सहज मृत्युको चाहना
मृत्यु व्यवस्थापन
हाम्रो पूर्वीय पद्धतीले जीवनका आखिरी दिनहरू (उत्तरार्धमा) कसरी सहज मृत्यु वरण गर्ने भन्ने कुरामा सामाजिक, धार्मिक मान्यता स्थापित गरेको थियो । जस्तै मानिस घरमा संयुक्त परिवारमा हुन्थ्यो । घरमा माता, पिता बृद्ध हुदै गएपछि छोरा, बुहारीहरूले घरको वाहिर भित्रको कामकाज, घर, ब्यवहार सम्हाल्थे, बृद्ध माता, पिताको सेवा गर्थे, औषधि उपचार गर्थे, सकेसम्म जीवन लामो गराउने उपायहरू गर्थे, गाऊँघर, छरछिमेकका मानिसहरू, ईष्टमित्ररू भेटघाट गर्न, बोलाउन, आशिर्वाद लिन आइरहन्थे । घरको ऋण धन लगायतको जिम्मेवारी पछिल्लो पुस्तालाई हस्तान्तरण गर्थे । जीवनको अन्तिम घडी भएपछि छोरा, छोरी, बुहारी, नातीनातीना, आफन्त छरछिमेक वरिपरी जम्मा हुने । बृद्धको अन्तिम इच्छा आकांक्षा के कस्तो छ ? सोधपुछ गर्ने । आँगनमा रहेको तुलसीको मोठ नजिक लगेर राख्ने, तुलसीपत्रको जल मुखमा राखिदिने, विष्णु सहस्रनाम, शनिमृत्युञ्जय स्तोत्रहरू पाठ गर्ने, आ–आफ्ना सनातन पद्धती अनुसार दशदान, वैतर्णी लगायत जीवनको अन्तमा गरिने चीरस्मरणीय कर्महरू गर्ने गर्दथे । भगवानको नाम पुकार्दै अन्तिम स्वास लिदै स्वस्थ र मैत्रीपूर्ण वातावरणमा मृत्यु वरण गर्न पुग्थे । पूर्वीय पद्धतीमा आ–आफ्ना धर्म संस्कार अनुसार मृत्यु पछिका क्रिया, कर्महरू पूरा गर्थे । यसरी मानिसको सहज मृत्युको व्यवस्थापन हुन्थ्यो र मृतकको आत्माले पनि शान्ति पाउथ्यो भन्ने मान्यता र विश्वास थियो ।
पछिल्ला दिनहरूमा भएका विज्ञानका आविष्कार र विकासका चरणहरूसंगै मानिसको असहज मृत्युका कारणहरू पनि बढ्दै गएका छन् । रेल, मोटर, हवाई जहाज दुर्घटना, विफर, हैजा, कोभिड जस्ता महामारी रोगबाट हुने आम मानिसको मृत्यु, कल कारखानामा हुने दुर्घटना, आँणविक भट्टीबाट विषालु ग्यासको चुहावटबाट हुने दर्घटना, प्राकृतिक प्रकोपबाट हुने दुर्घटना, राजनीतिक बिद्रोह, लडाई झगडाबाट उत्पन्न हुने दुर्घटना आदि अनेक आविष्कार र विकासका चरणरूसंगै मानिसको असहज मृत्युका कारणहरू बढ्दै गएका छन् । यस्ता असहज मृत्युलाई न्यूनीकरण गर्न मानिसले विभिन्न उपायहरूको अवलम्वन गर्न सक्छ तर सहज मृत्युभने कसैले रोक्न सक्दैन केवल सजिलोसंग मर्न पाउने वातावरणको श्रृजना गर्न भने नसकिने कुरा होइन ।
मानिसको मृत्यु र जीवन पद्धतीमा पाश्चात्य प्रभाव
बृद्धबृद्धाहरू घरमा नै आफ्ना सन्ततीहरूको काखमा सहज मृत्युवरण गर्न चाहन्छन् तर हिजोआज पाश्चात्य प्रभावले गर्दा बृद्धबृद्धाहरूको जीवन पद्धती पनि पाश्चात्य प्रभावको शिकार हुन पुगेको छ । पहिलो कुरा त हाम्रो पूर्वीय समाजमा संयुक्त परिवारको परम्परा थियो । घटीमा पनि तीनपुस्ता (बाबु, छोरो, नाती) एकै परिवारमा रहन्थे । बाबु आमाको हेरचाहमा छोरा, नातीहरूले पनि ध्यान पु¥याएकै हुन्थे । उमेर अनुसार कामको बाडफाँड भएको हुन्थ्यो । एकभन्दा बढि छोराहरू भएको अवस्थामा जग्गा, जमीन अंशवण्डा मिलाएर बाबु आमालाई एउटा छोराले पालनपोषण गर्ने अथवा एकभन्दा बढि छोराहरूले पालो गरेर पालनपोषण गर्ने परम्परा थियो । हिजोआज संयुक्त परिवार समाप्त प्राय भैसकेको छ । छोराको विवाह गरेपछि बाबुआमासंग नवसी छुट्टिएर वस्ने अथवा बाबुआमालाई घरमा एक्लै छाडेर छोरा बुहारी कमाइ धमाई गर्न र बच्चा पढाउने निहूँमा सहर बजार क्षेत्रमा बस्न जाने चलन बसेको छ । त्यसरी एक्लै बसेका बुढाबुढीहरूको उचित खानपान, स्याहार सम्भार तथा औषधि उपचारको व्यवस्था हुदैन । बुढा भएपछि सहारा विहीन बृद्धबृद्धाहरू कतिपय यसै तड्पिएर मर्दछन् । छोराछोरीसंग बसेका बाबुआमालाई पनि अन्तिम अवस्था भएपछि घरमा सहज मरण हुन नदिएर अस्पताल पु¥याउँछन् जहाँ आफन्त, साथीभाई, छरछिमेकीको पहूँच कमै हुन्छ । त्यसमा पनि विरामीलाई व्यथाले च्यापेर अन्त्य अवस्था भएपछि अस्पतालहरूले (खास गरेर निजी अस्पतालहरूले) स्वार्थवस भ्याण्टिलेटरमा राखि दिन्छन् । त्यही भेण्टिलेटरको पीडा सहदै बृद्धबृद्धाहरूले इह लिला समाप्त गर्दछन् । असाध्य क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेकाहरूलाई आठौं दशौं साइकलसम्म किमो चढाएर असैह््य पीडा खप्न नसकेरै यो संसारबाट विदा लिन्छन् । उमेरको हिसाबले साह्रैनै बृद्ध भएर अथवा रोगले च्यापेर दुख पाएको घडीमा भ्याण्टिलेटरमा राख्ने, किमो चढाउने जस्ता उपचार पद्धतीको नाममा बृद्धबृद्धा तथा विरामीलाई अनाहमा मानसिक र शारिरीक पीडादिने काम मात्र हुन्छ । भ्याण्टीलेटरमा राख्ने, बलजप्mती धेरै साईकल किमो चढाउने भनेका बाँच्ने आशा न्यून भएकाहरूको लागि मात्र हो । कतिपय छोराछोरीले बाबुआमाको उपचार गर्ने ठाउँसम्म बाँकी नराख्ने अभिप्रायले अन्तिम अवस्थामा अस्पताल पु¥याएका हुन्छन् भने कतिपयले मानिसको मर्ने थलो भनेको त अस्पताल नै हो, घरमा मर्न दिन हुदैन भन्ने गलत धारणा बोकेर अस्पताल पु¥याएका हुन्छन् भने कतिपयले समाजको अगाडि देखावटी हिसबले पनि अन्त्य अवस्थामा अस्पताल पु¥याएका हुन्छन् । घरमा सहजरूपले मृत्यु हुन नदिई अन्तिम अवस्थामा भनेपनि अस्पताल पु¥याउने र बचाउने प्रयास जारी राखेको सन्देश समाजलाई दिने चलन बसेको छ । अधिकाँश बृद्धबृद्धाहरूको चाहना वरिपरी आफन्तहरूको अनुहार हेरेर आफ्नै सन्तानको काखमा घरमा नै मृत्यु वरण गर्ने हुन्छ तर त्यो चाहना धेरैले पूरा हुन दिएका हुदैनन् ।
अति बृद्ध वा असाध्य रोग लागेर मृत्यु नजिक आइसकेका व्यक्तिलाई अस्पताल लगेर दुख दिनु भनेको अपराध जस्तो हुन जान्छ । त्यसैले मृत्युलाई सहज बनाउन कसरी सकिन्छ भन्ने तर्फ सोच्नु आफन्त र सन्ततीको कर्तब्य देखिन्छ । पहिले पहिले मानिसको अन्तिम अवस्था हुन लागेपछि अथवा अब उ बाँच्दैन भन्ने भएपछि प्राण नजाँदै जलाशयमा लैजाने चलन थियो । दाह संस्कार गरिने घाटको पानीमा लगेर हात मुख धोइदिने र प्राण नगएसम्म संस्कार गरिने घाटको नजिकमा बनाएका पाटी पौवाहरूमा रखेर त्यहीं कुरेर वस्ने चलन थियो । पशुपती आर्यघाटमा यद्यपि त्यस्तो अन्तिम अवस्थामा पुगेका विरामीलाई राखेर कुर्ने ठाउँ छँदैछ । हाम्रो पूर्वीय संस्कारमा अन्तिम अवस्थामा भ्याण्टिलेटरमा राख्नुभन्दा जलाशयमा लगेर राख्न मानवीय हिसाबले बढी उपयुक्त होला जस्तो लाग्छ ।
उमेरले नेटो काटेका बयोबृद्ध भैसकेका र असाध्य रोगका कारण मृत्युको नजिक पुगिसकेका मानिसहरूलाई घरमा नै सहज मृत्युको वातावरण बनाउनुको सट्टा, पाश्चात्य मुलुकहरूको प्रभावले गर्दा विरामीलाई जीवनको अन्तिम घडीमा विरामीको इच्छा विपरितका काम कारवाहीहरू हाम्रो समाजमा बढीरहेका छन् । यसतर्फ सामाजिक व्यवहारमा परिवर्तन हुनु जरूरी छ । बद्धाश्रमहरूमा सहज मरणको व्यवस्थापन हुनु पनि जरूरी छ । त्यस्तै मरण घाटहरूमा सहज मरणको लागि छोटो समय राख्ने ठाउँको व्यवस्थापन तर्फ पनि स्थानीय निकायहरूको ध्यान जानु पर्ने हो कि ?
काल पनि मित्र ठहरिन सक्छ
आफ्नो हेरविचार गर्ने आफन्त नभएका, असाध्य रोगले गाँजेका कारण मृत्यु निश्चित भएका, अपाङ्गता र शारीकि कमजोरीका कारण आफ्नो हेर विचार आफैं गनै नसक्ने, आफैं दिशा, पिसाब जान नसक्ने, दिशा, पिसाबमा डुबेर बसेका, शरीरमा घाउ भएर, त्यही घाउ पाकेर किरासमेत हालेका, रोगले गाँजेर जीवनदेखि विरक्त भएका, मलाई कहिले काल आउँछ र जान पाइन्छ भनेर काल पुकारेर बसेका मानिसहरूलाई काल पनि मित्र ठहरिन सक्छ ।
इच्छा मरण
वर्तमान नेपालको संविधान मसौदा तयार गर्दाको अवस्थामा जनताको राय बुझ्न धेरै धनराशी खर्च गरेर जनताको राय, सुझावहरू संकलन गरिएको थियो तर ती जनताका अमूल्य सुझावलाई पोको पारेर बन्द कोठामा राखियो र स्वार्थ समूहको स्वार्थ अनुसारको संविधान जारी गरियो भनेर चौतर्फि आरोपहरू आइरहेका थिए । त्यस समयमा जनताका अमूल्य राय, सुझावलाई सत्तामा बस्नेहरूले लत्याएकै हो, अन्देखा गरेकै हो । बृद्ध , असक्त र असाध्य रोगले गाँजेका तथा आफ्नो हेरचाह गर्ने कोही नभएका र भएकाले पनि वास्ता नगरेर दिनरता मृत्यु पुकारीरहेका मानिसहरूलाई इच्छा मरणको व्यवस्था संविधानमा नै राखिनुपर्ने राय, सुझाव धेरै तर्फबाट आएको हुनु पर्दछ । यो पंक्तिकारकारले पनि इमेल मार्फत इच्छा मरणको प्रावधान संविधानमा राख्नुपर्ने आफ्नो धारण पठाएको कुरा पनि म यहाँ स्मरण गर्न चाहन्छु । यूरोपियन मुलुकहरू स्वीजरल्याण्ड, नेदरल्याण्ड, स्पेन, बेल्जीयम लगायतका देश तथा न्यूजिल्याण्डमा समेत इच्छा मरणको कानूनी व्यवस्था छ । हामीकहाँ किन नहुने ?
संवैधानिक व्यवस्था
वर्तमान
नेपालको संविधानको धारा
४३ मा सामाजिक
सुरक्षाको हक सम्बन्धी
व्यवस्था छ ।
जसमा “आर्थिक रूपले
विपन्न, अशक्त र असहाय अवस्थमा
रहेका असहाय, एकल
महिला, अपाङ्गता भएका,
बालबालिका, आफ्नो हेरचाह
आफै गर्न नसक्ने
तथा लोपोन्मुख जातीका
नागरिकलाई कानून बमोजिम
सामाजिक सुरक्षाको हक
हुनेछ” भनिएको छ
। त्यस्तै धारा
४१ मा ज्येष्ठ
नागरिकको हक सम्बन्धी
व्यवस्था छ ।
जसमा ज्येष्ठ नागरिकलाई
राज्यबाट विशेष संरक्षण
तथा सामाजिक सुरक्षाको
हक हुनेछ भनिएको
छ साथै बाबु–आमा हुने
छोरा छोराहरूले आफ्नो
आमदानीको न्यूनतम दश प्रतिशत
आय बाबु–आमाको
हेर बिचारमा खर्च
गर्नु पर्ने ब्यवस्था
पनि गरेको छ ।
राज्यले आफ्नो संवैधानिक
दायित्व निर्वाह गर्न
ज्येष्ठ नागरिक, एकल
महिला तथा असहाय
अपाङ्गहरूका लागि निर्वाह
भत्ता उपलब्ध गराईरहेको
पनि छ, त्यो लक्षित समूहको
लागि एक हदसम्म
सह्रानीय नै छ
तर यी व्यवस्थाहरू
सामान्य स्तरका ज्येष्ठ
नागरिक, असहाय, अपाङ्गहरूका
लागि उपयोगि भए
तापनि ज्यादै अशक्त,
ज्यादै अपाङ्ग, ज्यादै
बृद्ध तथा असाध्य
रोगका कारणले पिडीतहरू,
जसले पैसा भएर
पनि किनेर खान
सक्दैन, औषधि उपचार
गर्न जान सक्दैन
त्यस्ताका लागि पर्याप्त
छैन ।
अन्त्यमा हाम्रा मौजुदा नियम,
कानूनहरूले अर्काको सहायताबिना बाँच्न
नसक्ने बृद्धबृद्धा तथा
अपाङ्गता भएकाहरूका लागि कानूनी
दायित्व पूरा गर्न
खोजेको त देखिन्छ
तर ब्यवहारमा यी
कुराहरू पर्याप्त छैनन्
वा लागू हुन
सकेका छैनन् । छोराछोरीको आफ्ना माता–पिता प्रतिको
सामाजिक दायित्वका साथै
नैतिक कर्तब्य पनि
भित्री आत्मादेखि जागृत
भएर आउने वातावरण
मिलाउन उनीरूलाई विद्यालयमा
पढ्दादेखिनै गुरुहरूले यस विषयमा
नैतिक शिक्षाको माध्यमबाट
अपेक्षित शिक्षा दिएर
मस्तिष्कमा नमेटिने छाप सृजना
Mind Set गराउने
खालको शिक्षा नीति
राज्यले लिनु पर्दछ
र त्यस्ता नैतिक
शिक्षाले ओतप्रोत भएका विषयवस्तुहरू
विद्यालयस्तरका पाठ््यक्रमहरूमा समावेस गरिनुपर्ने
हुन्छ जसको प्रभाव
विस्तारै समाजमा सकारात्मक
ढंगले देखिदै जावस्
अन्यथा वर्तमान परिस्थितिमा
अर्काको सहायता बिना
बाँच्न नसक्ने असक्त,
अपाङ्ग र अति बृद्धबृद्धा नागरिकलाई कि
त सरकारले बृद्धाश्रमहरू
बनाएर स्थानीय तहहरू
मार्फत संचालन गराउने
व्यवस्था गर्नु पर्छ
अथवा असैह््य पीडा
सहेर बस्नुभन्दा मृत्युवरण
गर्न चाहनेहरूका लागि
इच्छा मृत्युको कानूनी
व्यवस्था गर्नु ठीक
हुने हो कि ?
ईश्वरी प्रसाद
घिमिरे
हालः काठमाडौं
महानगरपालिका १३, वाफल
No comments:
Post a Comment