Monday, August 26, 2024

जामाचो

 नागार्जुन (जामाचो) एक दिनको पैदल यात्रा


मैले काठमाडौं उपत्यकामा पाइला टेकेको ४६ वर्ष भएको छ । यस अवधिमा हरेक दिन बिहान उठ्ने वित्तिकै सामुन्ने देखिने नागार्जुन पिकले स्वागत गरेझैं लाग्ने । काठमाण्डौंबाट नजिकै देख्न पाइने हरियो घना जंगलले ढाकिएकोे पहाड, लाखौ जंगली पशु पंक्षीहरूको वासस्थान र क्रिडा स्थल । आफ्नो वसाई नागार्जुन नगिचै भएर पनि खै किन हो कहिल्यै पनि त्यहाँ चड्ने साइत जुरेको थिएन । बैशाख पूर्णिमामा  लाग्ने बालाजु जात्रको समयमा नागार्जुन पहाड चडेर चुचुरोमा पुग्ने मानिसहरूको विशेष चहल पहल हुन्छ भन्ने सुनिएको थियो तर गइएको थिएन । सहरको वसाई, सेवा निबृत्त भएकाले नियमित काम त केही हुने नै भएन, त्यहिं माथि कोरोनाको महामारीका कारण सहर भित्र जान छाडेको पनि एक वर्ष हुन लागिसक्यो । कती घरमा मात्र बसिरहने ? नागार्जुनको चुचुरोले सधैं बोलाए झैं लाग्ने तर त्यतातीर आफ्नो ध्यान कहिल्यै नपुग्ने । यिनै र यस्तै अन्योलताको विचमा अचानक एक दिन  साथीहरूसंग नागार्जुन हाइकिञ् जाने प्रस्ताव गरियो । सबै साथीहरूले एकै  स्वरमा सहमती जनाउनु भयो । वि.सं २०७७ सालको माघ महिनाको ३ गते हामीलाई नागार्जुन चुचुरो चडाई गर्ने अवसर मिल्यो । साथीहरू ं सूर्यभक्त खनाल, भिमराज ढकाल, ईश्वरी भट्ट, गोपाल श्रेष्ठ र यो पंतिकार सहित पाँच जना भयौं ।

काठमाण्डौं उपत्यकाको उत्तर पश्चिममा अवस्थित नागार्जुनको यो विशाल जंगल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको क्षेत्र भित्र पर्दछ । यसको संरक्षण नेपाली सेनाले गरेको छ । नागार्जुन पहाडको टाकुरोमा रहेको बौद्ध गुम्बालाई जामाचो गुम्बा भनिदो रहेछ । जामाचो गुम्बा सम्मको उचाई समुद्र सतहदेखि २१३० मीटर रहेछ । नागार्जुनको फेदीमा रहेको पूmलवारी गेटसम्म नीजि वा सार्वजनिक सवारी साधनबाट गएपछि गेटबाट नेपाली सेनाको अनुमती लिएर अगाडिको यात्रा प्रारम्भ हुन्छ । 

काठमाडौबाट त्रिशुली जाने राजमार्गलाई छाडेर उकालो चढाई शुरू हुन्छ । पाँच किलोमिटर सिधा उकालो बाटो, घना जंगलभित्र लमतन्न नागवेली परेर ठडिएको छ । सिंडी लगाएर ढुंगा छापिएको हुदा अधिकांश बाटो उकालो भए तापनि असजिलो भने छैन । पुरै बाटोभरी घना जंगलले ढाकिएको हुंदा उकालो चड्दा घामले पोल्ने पिर हुदैन । घना जंगलमा नाना थरीका चराचुरुङ्गीहरूको कलरव ध्वनीले गुञ्जायमान भैरहन्छ । यात्रामा जाने मानिसहरू अधिकांश युवक युवतीहरूको जाडी, कलेज, विश्वविद्यालयका विद्यर्थीहरू तथा विदेशी पर्यटकहरू भएको पाइयो । उमेरले ६० नाघेका र हिड्ने बानी नभएकाहरूलाई भने हिडेर पैदल यात्रा गर्न कठिन लाग्छ । तर त्यस्ता अल्छीहरूका लागि निकुञ्ज भित्रै अनुमती लिएर निजी तथा सार्वजनिक सवारी साधन पनि चुचुरोसम्मै पुग्ने गरी ग्रावेल सडक पनि निर्माण भएको रहेछ । चुचुरोमा पुगेपछि काठमाडौं उपत्यका लगायत चारैतर्फ ३६० डिग्रीमा नै दृश्यावलोकन गर्न सकिने रहेछ । धादिङ्ग, रसुवा, नुवाकोट जिल्लाका उच्च पहाडी डाँडाहरू र हिमाली श्रृंखलाहरूको अवलोकन, काठमाडौं उपत्यकाका तीनवटै सहरको अनुपम दृश्यावलोकनले कसको मन छुदैन होला र ? आदिकवी भानुभक्तले बालाजु सम्मको सौन्दर्यलाई कान्तिपुरी नगरीमा उतारेका थिए । सायद उनी नागार्जुनको चुचुरोमा पुगेर त्यहांबाट ३६० डिग्रीमा देखिने प्राकृतिक छटालाई नियाल्न पाएका भए एउटा छुट्टै महाकाव्य लेख्ने थिए होलान् , तर त्यतिबेला चुचुरोमा पुग्ने आजको जस्तो बाटो र सुविधा कांबाट पाउन् र ? सिडीहरू गन्दै उकालो चड्दा महसुस हुने थकाइका वाबजुद साथीहरू र अन्य यात्रुहरूसंगको कुराकानी र गफले गर्दा बाटो काटेको खासै थाहा हुदैन । सामान्य हिसावले हिड्दा साडेदुई घण्टादेखि तीन घण्टासम्म लाग्ने रहेछ तर हामी पाँचै जना साथीहरू उमेरको हिसाबले पाकै भए तापनि पैदल हिड्नमा माहिर नै थियौं । को भन्दा को कम ? बिहान ११ बजे पूmलवारी गेटबाट उचालिएका पाइलाहरू बिचबिचमा सुस्ताउदै १ बजे चुचुरो चुम्न पुगेका थियौं ।

चुचुरोमा अन्य खासै संरचनागत वस्तुहरू नभए तापनि काठमाडौं उपत्यकाका सहर, वस्तीहरू लगायत ३६० डिग्रीमा देख्न सकिने मनोरमता नै त्यहांको विशेषता रहेछ । त्यहाँ निर्माण भएका संरचनाहरूमा भिक्षु पद्यसम्भको प्रशन्न मुद्राको मूर्ती राखिएको जामाचो गुम्बा सानै भएता पनि हेर्न लायक आकर्षक छ । त्यसका साथै एउटा बौद्ध चैत्य, एउटा धर्मशाला र दृश्यावलोकनका लागि फलमका एङ्गलहरू जोडेर बनाएको भ्यू टावर र एउटा प्रतिक्षालय रहेका छन् । २।३ घण्टको उकालो बाटो हिडेर जाँंदा महसुस हुने थकानबाट सुस्ताउन भिरालो चौरहरूमा आ–आफ्ना ग्रुपमा बसेर गफ चुटेका अधवैसे र तन्नेरीहरूको दृश्यहरू देख्न पाइन्छ । यात्रुहरू आपूmले बोकेर लगेका सामग्री आछ्याएर बस्ने र आ–आपूmले लगेका खानेकुराहरू एक आपसमा बाँडेर खाने गरेका रमाइला दृश्यहरूले ड्राई पिकनिकको झल्को दिन्छ । ३६० डिग्रीमा देखिने अनुपम दृश्यहरू आ–आफ्ना केमारामा कैद गर्न लालायित हातहरू फोटो खिचेरै अघाउँदैनन् । 

नागार्जुन यात्रामा जानेहरूका लागि निकुञ्ज भित्र पालना गर्नुपर्ने केही नियमहरू रहेछन् । ती कुराहरूको वारेमा गेटमा अनुमती लिदाको समयमा नै जानकारी दिइदो रहेछ । निकुञ्ज प्रवेश गर्दा शुल्क तिर्न पर्ने व्यवस्था रहेछ । तर हाम्रो समूहमा जाने करिब सबै जना जसो ६० वर्षको उमेर नाघेका हुनाले हामीले निशुल्क प्रवेश पायौं । नागार्जुन बन क्षेत्र राष्ट्रिय निकुञ्ज पनि भएकोले यहाँ भित्र प्रवेश गर्दा लाइटर, सलाई जस्ता अग्नीजन्य वस्तुहरू, चक्कु, छुरी, खुकुरी जस्ताकाट्ने हतियारहरू साथमा लैजान पाइदैन भने यात्रा अवधिमा निकुञ्ज क्षेत्र भित्र अनावश्यक होहल्ला गर्न नपाइने नियम रहेछ । निकुञ्ज क्षेत्रभित्र कुनै प्रकारका होटेल, चिया पसल, रेष्टुरेण्टहरू नभएको हुनाले यात्रुले आपूmलाई चाहिने प्याकेट लञ्च, फलपूmल, पानी तथा क्यात मचष्लपक सम्म मात्र लिएर जान पाइने रहेछ । हामीहरूले पनि खानेकुरा र पानी झोलामा बोकेरै लगेका थियौं । चुचुरोमा करिब एक घण्टाको बसाइमा ३६० डिग्रीबाट दृश्यावलोकन, केही स्न्याप फोटाहरू, गुम्बा चैत्यको अवलोकन, भ्यू टावरबाट दृश्यावलोकन र चौरमा बसेर मजाले घाम ताप्दै साथमा लगेको खाजा एक आपसमा बाँडेर खायौं र दुई बजे त्यहाँबाट ओरालो लाग्यौं । निकुञ्जमा प्रवेश गर्ने यात्रुहरू सबै जनाले अपूm र आफ्नो समूह गेटबाट बाहिरीएको सूचना गेटमा अभिलेख राख्ने सेनाका जवानलाई दिनु पर्ने रहेछ । निकुञ्जमा प्रवेश गर्ने सबै यात्रुहरू फर्किए नफकिएको  एकिन गर्न सजिलो पार्ने उद्देश्यले प्रत्येक दिन नकुञ्ज प्रवेश गर्नेहरूले बेलुकी ५ बजे भित्रमा अनिवार्य गेटबाट बाहिर निस्किइ सक्नु पर्ने नियम रहेछ । सोही अनुसारको समय मिलाएर बिहान अलि चाँडै नै प्रवेश गर्दा सजिलो पर्ने रहेछ  । जे होस् शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको नागार्जुन समिट, एक दिनको शान्तिपूर्ण पैदल यात्राबाट, काठमाण्डौं उपत्यकाको उत्तरतर्m लमतन्न फैलिएको हिमाली श्रृङ्खला तथा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनोरम र अनुपम दृश्यावलोकन गरेर भरपूर फाइदा उठाउन सकने रहेछ । 

ईश्वरी प्रसाद घिमिरे

कामनपा «३, रानीवारी काठमाण्डौं 

ghimireishwari@gmail.com


No comments:

Post a Comment