Sunday, August 25, 2024

संस्मरण (त्यो घटना, जसले अझै झस्काइरहन्छ )

संस्मरण

त्यो घटना, जसले अझै झस्काइरहन्छ !

 

                त्यो घटना, जसको / पलले मलाई अझै पनि झस्काइरहन्छ, आज त्यसको नालिबेली पाठकहरू समक्ष प्रस्तुत गर्ने बिचार गरें घटना त्यस्तै २०१८ साल तिरको हो सानै थिएंँ त्यसैले मलाई पुरै तिथिमिति एकिन छैन हाम्रो त्यस समयमा केही आफ्नो केही वन्धकी (उजिण्डे) समेत मिलाएर बेंसीमा त्यस्तै १५।१६ मुरी धान फल्ने खेत थियो त्यस ठाउँलाई त्यस समयमा डाँडागोब्रे भन्दथे मङ्सिरको महिना थियो, धान काटेर चौधमुरेको ठूलो गरामा  कुन्यू लगाएको थियो मङ्सिर महिनाको चौथो हप्तातिरको घटना हुनु पर्छ मङ्सिर महिनामा धान काटेर थन्क्याउने चटारो सबैलाई थियो त्यस बखत गाउँमा खेतीगर्ने जनशक्ति प्रशस्तै  थियो मानिसहरू बसाइसराई गर्ने क्रम चलेको थिएन ।  जागीर खान, कमाई गर्न सहर पस्ने चलन पनि थिएन सम्पन्न परिवारका एकाध विद्यार्थी पढ्नको लागि काठमाडौं जाने चलनसम्म थियो मङ्सिर महिनामा रात दिन केही नभनिकन गाउँलेहरू खेती थन्क्याउन ब्यस्त थिए सबैजना बेफुर्सती भएकोले दिनमा खेताला पाउन कठीन थियो त्यसै भएर होला शुक्लपक्षको जुनेली रातको समयमा दाँइं गर्ने मेसो मिलाएको हुनुपर्छ त्यस बखत हाम्रो घरमा घरायसी ब्यवहार, रट्ठापट्ठा मिलाउने काम धेरैजसो पिताजीबाटै हुन्थ्यो भन्दा दाजु १० वर्ष जेठो भएकोले केहीकेही कुरामा दाजुको पनि सहयोगिको भूमिका रहन्थ्यो सानै थिएँ त्यस्तै ७।८ वर्षको रातीमा दाई गर्नका लागि धेरैनै अर्थात् १०।१२ जना खेताला खोजिएको थियो रातीका लागि आउने खेतालाहरू दिउसको मेलाको काम सकेर घरमा खाना खाएर थकाई मारेर बजेतिर मेलामा जाने चलन थियो त्यस समयमा गाउँकै घर्ती माइलादाइले गोरु चलाएर हाम्रो वर्षभरिको खेती लगाइदिने गरेका थिए रातीको दाँइलाई खलो तयारी गर्न माइलादाई दाजु दिनभरी खलोमा खटिएका थिए उनीहरूले खलो तयार गरेर गोरु बाँध्न मियो समेत गाडेर, ठिकठाक पारेर घर आएका थिए घरबाट बेंसी खेतमा (दाईंगर्ने ठाउँमा) पुग्न त्यस्तै आधिघण्टा जती लाग्दथ्यो आमाले हामीहरूको लागि चाँडैनै खाना तयार गरिदिनुभएको थियो खाना खाएर घरबाटै एकहल गोरु लिएर दाजु, घर्ती माइलादाई, पल्लोघर दाई टोपनाथ गोरु धपाएर संगै दाँइमा गयौं   टोपनाथ दाई पनि मेरै उमेरका भन्दा पाँच महिनामात्रै जेठा हुन् अँध्यारो नहुदै चारवटा गोरु लगेर दाईंमा बाध्यौं एकछिन पराल छिरोल्यौं पनि त्यतीबेला साँझ परेर अँध्यारो हुन लागेको थयो जुन उदाउने बेला हुँदैथियो साँझको गोधूली बेला थियो दाईहरूले सल्लाह गरे, पराल धेरैछ मोटो पनि , चारवटा गोरुलेमात्र पराल माड्न कठिन हुन्छ कि ? भनेर दुईवटा गोरु अझै थपगर्ने सल्लाह भयो दाजु पल्लोघरदाई टोपनाथ गोरु कुरेर खलोमा नै बस्नुभयो घर्ती माइलादाई खेतालाहरूसंगै बेंसी गोठबाट दुईवटा गोरु लिएर आउने भनि उकालो लाग्यौं त्यतिबेला बेसीका दाजुभाईहरूको बसोवास माथि ठाडोस्वाँरामा नै थियो गोठ चाहीं बेंसीको बारीमा थियो खेतालाहरू माथि चुरेटागाउँदेखि नै आउने थिए हामीले खेतालासंगै गोरु लैजान सजिलो हुन्छ भनेर मडुले चौतारामा पुगेर खेतालालाई पर्खेर बस्यौं त्यस्तै २०।२५ मिनेट जती बसेका थियौं ठाडोस्वाँराबाट दाईहरू मेलामा झर्नुभयो त्यतिनैबेला खलामा बाँधेका गोरुलाई बाघले हमला गरेछ दाजु कराउन थाल्नु भएछ मुडुले चौतारो अल्ली गहिरो ठाउँमा भएकोले तल दाजुले कराएको  आवाज सुनिएन तर माथिबाट दाँइंमा आउन लाग्नु भएका खेतालाहरूले सुन्नुभएछ वहाँहरू कराउँदै झर्नुभयो म सानो फुच्चे मान्छे दाईहरुका पछिपछि दौडिएँ । थप गोरु लैजाने काम भएन हामी सबै कराउँदै खेतमा ¥यौं हामी खेतमा पुग्दा गोरुले मियो उखालेर मालदाम्ला सहित खेतखेतै तल झरेछन् खोल्सो तरेर पैराको भीरको थाप्लोमा पुगेछन् तर चोयाका बलिया दाम्ला भएकाले दाम्लो चुडालेर भाग्न सकेनछन् दाजुले बडो धैर्यताका साथ गोरुसंगै गएर भीरमा जानबाट रोकेर बाटोतिर फर्काउनु भएछ गोरुको दाम्लो समातेर चिच्याइचिच्याई सहायताको लागि कराइरहनु भएको रहेछ त्यतिवेला डाँडामा खेतको आसपास कसैको पनि बसोवास थिएन १५।२० मिनेट माथि अधिकारीहरूको घरभन्दा तल कसैको पनि घर थिएन ।  बेंसी गोठमा पनि केवल बाघले आक्रमण गर्न नसक्ने पक्की गोठहरूमात्र थिए ती गोठमा राती कोही बस्दैन थिए त्यस्तो समयमा हामी ४।५ जना पुगेपछि दाइलाई गोरुलाई पनि ठूलो सहास आयो डर कम भयो सबैजना गोरुको वरिपरी चारैतिर होहल्ला गरेर कराएपछि धेरै मानिस देखेर होला बाघ त्यहाँबाट अन्तैतीर लागेछ त्यसपछि रातीमा हमला गर्न आएन सबैजना भएर गोरुलाई मालदाम्लो सहित डो¥याएर ल्याई मियोमा बाँधियो खलामा ल्याएर गोरु बाँधेपछि बल्ल पल्लाघर दाई टोपनाथको संझना भयो दाजुले बाबु कता गयोहोला भन्नुभयो पल्लोघर दाई कुनियोका फेदतिर लुक्नखोज्दा ठाम पाइन त्यसैले ह्याँ बसेको भनेर खलेगराको कुनामा परालले छोपिएर बस्नुभएको रहेछ

            त्यस घडीमा दाजुले डराएर धैर्यता गुमाएको भए, सायद चारवटै गोरु मालदाम्लो सहित भीरबाट खस्ने अवसम्भावी थियो भीर २०० मीटरभन्दा बढी  थियो मौकामा पु¥याएको बुद्धि, सहास धैर्यताले ठूलो नोक्सान हुनबाट बचायो पछि सबैजना खेतालाहरू जम्मा भए चारवाटा मात्र गोरुले दाँइको काम सम्पन्न गरियो राती एक कुरुवा घीउमा लट्टे  (चाम्रे) पकाएर झ्याउँको पनि खाइयो   अस्तु


No comments:

Post a Comment