएर इलाम र सोक्तिम दुई ठाउमा ५२ हेक्टर जमिनमा चियाको बिरूवा रोपेर चिया खेतीको शुरूवात गराएका थिए । त्यसपछि इलाम, पाँचथरमा निजी क्षेत्रमा घरका करेसावारीमा आफ्नो निजी प्रयोजनका लागि पनि चियाका विरूवाहरू लगाउने प्रचलन बढ्दै गयो । विस्तारै विस्तारै उद्यमी कृषकहरूले स–साना चिया बगानहरू बनाउन थाले । त्यसको एक शताब्दी पछि सन् १९६६ मा नेपाल सरकारले Nepal Tea Development Corporation  गठन ग¥यो । त्यसपछि मात्र सरकारी क्षेत्रबाट यसको विकासमा ध्यन गएको पाइन्छ । पहिले पहिले हरियो पत्ति टिपेर दार्जिलिङमा लगेर विक्री गर्नु पर्दथ्यो पछि नेपालमा नै चिया प्रशोधन कारखानाहरू खोलिए । हाल नेपालमा झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जिल्लाहरू पुराना चिया खेती गरिएका ठाउँ हुन् भने नयाँ ठाउमा चिया खेतीको विस्तार गर्ने क्रममा हाल सिन्धुपालचोक र कास्की जिल्लाका किसानहरूले चिया खेती गर्न थालेका छन् । पहाडी क्षेत्र इलाम, पाँचथर, धनकुटा र तेह्रथुम, सिन्धुपालचोक र कास्कीमा उच्च गुणस्तरको अर्थोडक्स चिया उत्पादन हुन्छ भने झापामा सिटिसी चिया उत्पादन हुन्छ । 

यो चिया मानिसलाई नखाई नहुने अनिवार्य पेय पदार्थ भने होईन । आजभन्दा ४०।५० वर्ष अगाडिसम्म नेपालका कतिपय दूर्गम पहाडी जिल्लाहरूमा चियाको प्रचलन नै थिएन । सहर बजार तथा भारतीय सिमा क्षेत्रका गाउ वस्तीहरूमा फाट्टफुट्ट चिया खाने चलन बढदै आएको थियो । पहाडी क्षेत्रमा भने भारतीय र बृटिश सेनाका जवानहरू विदामा घर आउंदा चिया पत्ती र चिनी लिएर आउथे र गाउले दाजुभाई दिदीबहिनीहरूलाई चियाको स्वाद चखाउंथे । यसरी विस्तारै चियाको आदत वस्दै गएको पाइन्छ । गाउघरमा साना चिया पसलहरू खुल्न थालेपछि यसको व्यापकता बढ्दै गएको हो ।  चियालाई विभिन्न तरिकाले बनाएर खाने चलन छ । जस्तो फिका चिया–चियापत्ती बाहेक केही पनि नराखिकन चियाको ओरिजिनल स्वादमा खाने, कालो चियामा चिनी मात्र मिसाएर खाने, कालो चियामा कागतीको रस मिसाएर खाने, चियामा दूध, चिनी, मसला मिलाएर ट्वाक्क बनाएर खाने । अझ सुदूर पश्चिमका बैतडी, डडल्धुरा, दार्चुलाका गाउँघरतीर त पहिले पहिले कड्की चिया खाने चलन थियो । कड्की चिया भनेको रङ बाहेक केही पनि नराखेको कालो चिया बनाउने र गुढ (सख्खर÷भेली) का टुक्राहरू टोक्दै चिया पिउदै गर्ने चलन लाई कड्की चिया भनिदो रहेछ । नेपालकै हिमाली क्षेत्र र तिब्बतमा भने फेरी अर्कै प्राकारको भोटे चिया खाने चलन छ । त्यस्तो चिया बनाउन पहिले पानी उमालिन्छ अनि त्यसमा तिब्बेतियन भोटे चियाका चक्काहरू राखिन्छ, त्यसमा दुध, चौरीको घीउ र नून मिसाएर एउटा बाँसको वा काठको ठूलो ढुङ्ग्रोमा राखेर १०।१२ मनेटसम्म मजाले मोथिन्छ पुन निकालेर एउटा केत्ली जस्तो भाडोमा हालेर पुन आवश्यकतानुसार तताइन्छ र कपमा रखेर खाइन्छ । यस्तो चिया एकै ठाउमा बसेर एक कप भन्दा धेरै पिउने चलन हुन्छ । नेपालका हिमाली क्षेत्रका अधिकांश वासिन्दा यस्तो प्रकारको चिया खाने गर्दछन् । उनीहरू हिमाली क्षेत्रमा मात्र नभइकन जहाँ बसेको भए पनि त्यस प्रकारको चियालाई र्नै रूचाउने गर्दछन् ।  यो उनीहरूको चिया खाने संस्कृति नै हो । 

हिजो आज चिया पिउनु एउटा फेसन मात्र नभएर सामाजिक भवनाको विकास गर्ने, साथीभाई बनाउने, इष्टमित्र, आगन्तुकको स्वागत सत्कार गर्ने, एक आपसमा सामिप्यता बढाउने माध्यम पनि बनेको छ भने मजदूर, गरिब निम्न वर्गको लागि खाजा खानाको विकल्पमा पनि यासको उपयोग हुने गरेको छ । चियमा चिउरा, भूजीया, विस्कुट मिसाएर खाने र भोक मिटाउने काम पनि चियाले गर्दछ । सरकारी कार्यालय निजी तथा सरकारी संघ, संस्था, उद्योग कल कारखानामा हुने नियमित खर्चमा पनि चिया पानका लागि छुट्टै बजेट व्यवस्था गरेको हुन्छ । सरकारी कार्यालयहरूमा चियापानको नाउमा अनावश्यक फजुल खर्च र धेरै बजेटको अनियमितता भएका समाचारहरू पनि सुन्नमा आइरहेका हुन्छन् । यस्ता क्रियाकलापले चिया शब्दको बदनाम भैरहेको पनि छ । 

 

आर्थिक, सामाजिक, स्वास्थ्य लगायत अन्य आयामबाट हेर्दा पनि चियाका फाइदा वेफाइदा त धेरै होलान् तर वेहोस गराएर अपे्रसन गरेको विरामीलाई पनि होसमा आएपछि पहिलो खान दिने वस्तुमा डाक्टरले  कालो चियालाई नै प्राथमिकता दिने गरेकोले यसको गुण अवश्य नै स्वास्थ्यको लागि पनि लाभ दायक नै होला तर अति सर्वत्र बर्जयत् भन्ने सिद्धान्त त कहाँ पो लागू नहोला र ? चियाको नाउमा हुने सकारात्मक र नकारात्मक पक्षको समेत विबेचना गर्दै चियाको गुण र वस्तुका फाईदा बेफाईदा मात्र नहेरेर चिया भन्ने शब्दको पनि सकारात्मक र नकारात्मक गुण र पर्यायवाची अर्थलाई पनि विश्लेषण गर्नु पर्छ कि ?

ईश्वरीप्रसाद घिमिरे 

कामपा–३, रानीवारी

मिति २०७७।५।२६


No comments:

Post a Comment